टिभिएस स्टाइकर–१२५ मोटरसाइकल बजारमा

मा प्रकाशित

TVS

काठमाडौ २७ साउन । टिभिएस स्टाइकर–१२५ बजारमा आएको छ । नायक निखिल उप्रेती सो ब्रान्डको एम्बेसडरमा रहेका छन् ।  विश्वकै उत्कृष्ट २ तथा ३ पांग्रे निर्मातामा पर्ने टिभिएस मोटर्सले नयाँउत्पादनको रूपमा टिभिएस स्टाइकर बजारमा ल्याएको हो ।  जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवाल तथा नायक उप्रेतीद्वारा बिहीबार यो मोटरसाइकल बजारमा ल्याएको हो । जगदम्बा मोटर्स नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक बिक्रेता हो । टिभिएस कम्पनीका उपाध्यक्ष आर. दीलिपका अनुसार युवा वर्गलाई लक्षित गरी यो उत्पादन बजारमा ल्याइएको हो ।

इको थ्रस्ट इन्जिनयुक्त यसले ८ हजार आरपी एममा ८ दशमलव १ के डब्लु शक्तिप्रदान गर्ने दाबी गरिएको हो । यसको टोर्क ५ हजार ५ सय आरपी एममा १० दशमलव ८ एनएम रहेको छ । यसमा ट्युबलेस टायर, डुअल प्याडेड सिट, ह्याजार्ड ल्याम्प, पास बाई स्विच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । यसको बजार मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया