जनप्रतिनिधिको अथक प्रयत्नमा विजुलीकोट झिलिमिलि

मा प्रकाशित

kholmagaun 1रामेछाप, २२ भदौ । जनप्रतिनिधिको अथक प्रयत्नले रामेछापको विजुलीकोट झिलिमिलि भएको छ । निर्वाचित भएको ३ महिना नपुग्दै जनप्रतिनिधिले गाउँ झिलिमिलि पारेका हुन् ।

छिमेकि गाउँमा बर्षौदेखि बिजुली भएपनि विजुलीकोट भने टुकिकै भरमा थियो । जिल्लाको लिखु गाउँपालिका –३ मा विहिबारदेखि विजुली बलेको गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले जानकारी दिए ।

पहिला–पहिला वत्ति नहुँदा गाउँमा टुकि बालेर बस्नुपर्ने अवस्था थियो, अब त्यसको अन्त्य भयो, दिनरात नभनि विजुली ल्याउन काम गरेर विजुलीकोटमा विजुली बलेको ३ वडाका अध्यक्ष यमबहादुर महतले बताए ।

यसअघि विजुलिकोटकाे कुनै ठाउँमा बत्ति थिएन तर विहिबारदेखि लिखु–३ मा झलमल्ल भएको गापाका अध्यक्ष खड्काले जानकारी दिए । साे ठाउँमा ११ केविको लाईन सुरुवात भएको र गाउपालिकाको दुई वडा दुरागाउँ, शैपु, र नागिमा बिजुली बाल्न बाँकि रहेको पनि उनले जानकारी दिए ।

धेरै समयपछि विजुलि बाल्न सफल भयौँ, खुसि लागेको छ जनतालाई यसरी नै खुसि बनाउँदै जान्छौँ वडाका अध्यक्ष महतले भने ।

“दियालो र टुकिकै उज्यालोमा विद्यार्थी समय गयो, अध्यक्ष महतले भने, अबको पुस्तालाई त्यस्तो नहोस्, स्थानिय तहदेखि नै विकास गरे मात्रै देश विकास हुन्छ ।” अबको युवाले उज्यालोमै बस्न पाउने र घरमै बसेर कम्प्युटर, इमेल, इन्टरनेटको प्रयोग गरी संसारलाई नियाल्न सकिने उनले बताए ।

नेटको जमाना छ सबै युवा विदेश पलायन भएका छन्, अब घरमा सजिलै कुरा गर्न सकिन्छ महतले भने । विजुली ल्याउँन विभिन्न पहलकदमि चालेको र विजुलीकै लागि काम गर्दा आफूले धेरै दुख गरेको बताए ।

तपाइको प्रतिक्रिया