राष्ट्रिय पौडी बिहीबारदेखि

२०७४ साउन २९ गते १०:२७ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं २९ साउन । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी संघको आयोजनामा २०औं राष्ट्रिय पौडी प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा हुने भएको छ । प्रतियोगितामा ५ विकास क्षेत्र, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपिएफ क्लबबाट १ सय ४४ खेलाडीको सहभागिता रहने पौडी संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन् ।

९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । २ दिने प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न पौडी संघकी उपाध्यक्ष गीता राणाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । (सौस)

तपाइको प्रतिक्रिया