सिर्जनालाई मिस युके ताज

२०७४ भदौ २८ गते ११:०९ मा प्रकाशित
सौर्य समाचार

Miss UKकाठमाडौं २८ भदौ । सिर्जना गुरुङले बेलायतको लण्डनस्थित एल्डरसट स्थित एम्पायर हलमा आइतबार सम्पन्न छैठौं मिस युके नेपाल २०१७ को ताज जितेकी छन् ।लण्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरन, मिस यूके नेपालकी निर्देशक शान्ति गुरुङ र मुख्य प्रायोजक पिपल मोर्गेजका सूर्यप्रकाश गुरुङले सिर्जनालाई ताजसँगै ८ सय पाउण्ड नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा सुजना पुन फस्र्ट रनर अप र लिसा सुनार सेकेण्ड रनर अप भएका छन् । उनीहरूलाई ५ सय र ३ सय पाउण्ड नगद पुरस्कार प्रदान गरियो ।

सो प्रतियोगितामा पूर्वमिस नेपाल माल्भिका सुब्बाले गुरुङलाई विजयी घोषणा गर्दै ताज लगाएकी थिइन् । ताज पहिरेपछि सिर्जनाले भनिन्, ‘म ज्यादै हर्षित छु, म सँधै नेपाल र नेपालीलाई आफनो मनमा राखेर हिँड्नेछु ।’ नेपालीको सेवा गर्ने आफ्नो चाहना रहेको उनले बताइन् । प्रतियोगिताको निर्णायक मण्डलमा विमला सेन, आनन्द कार्की, कृष्ण भट्ट, डा. रेनुका गुरुङ र दुर्गा गुरुङ थिए ।सो प्रतियोगिताको प्रमुख कोरियोग्राफरको भूमिकामा पूर्व नेपाल सुन्दरी सुब्बा रहेकी थिइन् । सो कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया