थ्री एञ्जल्सलाई एसबिआई बैंक सडकबालबालिका फुटबल लिग

२०७४ भदौ २४ गते १६:२३ मा प्रकाशित
सौर्य समाचार

championकाठमाडौं २४ भदाै । पोखराको थ्री एञ्जल्सले नेपाल एसबीआई बैंक राष्ट्रिय सडक बालबालिका फुटबल लिगको उपाधि जितेको छ । सेल्टर आश्रय नेपालको आयोजनामा शुक्रबार भएको फाइनलमा थ्री एञ्जल्सले बाल मन्दिर ‘बी’ लाई ४–१ गोल अन्तरले हराउँदै उपाधि उचाल्यो । शुक्रबार नै भएको सेमिफाइनलमा थ्री एञ्जल्सले प्रयास ओसिडलाई ३–१ र बालमन्दिर ‘बी’ ले खुसी नेपाललाई २–१ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो स्थानको खेलमा प्रयास ओसिडले खुसी नेपाललाई सडन डेथमा १–० गोलअन्तरले हरायो ।IMG_2097४० मिनेटको निर्धारित समयमा २–२ को बराबरी रोकिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । प्रतियोगितामा थ्री एञ्जलका विशालवादी सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा कुल ८ गोल गरेका थ्री एञ्जल्सकै सचिन विश्वकर्मा सर्वाधिक गोलकर्ता चुनिए । विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे । विष्टले यस प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । सेल्टर आश्रय नेपालको आयोजनामा भएको प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० संस्थाका टिमको सहभागिता रहेको थियो ।IMG_2048

                                                  विश्वकपका लागि २६ सदस्यीय प्रारम्भिक खेलाडी

IMG_2124रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि प्रतियोगिताबाट २६ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ । सेल्टर आश्रय नेपालले आयोजना भएको प्रतियोगिताबाट २६ जना प्रारम्भिक खेलाडी छनोट भएका छन् । उक्त प्रारम्भिक खेलाडीलाई अर्कोहप्तादेखि प्रशिक्षण दिइने सेल्टर आश्रय नेपालकी खुस्बु ओलीले बताइन् ।

रुसका लागि ९ सदस्यीय खेलाडी छनोट गर्ने खुस्बुले बताइन् । त्यसमा थप ३ जना अतिरिक्त खेलाडीको रूपमा छनोट हुने खुस्बुले बताइन् । ३ दिने प्रतियोगिताबाट छनोट भएका प्रारम्भिक टोलीमा थ्री एञ्जल्सको वर्चस्व रहँदा उसका ७ खेलाडी समावेश भए ।

IMG_2080

प्रारम्भिक टोलीमा थ्री एञ्जल्सका ७ खेलाडी अशोक नेपाली, सचिन विश्वकर्मा, जिवित कुश्मा थारू, सन्जु बादी, विशाल बादी, राजु बादी, सुनिल बादी, नेपाल बाल मन्दिरका रमेश शाह, हर्ष ठकुरी, सन्तोष खत्री, खुसी नेपालका कुमार लामा, विराज श्रेष्ठ, एरोन कार्की, रोशन भुजेल, मनविर लामा, प्रयास ओसिडका खेम राज रिमाल, राजु वन, रोशन कामी, सेल्टर आश्रय नेपालका सन्तोष राई र सुजन परियार, लाइट हाउस फाउन्डेसनका विक्रम मल्ल, अर्जुन रोकामगर, सोबर रिकभरीका विशाल सिटौला, पवन शाही (एक्सन लभ नेपाल), सांग्रिलाका उब्जन कार्की र विकेश तिमल्सिना छनोट भए ।

तपाइको प्रतिक्रिया