नेपाल पुनर्बिमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

२०७४ साउन २७ गते ११:१० मा प्रकाशित

punarbima
काठमाडौं २७ साउन । नेपाल पुनर्बिमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सबीच जीवनविमाको पुनर्बिमा सम्बन्धित सम्झौता भएको छ । सम्झौतामा पुनर्बिमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आइएमई लाइफ इन्स्योरेस्स् कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक राकेश पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल सरकारले स्वीकृति प्रदान गरेको १० जीवन बीमा कम्पनी मध्ये पुनर्बिमा कम्पनीसँग जीवन बिमाको पुनर्बिमा गर्ने इन्स्योरेन्समा आइएमई इन्स्योरेन्स पहिलो कम्पनी रहेको हो ।

अन्य बिमा कम्पनी पनि पुनबिमाका लागि तयारी अवस्थामा रहेको पनि नेपाल पुनर्बिमा कम्पनीले जनाएको छ । जेखिम समूहको पुनर्बिमा व्यवस्थापन गर्न २०६० मा नेपाल सरकार र सबै निर्जीवन बिमा कम्पनीको साझा संस्थाको स्वरूपमा आकस्मिक बिमा कोषको स्थापना भई सञ्चालनमा आएको थियो । राष्ट्रिय जीवन बिमा कम्पनीलाई प्रतिस्पर्धी एवं गुणस्तरीय पुनर्बिमा सेवा प्रदान गर्न बिमा समितिबाट जीवन बिमा व्यवसाय गर्न अनुमति प्राप्त जीवन बिमक सबैलाई कम्पनीले आफ्नो सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको छ । आइएमई लाइफ इन्स्योरेन्सले ०७४÷७५ बाट लागू हुने गरी जीवन बिमाको पुनर्बिमा सम्झौता गरेकोम खुसी व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया