क्योकुसिनको सेमिनार सुरु

मा प्रकाशित

काठमाडौं २९ साउन । नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको आयोजनामा दोस्रो राष्ट्रिय रेफ्री तथा कोचेस सेमिनार शनिबारदेखि नयाँ बानेश्वरमा सुरु भएको छ । सेमिनारमा विभिन्न १५ जिल्लाबाट ३५ जनाको सहभागिता रहेको आयोजक संघका अध्यक्ष एवं ब्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् । सहभागीलाई प्राडा. शिवशरण महर्जन, योगी नीरञ्जन श्रेष्ठ र अध्यक्ष श्रेष्ठले प्रशिक्षण दिनेछन् । सेमिनारको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरे । सेमिनार आइतबार सम्पन्न हुनेछ । (सौस)

तपाइको प्रतिक्रिया