पुस्तक अंश : डेथजोन

मा प्रकाशित

saral sahayatriलाङटाङ गाउँमा अवस्थित होटलमा थियो बास । घरबाहिर देखिने कालो रातमा अलिपर हिमालको श्वेत आकृति लस्करै उभिएजस्ता देखिन्थे । हिउँ छुँदै आइपुग्ने बतासको सिरेटो असाध्य चिसोपन बोकेर अन्धकारमा उडिरहन्थ्यो । त्यसैले हो, तातो बनाइएको चुलो वरिपरि बसेका थिए आरोही प्रशिक्षार्थीहरू । र, त्यसदिनको प्रशिक्षणस्वहरू प्रशिक्षक पेम्बा शेर्पाले आफ्नो अनुभवको पोको फुकाउन थालेका थिए ।

‘पछिल्तिरबाट भएको प्रहारले हिँड्दाहिँड्दै झटारिएको थियो ऊ । अकल्पनीय चोटले आहात मनमा क्षणभरका लागि भान भयो होला उसलाई, ‘प्रतिशोध, कसैले लुकेर प्रहार ग¥यो पछिल्तिरबाट’ । मनमा उब्जेको आमा शव्दलाई पुकार्नसमेत भ्याएन । बरफले छोपेको भिरालो चट्टानमा बजारिएको थियो शरीर ।

सन्ध्यामा अल्मलिएको उज्यालो । तरबारका चुच्चा ठड्याइएभैmँ बरफका सुइरा । खुकुरीका धार उल्टो फर्काइएभैmँ धारिला चट्टान । तत्कालै झरिहाल्लाभैmँ आकाशमा मडारिएको कालो बादल । ती सारा दृष्य क्षणभरमै आँखाबाट वेपत्ता भए । वरिपरि केवल झिलिमिलि परेका मसिना कालानीला ताराहरू मात्र घुमेको थियो रिमरिम साँझभैmँ ।

घुकुति खेल्दै गुटमुटियो शरीर र झन्डै बीस मिटर तल पुगेर झुन्डियो । एंकरमा क्याराविनर नअड्किएको भए रोकिने कुनै संभावना नै थिएन । नरोकिएको भए तिब्वततिरको कुनै हिमखाडलमा जाकिन्थ्यो । वा निर्जन कतै बरफको सुइरोमा उनिने पक्का थियो उसको त्यो बरफभन्दा चिसो र घायल शरीर ।

ऊ विदेशी नागरिक थियो– डक्टर जोन । अर्थात हिमाल तथा हिमाली क्षेत्रको पर्यटनको विषयमा विद्यावारिधि विशेषज्ञ । उसको त्यो आरोहण सपनाको करिब अन्तिम पाइला रहेछ । त्यसअघि दर्जनौँ हिमाल आरोहण गरिसकेकोले अन्तिम थियो त्यो यात्रा । संसारको सर्वोच्च शिखर आरोहण गरेर फर्कनासाथ ‘द माउन्टेन’ नामक किताब प्रकाशित गर्ने तयारी लगभग अन्तिम भएको कुरा बताएको थियो केहीदिन अघि ।

अकस्मात ! थकाइले लखतरान परेको शक्तिहीन शरीर र कमजोर खुट्टाले टेको दिएर ओराली झर्ने कठिनसाध्य प्रयास । यही बीचमा साउथ समिटको भित्ताबाट ढुंगा झरेको थियो । ढुंगा आएर चल्नी पुर्पुरोमा बजारिएपछि बल्ल थाहा पायो उसले । चिसो ढुंगाको एकै प्रहारले उसको सारा सपना झुन्ड्याइदिएको थियो शरीरको साथ । टाउकोमा कहाँकहाँ चोट लाग्यो भन्ने कुनै अनुमान नै थिएन । क्षणभरमै रगतले लछाप्पै छोपेको थियो । नछोपे पनि केवल म उसको बाहिरि घाउ मात्र देख्न सक्थेँ ! लाग्थ्यो, शरीरमा भन्दा गहिरो चोट उसको भावनामा परेको थियो । असिम इच्छाहरूमा, प्रतिवद्ध लक्षमा, मीठो तर असफल सपनामा ऊ दुःखिरहेको थियो । आफ्नोभन्दा पनि आफ्नो सपनाकोे मृत्यु हेरेर अश्रुपात गरेको थियो गृष्मयामको घनघोर बादल गर्जेपछि वर्षने एकझर वर्षात झरेभैmँ ।

कठिनसाथ हात उचालेर रक्तमिश्रित आँशु पुछ्यो । झुन्डिरहेको आपैmँलाई हे¥यो । सायद मनमनै भनेको थियो, ‘उसै पनि सपनाविनाको जीवित शरीरमा जीवन हुँदैन । मेरो त सपना मरेर बाँकी बसेको यो ज्यान । केहीक्षण समीक्षाको लागि मात्र त श्वास चलिरहेको छ ।’ आपैmँलाई प्रश्न गरेको थियो, ‘क्षणभरका लागि किन थकाइ मार्दै छ मेरो शरीर ? यो एकमुट्टी श्वास सपनासँगै किन नउडेको होला त्यो सगरमाथामाथि गगनतिर ?’

टाउकोबाट निस्किएको रगत असीमित ठण्डीले तत्कालै बरफ बनेर जमेको थियो । बग्नै पाएन । नीलोकालो भएको कलेटी ओठ कापिरहेको । अर्धबेहोस हर्कत ! अस्वभाविक तरिकाले चलेका आँखाका परेला । सायद पुनर्जीवनको अपेक्षामा त्यो सब गथ्र्यो ऊ । तर, झन् बढी झन् असफलता प्राप्त भइरहेको थियो । ऊ कराउँथ्यो क्षणक्षणमा नबुझिने आवाजसहित धेरै कुरा भन्न चाहे जसरी । तर, दर्दनाक पीडाले आहात सुस्केरा मात्र सुनिन्थ्यो ।

अलिमाथि अर्को एउटा शरीर त्यसैगरि झुन्डिएको थियो सुरुदेखि । जसरि त्यसभन्दा बीस मिटर तल जोन झुन्डिरहेको थियो । तर, त्यो शरीर जोनजस्तो अर्धजीवितसमेत थिएन । झुन्डिएको एकक्षण पनि नबाँचेर तुरुन्तै लासमा परिणत भएको थियो ठहरै !

ढुंगाले एकसाथ लागेछ दुवैलाई । ढल्नासाथ लामोलामो सास फेरेको थियो एकोहोरो । दुवै हातले इसारा गर्दै सहारा मागेजस्तो देखेको थिएँ मैले । केही बोल्न खोजेजस्तो लागेको थियो । बोली निस्कनै सकेन । त्यो क्षणिक हर्कत बेहोसमै गर्न भ्याएको रहेछ । शरीर तन्काएको मात्र के थियो, प्राणले फ्याट्टै छाडिदियो उसलाई कयौँ अधुरो सपना बाँकी हुँदाहुँदै । मर्ने पनि जोनकै साथी हो ।

८ हजार ४ सय मिटरमाथि बाल्कोनीको भित्ता थियो त्यो ठाउँ । अर्थात मृतक्षेत्र ! त्यहि मृतक्षेत्रको निर्जन कठांग्रिने वरफमाथि थिएँ म । साथमा थियो एउटा लास र एउटा अर्धजीवित घाइते । ८ हजार मिटरमाथिको क्षेत्रलाई डेथजोन अर्थात नेपालीमा मृतक्षेत्र भनिन्छ । विदेशिले नाम राखेकोले डेथजोन भएको थियो अंग्रेजीमा । तेन्जिङ नोर्गे वा अरू कुनै नेपाली कीर्तिमानी आरोहीले राखेका भए मृतक्षेत्र नै राख्थे होलान् सायद । मृतक्षेत्रभन्दा जनजिब्रोमा डेथजोन सजिलो भइसकेको थियो । त्यसबाहेक धेरै नामहरू अंग्रेजी शव्दमा नै स्थापित भइसकेका छन् खुम्बु क्षेत्रमा ।

मृतक्षेत्रमा मृत्युको पर्वाह हँुदैन । हिँड्दाहिँड्दै मरिन्छ । बोल्दाबोल्दै, हेर्दाहेर्दै, ओठमा भरिएको वरफको सेता कलेटी च्यातिनेगरी मुस्कुराउँदा मुस्कुराउँदै वा श्वास फेर्दाफेर्दै पनि मरिने संभावना हुन्छ । मान्छे कुनबेला कस्तो कारणले मर्छ न मर्नेलाई थाहा हुन्छ न सहयात्रीलाई । जीवन र मृत्युको सिमाना एकगज भन्दा पनि नजिक । मृत्यु कुनै असामान्य विषय होइन त्यहाँ । मानौँ मोबाइलमा खेलिने युद्धखेलजस्तो ।

आपसी सहयोगको भावना प्रत्येक आरोहीले राखेकै हुन्छन् । यसप्रकारको भाव राख्नु मानवीय गुण हो । तर, त्यहाँ यस्तो भावना केवल भावनामा नै सीमित राख्नुपर्छ । मनले चाहेर के गर्नुहुन्छ ? जीर्ण शक्तिले चाहेको कुरा कहाँ गर्न सकिन्छ र त्यहाँ ? सहयोगको आशा राख्नु नै बेकार हो । सामान्यभन्दा बढी सहयोग गर्ने मुर्खता पनि गर्नु हुन्न । बढी नै घाइते भए छाडेर हिँड्नुपर्छ निर्दयतापूर्वक । अरूको कुरा छाड्दिनुस्, आफ्नै साथीलाई पनि । यो एक कठोर र नचाहेको निर्दयी वाध्यता हो त्यस क्षेत्रको !, नत्र मरिन्छ आपैmँ । यही हो डेथजोनको नियम । नियमको पालना हरेक आरोही तथा शेर्पाले गर्नुपर्छ । कम्तिमा आपूm बाँच्नको लागि नियमको पालना अनिवार्य शर्त हो आरोहीको लागि ।

तर, म सारा नियम तोडेर बसेको थिएँ लासको साक्षी भएर । मृत्युको प्रतिक्षामा छटपटाइरहेको अर्धजान विदेशीको साथी बनेर ।
सुरुमै भनेका थिए मेरा साथीले, ‘छाड्दे झरौँ अब ! यो मान्छे बाँच्दैन ।’

जवाफ दिएको थिएँ, ‘सारथी बनेर आएको हुँ यिनीहरूको ! कसरी निर्दयी हुनसक्छु मृत्युको त्रासले ?’
‘हिमालको लागि कामलाग्दो मान्छे होइनस् हो तँ ।’ मेरो जवाफले दिक्क मानेभैmँ गरेर साउथकोल झरेका थिए उनीहरू । म सायद ‘अप्राप्ति’ सपनाको उद्धारमा लागेको थिएँ चुपचाप ।

त्यस भययुक्त मृतक्षेत्रमा एक्लो शेर्पा थिएँ म त्यसपछि । होइन होइन ! त्यतिबेलासम्म अलिअलि सास भएको जोन बाँकी थियो म बाहेक ! बाँकी बसेको थियो भयको कुरा । डर र त्रासको कुरा । तर, मृत्यु नै स्वीकार गर्ने मृत्यु–प्रतिक्षार्थीसामु काल पनि निरीह हाँसो हाँस्दै भाग्ने रहेछ !

मृतसरि जोनको जीवन पुनर्जागृत गर्ने अथक प्रयासमा आफ्नो सारा शक्ति खर्चिसकेको थिएँ । यसोगर्दा हुन्छ कि भन्ठान्थेँ, उसोगर्दा हुन्छ कि भन्ठान्थेँ । तर, मेरो मनोभावमा पलाएका सबै अपेक्षाहरू एकाएक पलायन हुँदै गएका थिए । निरन्तर गरिएको प्रयासले आफ्नो शरीरमा अलिकति पनि शक्ति बाँकी नभएभैmँ थाकेर लथ्थ्रक्कै परिसकेको थिएँ । आफ्नो क्याराविनरलाई जोन अड्किएकै एंकरमा लगेर अड्काएँ र ऊ जस्तै झुन्डिएर शरीरलाई लथ्रक्कै छाडिदिएँ थकाइमार्ने उत्कठ ध्ययका साथ । टाउको लगेर उसैको कुममा अड्याएँ ।

उसको रगतले मेरो शरीरको पुरै कपडा रक्ताम्मै भइसकेको थियो । कर्तव्यको ऊर्जाले दिएको शक्तिको ह्राससँगै मेरो श्वासप्रश्वासमा असीम प्रभाव परेको थियो । श्वासप्रश्वासको दोहोरो प्रक्रिया रोकिएर केबल एकोहोरो श्वास तीव्रतम गतिमा प्रवाहित हुँदै थियो अक्सिजन माक्सभित्र ।

पर्लक्क पल्टिएको मेरो आँखाले आपूm झुन्डिएको भिर देख्यो । बरफ अडिन नसकेर बाँकी बसेका पहेँला रङका चट्टान देख्यो । कालाकाला पत्थरहरू । केके नै गर्छुभैmँ बटारिएका कुहिरोका लहरहरू । हिम खाडलहरू र चिप्ला बरफका धारहरू हुँदै नजर तिब्बतको पठारमा पुगेर अड्किएको थियो । त्यसपछि आपैmँलाई प्रश्न गरेको थिएँ, ‘३ जना मध्ये २ जनालाई लाग्ने ढुंगाले मलाई किन नलागेको होला ?’

आपैmँले उत्तर दिएँ, ‘सायद यही विजोग कुरेर बस्न रैछ !’

सुरुमा त अलिअलि शक्ति थियो आफ्नो । मर्नी मरिगयो, घाइतेलाई बचाउन सकिन्छ कि भनेर निरन्तर जोड गरिरहेँ । तर, विस्तारविस्तार क्षिण भएको आफ्नै तागतको नगन्य अनुमानले अत्तालिइसकेको अनुभूति जागृत हुन थालेको थियो । जोन जुरुक्क उठेर, ‘मलाई कम्तिमा थेग्नको लागि मद्धत गरिदेऊ मित्र, म हिँड्ने प्रयास गर्छु’ नै भन्थ्यो भने पनि आपूm असमर्थ भैmँ भान हुँदै थियो । आफ्नै खुट्टाले ठीक पाइला पहिल्याउने संभावनाप्रति असाध्य अविश्वासी बन्दै गएको थिएँ । आपूmबाहेक सहाराको अपेक्षा रौँ जति पनि संभव थिएन । सबैभन्दा उचाइमा हामी नै थियौँ । कोही थिएनन् फर्कन बाँकी त्यस चिसो धर्तीभन्दा माथि ।

लोत्से र साउथ समिटबाट कालो–सेतो छिरबिरे बादलको एउटा मुस्लो निस्कियो र ओराली झ¥यो । अर्को मुस्लो तिब्बतको पठार र नुप्सेको फेदीबाट उकाली लाग्यो । बादलले वरिपरि देखिने हिमाली चुचुरा छोप्यो । चुचुरामा देखिएका सेता बरफहरू छोप्यो । अप्ठ्यारा भिरहरू छोप्यो, नीलो आकाश छोप्यो । मधुर आभा टल्किएको क्षितिज छोप्यो र अन्ततः हामीलाई छोप्न केही समय मात्रै बाँकी थियो ।

डाउनसुटको तापक्रमले थेग्न छाड्दै गयो । पहिल्यैदेखी कठांग्रिसकेका थिए खुट्टा र हातका औँलाहरू । ओठ कापिरहेको । बादलको आगमनले चिसोको आतंक झन् धेरै बढ्दै गएको थियो मनमा । सिलिन्डरमा अक्सिजनको मात्रा कमी हँुदै थियो । अक्सिजन भण्डारण गरिएको ठाउँसम्म नपुग्ने हो भने सास फेर्न नपाएर मर्ने पक्कापक्की हुँदै गएको थियो आफ्नै । त्यहाँसम्म पुग्ने हो भने फेरि फर्केर जोन भएको ठाउँमा पुग्ने कल्पना पनि असंभव !

म मेरो लागि तल झर्न सक्थेँ र अक्सिजन खाएर बाँच्न सक्थेँ । तर, अर्धजीवित जोनको लागि माथि फर्केर पुनः भेट्न असंभव थियो । कसरि छाड्न सक्थेँ त त्यस्तो अवस्थामा उसलाई म ?

जोनको मुखवाट निस्केको ¥याल र टाउकाबाट बगेको रगत बरफ बनेर झुन्डिएको थियो खैरो दाह्रिमा । सेतो हिउँ र रातो रगतको मिश्रित छिरबिरे बरफ ! मुखबाट अक्सिजन माक्स निकालेर फाली दिन्थ्यो बेलाबेला । लगेर जोडिदिन्थेँ पुनः । एकोहोरो सास घाइते हुनेबित्तिकैदेखि तानेको थियो । उसको मुखबाट निस्कने अनौठो आवाज पातलो हावाको प्रवाहमा बिलाएर जान्थ्यो ।

साँझ पर्दै गयो । उज्यालो समाप्त भयो । हावाको प्रवाहमा निस्कने सुसाइ बढिरहयो । त्यही सुसाइमा जोनको छातीभित्रैदेखि निस्कने अनौठो आवाज मिसिएर नयाँ ध्वनि प्रवाहित हुन्थ्यो । यति नै त बाँकी थिए हल्ला गर्ने चिज त्यहाँ ! नत्र केवल चकमन्नताले भरिएको कठांग्रिदो अतिठण्डी मिर्मिरे साँझ मात्र बाँकी थियो चारैतिर ।

