महान्यायाधिवक्ता श्रेष्ठद्वारा राजीनामा

२०७४ साउन २९ गते १६:१४ मा प्रकाशित

raman kumar shresthaकाठमाडौँ, २९ साउन । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आइतबार राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् ।

श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उनले बताए ।

उनको एक वर्ष एक हप्ताको कार्यकालमा महान्यायाधिवक्ता कार्यालय निर्माण योजना, सरकारी वकिल सम्मेलनजस्ता काम भएका छन् ।

तपाइको प्रतिक्रिया