देशभर बाढीपहिरोमा परी ४९ को मृत्यु, १७ बेपत्ता

मा प्रकाशित

Badhi-Banakeदेशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अहिलेसम्म १७ जना बेपत्ता भएका छन् । त्यसैगरी १३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार पाँचथरमा १ जना, सिन्धुलीमा ४ जना, झापा ४ जना, मोरङमा ५ जना, सुनसरी ८ जना, सर्लाही ३ जना, बारा २ जना, दाङ २ जना, बाँके ४ जना, रौतहट ७ जना, धनुषा १ जना, बर्दीया २ जना, मकवानपुर १ जना, पाल्पा १ जना, सुर्खेत ३ जना र कैलालीमा १ जना गरी ४९ जनाको मृत्यु भएको हो ।

१७ जना बेपत्ता छन् । केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ८० पशुचौपाया बगाएको छ भने ३०५ घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया