‘कतिपय पुरस्कारले सम्मानभन्दा बढी बदनामी बोकाउँछन्’

२०७४ भदौ २४ गते ११:१० मा प्रकाशित

बालसाहित्यमा छायादत्त न्यौपाने ‘बगर’ परिचित नाम हो । व्यंग्य, निबन्ध, समालोचना तथा कविता विधामा समेत कलम चलाउने न्यौपानेका ३ दर्जन पुस्तक प्रकाशित भएका छन् । भाषा ः सिकाइ, सीप र सिर्जना (२०५३), खल्तीका कुरा चल्तीका सूत्र (२०७३) चर्चा गर्न योग्य पुस्तक हुन् । न्यौपानेले विद्यार्थीको कलम, जम्को, प्रतिभा प्रवाह सिर्जना र समीक्षाजस्ता साहित्यिक पत्रिकाको सम्पादनको जिम्मेवारी पूरा गरेका छन् । साथै न्यौपानेले तीन दशकदेखि साहित्यकर्मसँगै विद्यालय तहका पाठ्यपुस्तकको लेखन/सम्पादन/संयोजन/निर्देशनजस्ता भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । नेपाली साहित्य सिर्जनाका सन्दर्भमा न्यौपानेसँग सौर्य दैनिकले गरेको संवाद ः

                                     Chhyadatta (2) copy

तपाईंको जीवन र सिर्जना यात्राका बारेमा बताइदिनुस् न ?
सुरुमै सिर्जना र जीवनसँग जोडिहाल्नुभो । अहिलेभैँैm पढ्ने÷पढाउने सहज परिवेश थिएन म केटकेटी छँदा । म एक साधारण किसानको छोरो, मेरा बुबा तत्कालीन समयको पढेलेखेकै व्यक्ति हुनुहुन्थ्यो । त्यसबेला छोराछोरीलाई जसरी पनि पढाउनुपर्छ भन्ने चेतना फक्रिसकेको थिएन कि जस्तो लाग्छ ! यसको एउटा सन्दर्भ, त्रिवि कीर्तिपुरमा स्नातकोत्तर पढ्दा पढ्दै घर गएका बेला गाउँकै मुखियाका छोरा एमए पढ्ने मान्छे कस्तो रहेछ भनेर मलाई हेर्न आएका थिए । म पारिवारिक पृष्टभूमिबाट भन्दा औपचारिक अध्ययनको सिलसिला चुँडालेर विद्यालयको पठनपाठन र साथीभाइसँगको बसउठबाट लेखनतिर तानिएँ भन्ठान्छु । बात तन्काउँदा परपर पुगिएला तर मलाई त जीवन र सिर्जना उस्तैउस्तै दुरुस्तै लाग्छ । जीवन आपँैm सिर्जना हो भने सिर्जनाले सिंगै जीवन बोल्ने हो । त्यसैले मलाई लाग्छ जिन्दगी र सिर्जना एक सिक्काका दुईपाटा, मान्छे आपँैm सृष्टिको सुन्दर सिर्जना । सिर्जना एक्लै परिपूर्ण नभए पनि आपँैmमा सुन्दर हुन्छ, जीवनजस्तै गतिशील हुन्छ ।

तपाईंको पहिलो सिर्जनाका बारेमा केही हेक्का राख्नुभएको छ ?
मैले ०४२ साततिर ‘हाम्रो झन्डा’ शीर्षकको निबन्ध लेखेको थिएँ जुन ‘नयाँ पुकार’ पत्रिकामा भारतको ऋषिकेशबाट प्रकाशित भएको हो । काठमाडौं आएपछि केही व्यंग्य निबन्धहरू प्रकाशित भए ।

अहिले नयाँ कुनै विषयमा लेख्दै हुनुहुन्छ ?
अचेल त साना भाइबहिनीहरूसँग रमाउँछु । उनीहरूलाई खाँचो पर्ने पाठ्यसामग्री तयार पार्ने रहरले मलाई झस्काइरहन्छ । हुन त मान्छेहरू मलाई बुद्धिबिलासबाट उछिट्टिएर पर पुगेको देख्छन् तर मलाई जेमा रहर छ त्यसैमा प्रयास गर्छु । साना भाइबहिनी अनुकूल गीत, कथा, कविता, नाटक, उपन्यास, निबन्ध, जीवनी, संवाद के लेख्न सकिएला ? खोजीमा छु । मौलिक नेपाली विषय छान्न र प्रस्तुति रमाइलो पार्न सकियो भने विधा जुन भए पनि के फरक पर्छ र ?

आफ्नो लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

जीवन केही गर्नका लागि हो । मेरो जाँगरले वाङ्मयको उत्थानमा एउटा इँटा थप्यो भने त उपलब्धि भइहाल्यो नि । समयको माग र जीवनको आवश्यकता पूर्ति गर्ने पाठ्यसामग्री पढ्न पायो बाल मस्तिष्कले भने कति जाती हुँदो हो ? मलाई लाग्छ नेपाली बालसाहित्यमा यस्तो खुराकको कमी छ । अझ भनौँ केटाकेटी हुन् जे लेखिदिए पनि हुन्छ भन्ने उपेक्षाभावले ग्रस्त मान्छेहरूले बालकहरूका निम्ति उचित आहार दिन नसकिरहेको यस घडीमा भविष्यका आशातीत सन्ततिलाई भरपर्दो सिर्जना दिन सके सामाजिक चेतना बिउँझन्थ्यो र देशले केही पाउँथ्यो कि भन्ने विश्वासले घचघच्याउँछ मलाई । अरूका राम्रा रचना पढ्दा मैले यस्तै राम्रो लेख्न सके, रहरले भित्रैसम्म कोट्याउँछ, म त्यतै एकोहोरिन्छु ।

उसो भए पेसा बन्न सक्छ लेखन, के लाग्छ तपाईंलाई ?
सम्भावनालाई त नकार्न सकिँदैन तर लेखकस्वबाट पेट भरिँदैन । हुन त लेखक मात्र भए भरिन्थ्यो कि ! लेखकसँग अरू आश्रित पेट पनि हुन्छन् अनि त बित्याँस पर्छ (अलिकति हाँस्दै ) समस्या छ, प्राप्त पारिश्रमिकमा सन्तुष्टि लिने विवेक छैन हामीसँग । लेखक÷प्रकाशकबीच विश्वासको संकट देखिन्छ, इमानमा खिया परेको अनुभूत हुन्छ । स्रष्टालाई राष्ट्रले संरक्षण दिन सकेको छैन । यी तिन वटा कुरामा सकारात्मक परिवर्तन हुने हो भने लेखेर कमसेकम पेट त भरिन्छ । हो, विदेशमा जस्तो लेखक घामपानीबाट बच्नुपर्छ, उसले पनि समयमा गन्तव्य भेटाउनुपर्छ भन्ने विकसित चेतनायुक्त राष्ट्रिय व्यवहार पाएर भौतिक सुखमा देखिनचाहिँ अभैm पर्खिनुपर्छ लेखकले । फेरि लेखकहरू व्यावसायिक बन्न पनि नसकेको अवस्था हो नि ! अनि त किन पेटकै चिन्ता गर्ने अर्को व्यवसाय गरेर फुर्सतमा लेख्ने भएपछि ? मेरो बुझाइ भन्छ, लेखकहरू साधनाभन्दा गुनासो गर्न बढी रुचाउँछन् । कर्तव्य बिर्सेर अधिकारतर्पm आकर्षित हुने सिंगै सामाजिक संस्कारभन्दा पृथक लेखक पनि रहन सकेको छैन । यस्तो चिन्तन र यसले दिने व्यवहार जनता न राष्ट्र कसका लागि सुखद हुन्छ र ?

तपाईं प्राध्यापन पेसा पनि हुनुहन्छ नि, त्यहाँको लेखकीय संसार कस्तो छ ?
हो, म प्राध्यापनमा छु तर यी दुवै फरक पाटा हुन् । तपाईं हामी सबैलाई थाहा छ कि सबै लेखक प्राध्यापन गर्दैनन् र सबै प्राध्यापक÷शिक्षक लेखनमा सक्रिय छैनन् । सापेक्षतामा हेर्दा शिक्षणले अलि बढी वातावरण दिन्छ लेखनमा भन्ने तपाईंको आशय हो भने आंशिक सत्य होला । शिक्षण पेसामा नलागेको भए तपाईंको लेखन के हुन्थ्यो भनेर सोध्नुभो भने मबाट स्वाभाविक उत्तर नआउन सक्छ । हो, सिर्जनालाईं वातावरणले प्रभाव पार्छ तर प्राध्यापन नै लेखनको उपयुक्त अवसर होइन । सिद्धान्त तथा समालोचना लेखन त स्वतन्त्र भएन भन्ने गुनासो आइरहेको सन्दर्भमा सिर्जनाले समेत प्राध्यापन पछ्यायो भने पाठकहरू के भन्लान् ? अँ, अचेतनले पेसागत व्यक्तित्वको गन्ध छाड्न सक्छ कि सक्तैन सिर्जनामा ? भन्ने मनसाय राख्नुहुन्छ भने त नकार्न सकिँदैन ।

अहिलेको साहित्यिक लेखनबारे के भन्नुहुन्छ ?
समाज निर्देशित साहित्य पढ्ने रहर नमेटिएको पाठकीय प्रतिक्रिया हिजोदेखिको हो आज पनि छँदै छ । आज सर्जक र सृष्टि संख्या ह्वात्तै बढेको छ । जीवनलाई नजिकबाट हेर्ने अभ्यास थालिएको छ । पुराना संस्कारबाट फुत्केर अलिक फराकिने साहसिक लेखन प्रयास भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ तर चिन्तनका दृष्टिले आग्रहमुक्त सिर्जना गर्ने इमानदार संस्कार छैन । नेपाली मौलिकताले भन्दा विदेशी संस्कृतिको अनुकरणले सिर्जनामा स्तर दिन्छ भन्ने प्रवृत्ति सचिनुपर्छ । स्रष्टा, स्रष्टा बनेर समाजको अगुवाइ गर्ने लेखन चाहिएको छ ।

साहित्यिक जगतमा पनि भ्रष्टाचारको चर्चा छ नि ?
कस्तो गतिविधिलाई साहित्यिक भ्रष्टाचार भनेर परिभाषित गर्ने ? आपसमा गन्थन गरेजस्तो सजिलो छैन कुराको चुरोमा पुग्न । सर्जकका रचना प्रयोग गर्ने पारिश्रमिक नदिने, यहाँसम्म कि मैले तपाईंको फलानो रचना अमुक प्रयोजनका लागि प्रयोग गरेँ ! भनेर अनुमति समेत नलिने प्रवृत्ति छ । विभिन्न पत्रपत्रिकामा लामा लेखरचना छाप्ने लेखकस्व नदिने दिए पनि थोरै दिने, त्यसलाई आपूmले व्यवसायी बनाउने चलन पनि छ, अझ भनौँ, प्रकाशकले धेरैप्रति पुस्तक छापेर थोरै छापेँ भनी थोरै पारिश्रमिक दिने, सरकारी राजस्व छल्ने गाइँगुइँ पनि सुनिन्छ । मलाई त तपाईंको संकेत लेखकस्व बुझ्ने कर नतिर्ने स्रष्टातर्फ हो कि धेरैप्रति पुस्तक छापेर थोरै छापेँ भन्ने प्रकाशकतर्फ ! सोध्न मन लाग्यो । विधिको शासन गर्न राज्यसत्ता नडराउने हो भने यस्ता समस्या सच्चिन बेर लाग्दैन । सचिएको स्वच्छ छवि त कर्मचारीतन्त्र अनि राजनीतिकर्मीको हुनुपर्छ बाँकी सबै स्वच्छ हुन्छ । रह्यो कुरो साहित्यको ! साहित्यले सामाजिक आदर्श बताउँछ । त्यसका सर्जक आदर्श पात्र हुन् । आदर्श पात्रमै बेथिति देखिए आदर्श सिर्जना कहाँ पाउनू ? लेखकस्व हकदाबीमा सक्रिय हुन नखोज्ने सर्जकहरू अनधिकृत आम्दानीका पछि लाग्ने कुरा स्वाभाविक हुन सत्तैmन तर सामाजिक कानुन सबैका लागि हो ।

साहित्यिक संघसंस्थाले पनि राजस्व छले भनेको सुनिन्छ नि ! छल्नु गलत होइन र ?
हो, हामीकहाँ साहित्यिक संस्थाहरू बग्रेल्ती छन् । कतै पद नपुगेर राजनीतिक पार्टी फुटेभैँैm अध्यक्ष बन्नकै लागि संस्था खोलिए कि ? साहित्यिक भएका नाताले कर तिर्न आवश्यक ठानेनन् वा मिनाहा गराए ? विभिन्न साहित्यिक गतिविधि गरेर समाजमा नयाँ नयाँ विचार प्रवाह गर्नु त आपैँैmमा राम्रो हो तर त्यसैलाई मागी खाने भाँडो बनाउनुभएन । संस्थाको उद्देश्य अनुसार सभा–गोष्ठीको पत्तो छैन । त्यसमाथि नीति–नियमको ख्यालै नगरी आयआर्जन गरेर कर छल्ने प्रवृत्ति त स्रष्टालाई सुहाउने कुरै भएन । मुनो समातेर भन्ने हो भने स्रष्टालाई आदर्श पात्रका रूपमा जीवन्त राख्ने पनि योग्य राज्यसत्ताले नै हो । व्यक्ति स्वयं पनि अनुशासित नागरिक हो, नैतिक चरित्र उसलाई पनि चाहिन्छ । लेखक त झन् समाजमा थिति बसाल्छु भनेर लागेको हुन्छ नि । यसर्थ छलले स्रष्टालाई बढी पिरोल्नुपर्छ ।

पुरस्कारका पछि कत्तिको दौडिनुभा’छ सरकारी तथा निजीस्तरका पुरस्कारबारे के भन्नुहुन्छ ?
मसँग कसैले प्रस्ताव राखेको छैन । (हाँस्दै), मैले बुझेको पुरस्कार असल कामका लागि गरिने प्रोत्साहन हो । यसले राम्रा कामका लागि प्रेरित गर्ने हो । धेरै स्रष्टा–सृष्टिमध्येबाट मूल्यांकन गरी उत्कृष्टलाई दिने हो तर यसको विपरीत स्रष्टा स्वयंलाई निवेदन हाल्न लगाउने, उसैसँग कृति मागेर मूल्यांकन गर्ने, राजनीतिक आग्रह राखेर व्यक्ति छनोट गर्ने, उसैबाट खर्चपानीको व्यवस्था गराएर पुरस्कार दिने÷लिनेजस्ता कमसल चरित्र निर्माण पो गरिरहेको छ कि पुरस्कारले ! हावा नचली पात हल्लिँदैन, आगो नभएका ठाउँबाट धुवाँ निस्किँदैन भन्छन् नि ! दातासँग नजिकिन नजान्नेले पुरस्कार पाएको थाहा छैन । लाग्छ कतिपय पुरस्कारले सम्मानभन्दा बढी बदनामी बोकाउँछन् । निजी न सरकारी निचोडमा दुवै उस्तै लाग्छन् । पुरस्कारको उद्देश्य पवित्र होला तर अर्पणपद्धति सङ्लो छैनजस्तो लाग्छ ।

नेपाली वाङ्मयको ऐतिहासिक संस्था साझा प्रकाशन भत्किनुको कारण के देख्नुहुन्छ ?
हो, गम्भीर कुरा उठाउनुभो । साझा प्रकाशन नयाँ पुराना स्रष्टाहरूको प्रिय प्रकाशनगृह हो तर नेपालीको बानी घोक्र्याए मात्र काम गर्ने नत्र ठग्नेछ । नेतृत्वले कमाउने ध्याउन्नमा लागेर नीतिनियम उधिनेपछि भाँडभैलो मच्चियो । बेथितिमा चल्ने नेतृत्वलाई कर्मचारीले टेरेनन् । कोभन्दा को कम, राजनीतिक भागबन्डा उत्तिकै भो । निजी प्रकाशनमा १ जना कर्मचारीले भ्याउने काम साझामा ३ जनाले नभ्याएको देखियो । यो कुरा अहिलेका महाप्रबन्धकले बढी महसुस गरेको हुनुपर्छ । यो कसैप्रति आरोप होइन त्यहाँ देखिएको प्रवृत्ति हो । साझा बचाउने हो भने भागबिलो लगाउने र वल्लोपल्लो कोठा चहारेर समय बिताउने चलन सच्चिनुपर्छ । त्यसबाट प्राप्त परिणामका प्रथम भागेदार कर्मचारी हुन् भने जोगाउने प्रथम दायित्वले पनि उनीहरूकै खोजी गर्छ ।

राज्यको साहित्यप्रतिको दृष्टिकोण बारेमा केही भन्नु’छ कि ?
साहित्य राष्ट्रिय अस्तित्व उचालेर समाजलाई सक्रिय बन्न प्रेरित गर्ने विषय हो । भाषा साहित्यको उत्थानविना समग्र राष्ट्रोन्नति सम्भव छैन । यस मर्मलाई बुझेर स्रष्टा संरक्षणमा सरकारले चासो दिनुपर्ने हो । स्रष्टाले आग्रह–पूर्वाग्रहमा नफोहोरिई विशुद्ध साहित्यिक बन्न सक्नुपर्दछ । धेरैतिर देखिएको वर्तमान बेथिति हटाउन इमानदार स्रष्टा र सरकारी प्रयास दुवैको खाँचो छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली वाङमयका क्षेत्रमा गरेका कामको मूल्यांकन कसरी गर्नुहुन्छ ?
खोइ ! कुराको थालनी त जुनसुकै संस्थामा पुग्नेलेजनताकै कामका लागि यहाँ आएको हुँ भनेर गर्छन्, काम त्यस्तो देखिएको छैन । प्रजातन्त्रमा जनतानुकूल काम हुन्छ, नभए जनता आपँैm सक्रिय भएर गराउँछन् भन्ने मान्यता परम्परावादी कुरा हो कि साँच्चै प्रजातान्त्रिक मूल्य ? सरकारी स्वामित्वमा रहेका संस्थाहरूमा त्यस्तो जनप्रिय काम भएको देखिँदैन जसबाट धेरै मानिसको कल्याण हुन सकोस् । प्राज्ञिक महिमा बोकेका विभिन्न संस्थामा अहिलेसम्मको उदाहरण हेर्दा पदमा कसैको मान्छे बस्छ उसैको निर्देशन हुन्छ । बस्नेले निर्देशन अनुसार काम गर्छ, अनि ऊसँग जस्तो प्रवृत्ति छ त्यस्तै गर्छ, देश र जनता त तेस्रो नम्बरमा पर्छन् । त्यसो हुँदा यस्तो चरित्रबाट निश्चित योजनासहित धेरै स्रष्टा समेटिने गरी बहुभाषिक जनताका पक्षमा काम होला र ? निष्कलंक छविको रचनात्मक काम गरेर पूर्वाग्रहमुक्त छौँ भन्ने प्रमाण दिन सक्लान् प्राज्ञहरूले ? खोइ ! म त सम्भावना निकै कम देख्छु । फेरि मनोविज्ञान पनि प्रवेशका बेला जे वचन दिइएको हुन्छ त्यसैमा सीमित रहन्छ नि त ।

अन्त्यमा मैले छुटाएको यहाँले भन्न चाहेको केही छ कि ?
म सिर्जनकर्म आपँैmमा चुनौतीपूर्ण छ भन्ने देख्छु । सिर्जनाप्रेमी स्रष्टाहरू मानवीय संवेदना, सामाजिक चेतना र राष्ट्रिय भावनाप्रति अझ बढी सशक्त, अझ बढी इमानदार, अझ बढी खोजकर्ता बनेर प्रस्तुत हुनसके जाती हुन्थ्यो । बाल–मन–मस्तिष्कलाई अहिलेको अस्वस्थ प्रतिस्पर्धी राजनीतिक उर्जामा मौलाएको बेथिति र राष्ट्रसेवकमा देखिएको नियम विपरीत अतिरिक्त आय पछ्याउने प्रवृत्तिबाट जोगाएर परिष्कृत नैतिक मूल्यसँग परिचित गराउँदै अनुशासित समाज निर्माणमा योगदान गर्न सकिन्छ कि आशावादी छु । मलाई लाग्छ गतिशील समाज र विकसित देशमा बालकहरूप्रति बढी चासो राखिन्छ । प्रौढ भन्दा बालकहरू नैतिक हुन्छन् र उनीहरूको नैतिकताले समाजलाई दीर्घकालीन सेवा दिन्छ । अलिकति गम्भीर हुनुहोस् त प्रौढ साहित्यले समाजलाई कति समय सेवा दिन्छ र बालकबाट कति समय लाभान्वित हुन्छ ? यसर्थ बालकलाई पुस्तकप्रेमी बनाई सकारात्मक सोचयुक्त संस्कार दिने प्रयास गरौँ भन्ने मेरो आग्रह रहन्छ । मैले यसमा पुनरावृत्ति गर्न चाहेँ । हामीले पुस्तान्तरण गर्ने संस्कार हो, सम्पत्ति होइन, शिक्षा हो, आग्रह होइन । सन्ततिको बा भकारीमा लुक्नुभा छैन भन्ने कलिलो मस्तिष्कमा बेथिति होइन, असल संस्कार दिन सकौँ । ‘अस्तु’

तपाइको प्रतिक्रिया