चन्द्रपुर एमालेमा भाँडभैलो, कार्यकर्तामा स्वतन्त्र घोषणा गर्ने होड

२०७४ भदौ २२ गते १०:२४ मा प्रकाशित

uml-logo

रौतहट । एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रौतहटको चन्द्रपुर नगरपालिकामा टिकट विवादका कारण भाँडभैलो भएको छ । चन्द्रपुर नपाको प्रकुख पदका लासग पार्टीले दुई जनालाई आधिकारिक टिकट दिएपछि सो भँडभैलो भएको हो ।

पार्टि जिल्ला कमिटि तथा प्रदेश कमिटिले निर्णय गरी चन्द्रपुर नगरपालिकामा युवा नेता बाबुराम दाहाललाई मेयरमा उठाउने निर्णय गरेको थियो । पार्टिको सो निर्णयलाई अनुमोदन गर्दै केन्द्रिय प्रचार बिभागले मंगलवार दाहालको नाम सार्वजनिक गरेको थियो । पार्टि जिल्ला कमिटिलाई सोेहीअनुसारको इमेल पनि प्राप्त भएको हो । तर, प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डलले अर्का प्रत्यासी उद्धव रेग्मीलाई पनि अर्को टिकट दिएपछि आधिकारीक उम्मेदवारमा विवाद उत्पन्न भएको थियो ।

एमाले जस्तो पार्टिले एउटै पदमा दुईजनालाई उम्मेदवारको टिकट दिएपछि एमाले प्रति आस्था राख्ने नेता तथा कार्यकर्ताहरु निरास भएका छन । यो टिकट विवादलाई नेता माधव नेपालको प्रतिष्ठासंग जोडेर हेरिएको छ । दाहाल नेता नेपाल निकट मानिन्छन । मण्डलले टिकट दिएका रेग्मी  अध्यक्ष केपी ओली निमट मानिन्छन् । दुवैले एउटै पार्टीका तर्फबाट एउटै पदका लागि आधिकारिक टिकट पेश गरेर मनोनयन दर्ता गरेपछि निर्वाचन आयोगले रेग्मीलाई आधिकारिक मान्यता दिएको छ । रेग्मीमो टिकट पार्टीको लेटरप्याडमा थियो भने दाहालको निर्वाचन आयोगको मनोनयन फारममा । दुवैमा प्रदेश संयोजक त्यिनारायण मण्डलको आधिकारिक हस्ताक्षर रहेको छ ।

रेग्मीको उम्मेदवारीसंगै एमाले नेता तथा कार्यकर्ताहरु स्वतन्त्र बस्ने घोषणा गरेका छन । यसैबीच एमाले केन्द्रिय प्रचार बिभागले शुक्रवार रौतहटमा गर्ने भनिएको प्रचार भेला रौतहट प्रचार बिभागले गर्न नसक्ने प्रचार बिभाग प्रमुख बिपिन गौतमले बताए ।

माधव नेपाल निकट श्रोतले भने पार्टी अध्यक्ष ओलीले नै  नेपालको गृह जिल्लामा जानाजान भाँडभैलो मच्चाएको आरोप लगाएको छ । पार्टीको निर्णय विपरित माथिल्लो निकायबाटै आफूखुसी टिकट परिवर्तन गरिएको बताएको छ । नेता नेपाल निकट मोहन गौतमले आफ्नो फेसबुक स्टाटसमा पार्टी निर्णय विपरित जानाजान नेता नेपाललाई विवादित बनाउन आफूखुसी टिकट परिवर्तन गरिएको उल्लेख गरेका छन् । प्रदेश संयोजक मण्डल अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।

तपाइको प्रतिक्रिया