उपन्यास ‘सारंगी’ पुरस्कृत

२०७४ साउन २७ गते १०:३५ मा प्रकाशित
सौर्य समचार

Sarangi-by-fb-copy

काठमाडौं २७ साउन । पन्त स्मृति प्रतिष्ठानले भुवनहरि सिग्देलद्वारा लिखित उपन्यास ‘सारंगी’ लाई पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले गत वर्ष बजारमा आएका उपन्यासमध्येबाट सारंगीलाई उत्कृष्ट ठह¥याएको हो । एक समारोह बीच लेखक सिग्देललाई भदौ २ गते २५ हजार नगदसहित पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।

सिग्देल मुलतः छन्दमा कविता लेख्छन् । गत वर्ष उनको उपन्यास ‘आमोई’ मदन पुरस्कारको मनोनयनमा परेसँगै चर्चामा आएका थिए ।

तपाइको प्रतिक्रिया