मानव सभ्यता

२०७४ साउन १४ गते ११:११ मा प्रकाशित

संजिता आचार्य

 

sanjeeta

आकाश एउटै धर्ती एउटै एउटै सारा जगत
को कालो को गोरो एउटै रातो रगत
को धनी को गरिब सबै मानव जाति
को आफ्नो को पराइ मानव धर्म माथि

को हिन्दू, को मुस्लिम अनि को इसाई
बाँच्नु पर्छ यो धर्तीमा मानव माया मिसाई
खाली आयौँ यो धर्तीमा जाने खाली हात
को ब्राम्हण को दलित सबै मानव जात

को धनी को गरिब खाने एउटै पेट
जो जहाँ भए पनि दुई दिनको भेट
न हिजो थियौँ हामी न रहुँला भोलि
दुई दिनको पाहुना हामी बगी जाने खोली

जति बस्छौ यो धर्तीमा असल मानव  बनौं
को आप्mनो को पराइ सबै आफ्नो भनौं
लानुको के नै छ र हजुर मरि जाने चोला
को सुन्दर को कुरुप यो त हेराइ होला !

सुन्दर मन हनुपर्छ  हैन रुपरंग
रुपरंग प्रभुको खेल मन आफैंसँग
मन फेर्न सकिएला सकिन्न रुप फेर्न
सुख हेर्न सकिएला सकिन्न दुःख हेर्न

मेरो मनमा चोट लाग्दा तिमीलाइ दुख्नु पर्छ
तिम्रो आँखामा आँसु झर्दा मैले पुछ्नु पर्छ
एकआपसमा  मिलिजुली अब बस्न सिकौं
क्षणिक स्वार्थमा हैन यहाँ निरन्तरतामा मानव सेवा बिकौं

मानव सेवाभन्दा ठूलो छैन कुनै धर्म
मानव  सेवामा बिताऊ जीवन गर्दै पालो पर्म
गर्दै पालो पर्म ।

तपाइको प्रतिक्रिया