शैक्षिक समाधान खोज्न आग्रह

मा प्रकाशित

ताप्लेजुङ । अखिल क्रान्तिकारी जिल्ला संगठन ताप्लेजुङले निजी विद्यालयका कारण सामुदायिक विद्यालयको पठनपाठनमा अवरोध भएको बताएको छ । त्यसको समाधान खोज्न सम्बन्धित सबैमा संगठनले आग्रह गरेको छ ।  जिल्लाको फुङलिङ नगरपालिका–४ मा फरक क्षमताको विद्यार्थीहरू अध्यानरत बाल मन्दिर प्राथमिक विद्यालय हाताभित्र जग्गा अतिक्रमण गरेर निजी विद्यालय निर्माणगरी सामुदायिक विद्यालयको पठनपाठनमा अवरोध पु¥याएको भन्दै अखिलले यस्तो आग्रह गरेको हो ।
बाल मन्दिर प्राविको हाताभित्र सञ्चालनमा रहेको कन्चन एकेडेमीका सञ्चालकले सत्ताको आडमा यस्तो अनैतिक कार्य गरेको संगठनले आरोप लगाएको छ । कञ्चन एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई उचित वातावरणमा अध्ययन गर्ने विकल्प खोज्न विद्यालय सञ्चालकलाई ७ दिनको समय दिइएको बताइएको छ । ७ दिनको समयमा बाल मन्दिर प्रावि पहिलेकै अवस्थामा फर्कने वातावरण नभए संगठनलेजस्तो सुकै खालको कदम चाल्न सक्ने पनि चेतावनी दिएको छ । यदि आन्दोलनको स्थिति आए त्यसवाट सिर्जित घटनाको जिम्मेवारी कञ्चन एकेडेमी सञ्चालकले लिनुपर्नेसमेत संगठनले बताएको छ ।

तपाइको प्रतिक्रिया