जनता बैंकको एकीकृत कारोबार

२०७४ साउन २ गते १०:१० मा प्रकाशित

janata bankकाठमाडाैँ २ साउन । जनता बैंक नेपाल लिमिटेडले साविकको सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष केशवबहादुर रायमाझीको सभापतित्वमा भएको कार्यक्रममा जनता र साविकको सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक, दुबै बैंकका सेयरधनी, नियमनकारी निकायका विशिष्ट अतिथि, बैंकर एसोसियसन तथा विकास बैंक एसोसियसनका अध्यक्ष, विभिन्न बैंक तथा विमा कम्पनीका अध्यक्ष तथा प्रमुखकार्यकारी अधिकृतका उपस्थिति रहेको थियो । कामु गर्भनर सिवाकोटीले मुलुकका विभिन्न दुरदराजमा रहेका स्थानमा बैंकको पहुँच पु¥याई विशिष्ट सेवाका साथ जनता बैंकले नेपाली जनतालाई सेवा प्रदान गर्न सफल रहने शुभकामना दिए ।

बैंकका अध्यक्ष रायमाझीले जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन कायम राख्दै मुलुकका सहरी तथा ग्रामीण क्षेत्रमा आधुनिक एवं उत्कृष्ट बैंकिङ सेवाप्रदान गरी देश विकासको अभियानमा थप योगदान प्रदानगर्ने लक्ष्य रहेको बताए । सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले बैंकको पूँजीगतआधार सुदृढ गर्दै आधुनिक तथा प्रभावकारी बैंकिङ सेवाप्रदान गरी जनता बैंकलाई नेपालको एक अग्रणीबैंकको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । बैंकका कार्यकारी प्रमुख परशुरामकुँबर क्षेत्रीले बैंक आगामी दिनमा ग्राहक वर्गलाई आधुनिक बैंकिङ प्रणालीमार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्तगर्दै बैंक अझविस्तारित, सवल र विश्वसनीय बनेको बताए ।
सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति पश्चातजनता बैंक नेपाल लिमिटेडको चुक्ता पुँजी करीब ७ अर्ब पुगेको छ भने बैंकको निक्षेप परिचालन करिब ५० अर्ब र कर्जा ४५ अर्ब पुगेको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म देशका सहरी तथा ग्रामीण क्षेत्रमाविभिन्न स्थानहरूमा १ सय १३ वटा शाखाहरू, १८ वटा शाखारहित बैंकिङ र ६७ वटा एटिएमहरूमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या करिब ५ लाख रहेको छ ।

तपाइको प्रतिक्रिया