ब्रिटिस स्कुल र प्रिमियरलाई उपाधि

मा प्रकाशित

winner primier scholकाठमाडौं २६ भदौ । ग्रासरुट फुटबल एकेडेमीको आयोजनामा भएको तेस्रो जिएफए प्यारेन्टकप अन्तरविद्यालय फुटसल च्याम्पियनसीपमा ब्रिटिस स्कुल र प्रिमियर इन्टरनेसनल आइबी र्वल्ड स्कुलले उपाधि जितेका छन् । यू–१३ समुहको उपाधि जित्ने क्रममा प्रिमियरले फाइनलमा रोजबड स्कुललाई १–० ले पराजित ग¥यो । यू–१० को फाइनलमा ब्रिटिस स्कुलले रातो बंगला स्कुललाई ३–२ ले पराजित ग¥यो । यू–१३ स्पर्धामा रोजबडका जेनिस सुबेदी उत्कृष्ट खेलाडी र प्रिमियरका समिर भट्ट शीर्ष गोलकर्ता भए । विजयी टोलीका हरिबहादुर तामाङ उत्कृष्ट प्रशिक्षक चयन भए । प्रिमीयरकै सुजल बज्राचार्य उत्कृष्ट गोलरक्षक भए । रातो बंगलाबीले फेयर प्ले अवार्ड पायो ।
यू–१० समूहमा ब्रिटिस स्कुलका तासी छिरिङ उत्कृष्ट खेलाडी र सोही स्कुलका श्रेष्ण बस्नेत शीर्ष गोलकर्ता तथा महायांग बस्नेत उत्कृष्ट गोलरक्षक भए । मिल्सबेरी स्कुलले फेयर प्ले अवार्ड पायो । उपाधि विजेता टोलीका रमेस ज्ञवाली उत्कृष्ट प्रशिक्षक चयन भए । रातो बंगलाका प्रसान्त मानन्धर र काष्ठमण्डपका प्रसान्त लिम्बु राइजिङ प्लेयर घोषित भए । विजयी टोलीलाई प्रमुख अतिथी कल्याण बहादुर बस्नेत,राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का, राष्ट्रिय टोलीका फरवार्ड भरत खवास लगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया