सिद्धार्थ बैंकको कमलविनायक शाखा सञ्चालनमा

२०७४ साउन २७ गते ११:०२ मा प्रकाशित

Kamal Binayak sidartha bank

काठमाडौं २७ साउन । सिद्घार्थ बैंकले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालन गरेको छ । सो शाखाको उद्घाटन भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्तरूपमा गरेका हुन् । बैंकको सो शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध रहेको छ ।
यस शाखासमेत बैंकले देशभरि रहेका आफ्नाे ७२ शाखा, २ एक्स्टेन्सन काउन्टर ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४ सय ५० भन्दा बढी पिओएसमार्फत् ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताएको छ । आर्थिक वर्ष ०७३÷७४ को साउन मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको छ । सोही अवधीमा बैंकको कुल निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६७ अर्ब १७ करोड रहेको छ ।

तपाइको प्रतिक्रिया