चलचित्र अवार्ड दसैँ अगाडि बाँड्ने

२०७४ भदौ २८ गते ११:१४ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं २८ भदौ । नेपाल चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र अवार्ड’ दसैँ अगाडि वितरण गर्ने भएको छ । बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको अवार्ड बोर्डमा पदाधिकारी रिक्त भएका कारण समयमै बाँड्न सकेको थिएन । बोर्डले प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्रहरूको मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक, नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्ड लगायतका विधामा पुरस्कार प्रदान गर्दै आएको छ ।
एक लाख राशिको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको छ । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा बोर्डले यो कार्यक्रम गर्दै आएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्र सशक्त माध्यम भएको बताउँदै उक्त कार्यक्रम दसैँ अगाडि गर्ने जनाए । साथै केही दिनभित्रै योग्य उम्मेदवार छननेट गरी नियुक्ति गर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया