एकै परिवारका ६ को मृत्यु

२०७४ साउन २९ गते १६:२८ मा प्रकाशित
बिपिन गौतम

रौतहट २९ साउन । बाढिले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुदाँ रौतहटमा सोमवार बिहान एकै परिबारको ६ जनाको मृत्यु भएको छ ।

परोहा गाउँपालिका–३ का चन्दन यादवको श्रीमती २८ वर्षीया शर्मीला यादवलाई प्रसूती व्यथा लागेपछि राजपुर फरहदवा स्थित स्वास्थ्य संस्थामा लैंजादै गर्दा राजपुर गाउँपालिका–३ स्थित बाढीले कटान गरेको सडकको खाल्डोमा जीप खसेर ६ जनाको घटनास्थलमै ज्यान गएको स्थानीय सेख वकिलले जानकारी गराएका छन ।

मृत्यु हुनेमा परोहा गाउँपालिका–३ का चन्दन यादवको श्रीमती २८ वर्षीया शर्मीला यादव, आमा सुमित्रा देबी, ५ वर्षीया छोरी छोटु कुमारी, भतिजा सरोज यादब र भाउजु ललिता देबी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतीय नम्बर प्लेटको एम्बुलेन्समा रहेका अरु दूईजना पौडेर बाँच्न सफल भएको र एम्बुलेन्सका चालक फरार रहेका छन । घटना स्थालमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चारदिन देखि परेको अविरल वर्षाले ईलाका प्रहरी कार्यालय राजपुर फरहदवा नजिक एक सय मिटर बम नहर कटान गरेको थियो र सोही कटान गरेको खाल्डोमा उनीहरु चढेको जीप दुर्घटना भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया