मञ्जु गौतमकाे ‘लोडसेडिङ हुँदैन’ 

२०७४ साउन २७ गते १०:३७ मा प्रकाशित
सौर्य समचार

manju
काठमाडौं २७ साउन । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा चर्चित गायिका मञ्जु गौतम पनि गीत गाउन तातेकी छन् ।

वर्षेनी तिजका गीत गाएर श्रोता दर्शकको मन जित्न सफल काभ्रेली गायिका मञ्जु गौतमले यस वर्ष पनि तिज कोसेली ‘लोडसेडिङ हुँदैन’ बजारमा ल्याएकी छन् । गायक प्रकाश कटुवाल र मञ्जु गौतमको आवाज रहेको गीतमा प्रकाश कटुवालकै लय तथा शब्द सिर्जना रहेको छ ।

गीतको भिडियोमा शंकर बिसी र गीता राईको अभिनय रहेको छ । मञ्जु गौतमकै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा निर्देशन शंकर बिसी, छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्ती मगरको को रहेको छ ।

तपाइको प्रतिक्रिया