वाम एकता र सहकार्यको आवश्यकता

मा प्रकाशित

hand sakeभर्खरै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९औँ स्मृति दिवस देशभर मनाइयो । संस्थापक नेता तुलसीलाल अमात्यको २०औँ स्मृति दिवस पनि १७ साउनमा मनाइयो । दर्जनभन्दा बढी चिराचिरामा विभक्त रहेका वामपन्थी दलहरूले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल तथा संस्थापक नेता तुलसीलालको स्मृति दिवस एकै ठाउँमा भेला भएर मनाउन चाहेनन् वा सकेनन् । तर, कार्लमाक्र्स द्विशताव्दी समारोह समितिले पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर अग्रज वामपन्थी नेताहरूलाई पुष्पलाल प्रतिष्ठान, कीर्तिपुरमा भेला गरेर अन्तरक्रिया या कार्यक्रमको आयोजना ग¥यो, जुन कार्य अत्यन्तै महत्वपूर्ण थियो ।

अन्तरक्रिया यामा झलनाथ खनाल, माधवकुमार नेपाल, मोहनविक्रम सिंह, विष्णुबहादुर मानन्धर, मोदनाथ प्रश्रित, भरतमोहन अधिकारी, अमिक शेरचन, घनश्याम भुसाल, राम कार्की, वर्षमान पुन, वेदुराम भुसाल, डा. विजय पौडेल लगायतका पहिलो, दोस्रो र तेस्रो पुस्ताका नेताहरूको उपस्थिति थियो । पुस्ताका हिसाबले पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दशकदेखि हालसम्म क्रियाशील नेताहरूको एकै ठाउँमा उपस्थिति हुनु र विगतमा वामपन्थीहरूका बीचमा भएको एकता र सहकार्यबाट प्राप्त उपलब्धी, वामहरूका बीचमा एकता र सहकार्यमा देखिएका समस्या र अबको बाटोका विषयमा नेताहरूले आफ्ना अनुभवसहित विचार व्यक्त गर्नु आफैँमा महत्वपूर्ण घटना थियो ।

 मुलुकमा जुन युगान्तकारी परिवर्तन भएको छ, राजनीतिक हिसाबले सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्रात्मक शासन व्यवस्थाको संवैधानिक रूपमा थालनी भएको छ, वास्तवमा यो परिवर्तन नेपालका वामपन्थीहरूको सहकार्य र एकताबाट मात्र संभव भएको हो । वामपन्थी दलहरूको साझा दृष्टिकोण कै आधारमा संविधानसभामार्फत संविधान निर्माण भएको छ । यद्यपि, संविधान निर्माण हुँदा तत्कालीन संविधानसभाको शक्ति सन्तुलन कै आधारमा निर्माण गर्नुपर्ने अवस्थामा वामपन्थी दलहरूले उठाएका कतिपय सवालहरू समावेश हुन सकेनन्, त्यो स्वभाविकै हो । शासकीय स्वरूप र निर्वाचन पद्धतिजस्ता विषयमा पनि साझा वामअवधारणा बन्नसकेको भए साँचो अर्थमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको संवैधानिक व्यवस्था हुने थियो ।

तर, वामदलहरू खास गरी एमाले र माओवादी केन्द्रका बीचमा घनीभूत ढंगले छलफल हुन सकेन । वास्तवमा वामपन्थीदलहरूले माक्र्सवादी कोणबाट शासकीय स्वरूपका बारेमा छलफल चलाई, साझा दृष्टिकोण बनाउन सकेको भए, संविधानसभाभित्रको शक्ति सन्तुलनलाई वामपन्थीहरूले आफ्नो पक्षमा निर्माण गर्न सक्ने आधार तयार हुने थियो र अहिले जुन ढंगको राजनीतिक अस्थिरता, मुलुकमा व्याप्त छ, त्यसलाई अन्त्य गरेर वामपन्थीदलहरूको नेतृत्वमा राज्य सञ्चालन भई आर्थिक सामाजिक रूपान्तरणको बाटोमा मुलुकलाई अगाडि बढाउन सक्ने आधार तयार हुने थियो । तर, वामपन्थीदलहरूले यसतर्पm किन ध्यान दिन सकिरहेका छैनन् ? गंभीर समीक्षाको विषय बनेको छ ।  वामपन्थी दलहरूभित्रको चरम गुटबन्दी, अनुशासनहीनता र अराजकता, जनवादी केन्द्रीयताको असन्तुलित अभ्यासले नेतृत्वमा बढ्दै गएको स्वेच्छाचारिता र नोकरशाहीपनले वामदलहरूभित्र जीवन्त ढंगले छलफल हुन पाउँदैन यसका साथै पार्टीलाई माक्र्सवादीकरण र क्रान्तिकारीकरण बनाउने वैचारिक योजना र अभियानको कमीका कारण वामपन्थी दलभित्रकै वैचारिक समस्याले पनि वामएकता र सहकार्यमा चुनौती खडा गरेको छ ।
शासकीय प्रणालीअन्तर्गत प्रतिनिधिसभाको बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुने प्रावधान संविधानमा राखिएको छ । साथै प्रतिनिधिसभामा ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक निर्वाचन प्रणालीबाट हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाका कारण प्रतिनिधिसभामा एउटा दलको बहुमत पुग्ने अवस्था रहन्न । कुनै पनि दलको बहुमत नहुने (हङ्पार्लियामेन्ट) बन्छ । हङ्पार्लियामेन्ट बने पनि वामपन्थीदलहरू एक ठाउँमा उभिने हो भने सरकार गठनका लागि अरामले बहुमत पुग्छ । तर, यतातर्फत वामपन्थीदलहरूको ध्यान गएको देखिएको छैन । वर्तमान अवस्थामा पनि वामदलका नेताहरूले पार्टीभित्र गंभीर छलफल वहस नगरी सत्तासमीकरण बनाउने र भत्काउने गरेका छन् । संविधान जारी भएपछि एमाले र माओवादी केन्द्रबीचमा बनेको सत्ता समीकरण के कारणले टुट्न पुग्यो ? दुवै दलका कार्यकर्ता रणभूल्लमा छन् । नेताहरूले लोकप्रियताका लागि बाहिर जे जस्तो भाषण गरे पनि, वामहरूको नेतृत्वमा बनेको सरकार भत्किनु दुर्भाग्य नै भएको छ । यसले गर्दा मुलुकमा गणतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रूपान्तरण र सामाजीक न्यायसहितको समृद्धि हासिल गर्न चुनौती थपिँदै गएको छ ।

सबै वामदलहरूले संसदीय राजनीतिलाई आत्मसात् गरेको सन्दर्भमा राष्ट्र र जनताको हितमा अधिकतम प्रगतिशील सुधारका कार्य गर्न, सरकार, संसद् र सडकबाट संयुक्तमोर्चामार्फत हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु आवश्यक छ । तर, वामदलभित्रका नेताहरूको व्यक्तिगत एवं आत्मकेन्द्रित सोच मुख्य बाधक देखिएको छ । साझा सवालमा सहकार्य र एकताका साथ अगासड बढने सोचको अभावमा, आज राष्ट्रियताको संरक्षण र जनताका जनजीविकाका सवालहरू, जटिल र चुनौतीपूर्ण बनेका छन् । गरिबी र बेरोजगारीले मुलुक आक्रान्त छ । नवउदारवादी पुँजीवादी अर्थ नीतिका कारण मुलुकको अर्थतन्त्र चौपट्ट बनेको छ, तर वामदलहरू एक ठाउँमा भेला भएर छलफल अन्तरक्रिया या गर्ने र साझा निष्कर्षमा पुग्न सकेका छैनन् । दलका नेताहरू चुनावदेखि चुनावसम्म, एक्लै बहुमत हासिल गर्न सक्ने दम्भ, जे जसरी पनि आफूबाहेक अन्य वामदलका उम्मेदवारलाई चाँहि हराएर नै छोडने, वामपन्थी उम्मेदवारले निर्वाचनमा पराजित हुँदा खुसीयाली मनाउने, पार्टीभित्र गहन छलफल, वहस नगरी चुनावी तालमेलका नाममा गैह्र वाम तालमेल गर्ने जुन संस्कार हुर्कंदै छ, यसले वामहरूका बीचको दुरी बढाउँदै लगेको छ ।

वामदलहरूका बीचमा पनि एकआपसमा तालमेल गर्न आफ्नो ‘सामथ्र्य र हैसियत’ भन्दा बढी सिट दाबी गर्ने गरेका कारण पनि वामतालमेल हुन नसकेको यथार्थता आफ्नो ठाउँमा छँदै छ । चुनावपूर्व नै साझा सवालमा सहकार्य गर्ने संस्कृतिको अभ्यास भएको भए चुनावका बखत यथार्थमा आधारित भएर तालमेल भई वामपन्थीहरूको विजय र बहुमत सुनिश्चित हुने थियो । तर, वामपन्थीदलहरूले चुनावी परिणामबाट सकारात्मक शिक्षा लिएर विगतका कमीकमजोरीलाई हटाएर नयाँ शिराबाट सहकार्य र एकताको बाटो पहिल्याउन सकेका छैनन् । वामपन्थीहरूका बीचमा एकता र सहकार्यको विषय आज वाम नेताहरूको केवल भाषणको विषय बन्न पुगेको छ । भाषण कै भरमा मुलुकमा परिवर्तन, संभव छैन । सही कार्यनीतिको अभावमा लक्ष्यमा पुग्न सकिन्न भन्ने यथार्थतालाई वामपन्थी दलहरूका नेता कार्यकर्ताले बुझ्न आवश्यक छ ।

राष्ट्रियताको संरक्षणका लागि अभियान सञ्चालन गर्न मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गर्न, धराशायी बनेको मुलुकको अर्थतन्त्रलाई पुनः जीवित बनाउँदै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारशिला निर्माण गर्नका लागि वामदलहरूका बीचमा घनीभूत छलफल सुरु गर्नुपर्दछ । यसका लागि सबै दलहरूका सबै तहमा छलफल गरी वामएकताको अभियानलाई अगाडि बढाउनु पर्छ । वाम दलहरूको बीचमा हुने छलफलका साझा निष्कर्षलाई वाम एजेन्डा बनाई सरकारमा पुगेर लागू गर्ने प्रयत्न गर्नुपर्छ । प्रतिपक्षमा रहँदा होस् या सत्तामा रहँदा होस् संयुक्त मोर्चा बनाएर वाम दलहरू अगाडि बढ्न सके सामाजिक रूपान्तरण एवं मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सहज हुन्छ ।
(खनाल एमालेका केन्द्रीय सदस्य हुन् )

तपाइको प्रतिक्रिया