सकिनसकी जोनको शरीर चलमलायो । आँखा घुमाएर उसलाइ हेरेँ । नजिक आउन इसारा ग¥यो । टाउको नजिकै लगेँ । एकोहोरो चलेको श्वासको गति अत्यधिक बढेको थियो । आफ्नो हातले मेरो हात कस्सेर समात्दै बोल्न खोज्यो । आवाज निस्केन । टाउको र खुट्टाको सहाराले शरीर उचालियो । त्यसपछि आवाज निकालिछाड्यो । सायद सम्पूर्ण शक्ति प्रयोग गरिदिएको थियो उसले बोल्नलाई । कापेको श्वरमा भन्यो, ‘तिमी जाऊ, अब नबस !’ दुई÷तीनपटक श्वास तान्दै रोकिएर थप्यो, ‘मेरो परिवारलाई भनिदेऊ, तिमीहरूको जोन सगरमाथामा उभिएको थियो । तिमीहरू सबैको तस्बिर शिखरमा पु¥याएको थियो ।’

उसको कुराले मेरो छातीमा केही आएर अड्केभैmँ भयोे, ‘भनिदिनु तिमीले, मेरो वीरतालाई नभुलिदिनु । मलाइ नबिर्सनु…’ श्वासप्रश्वासको गति झन तेजमय बढाउँदै अनौठो प्रकारको उच्छ«वास छाडेर थपेको थियो ‘…म उनीहरूलाई असाध्य माया गर्छु ।’

आँशुको सानो भेल बगेको थियो उसको आँखामा । तर, त्यो भेल बरफको ढिक्का बन्यो झर्नै नपाई । अझै कसेर समात्यो मेरो हात । टाउको र खुट्टाले जमिनमा दबाब दियो । लामो उच्छ«वास छाड्यो र शरीरको बीचभाग निकैमाथि उठाउँदै भनेको थियो, ‘तर म बाँचेर उनीहरूसम्म पुग्न सकिनँ ।’

त्यतिन्जेल छातीमा अड्किएको मेरो व्यथा आँखामा आएर व्यक्त भयो । मेरो कण्ठनलीमा निकै विशाल पहिरो आएर बोलीको मार्ग अवरुद्ध गरिदिएभैmँ बन्द थियो । चाहेर पनि आवाज ओठसम्म आइपुग्न सकेको थिएन । केवल मेरो हातको तागतलाई बढाएर उसको हात कस्सिलो पारेको थिएँ । ऊ हत्तारिएभैmँ आफ्नो शव्दहरू थप्ने अनन्य प्रयत्नमा थियो, ‘तिमी जाऊ । …कृपया तिमी जाउ, अब नवस !’ सुरुदेखिको एकोहोरो श्वास असाध्य गतिवान भयो । जुन त्यसअघि देखिएको थिएन । अन्तिम बल रहेछ उसको त्यो । जबरजस्त निकालेर भनेको थियो, ‘मेरो लागि तिमी प्रियभन्दा प्रिय मित्र हौ…। अलबिदा मेरो साथी !’

मेरो हातबाट उसको हात फुत्कियो र डोरीमा झुन्डियो सिंगै शरीर । अर्थात जोनले पनि आफ्नो प्राण त्याग ग¥यो ।
त्यसपछि जीवित प्राणीहरूमा बाँकी म थिएँ मृतक्षेत्रमा । त्यो पनि शक्ति सकिएको । अक्सिजन सिलिन्डरबाट प्राणले बिदा गर्दै गरेको । मृतक्षेत्र पार गर्न यात्रा धेरै बाँकी भएको…।

उठ्न खोजेँ । मेरो खुट्टा लागेको थिएन । गलित भएका पैतालामुनि बाँधिएका क्र्याम्पोनका काँडाले सेतो बरफमा गाडिने उपयुक्त ठाउँ भेट्टाउन मुस्किल परिरहेको थियो । दुई÷तीनपटकको अनवरत प्रयासपछि बल्लबल्ल उभिएँ । हिँड्ने प्रयास गरेँ । तर, शरीरको भारलाई कमजोर गोडाले थेग्न नसकेर पछारिएँ । फेरी प्रयास गरेँ । उस्तैगरी झटारिएर घोप्टो परेँ । पीडाभरित आवाजमा चिच्याएँ । केहीबेर घोप्टो पर्दै रुएँ र सम्हालिँदै फेरि उठेँ । अहँ, पाइला चल्नै मानिरहको थिएन… । तैपनि हिम्मत हारिनँ ।

(प्रकाशोन्मुख उपन्यास ‘आरोही’को अंशबाट)

तपाइको प्रतिक्रिया