बलिउड नायिका ऋचालाई पनि स्वाइनफ्लु

मा प्रकाशित

06-1370495774-richa-chadda-pic3काठमाडौं २७ साउन । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरणलाई स्वाइनफ्लुको संक्रमण भएको खबर सेलाउन नपाउँदै नायिका ऋचा चड्डालाई पनि स्वाइनफ्लुको संक्रमण भएको खबर आएको हो । ऋचा अब नयाँ प्रोजेक्ट फिल्म ‘फुकरे रिटर्नस’ मा अउँदै छिन् । सोमबार सोही फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर, स्वाइनफ्लुका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।

उनले सामाजिक सञ्जालमा मास्क लगाएको फोटो सेयर गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइनफ्लु पूर्ण रूपमा फैलिएको छ ।

तपाइको प्रतिक्रिया