मलालाको बायोपिक बन्दै

२०७४ भदौ २८ गते ११:१५ मा प्रकाशित
एजेन्सी

malayaमुम्बई २८ भदौ । अम्जद खानको निर्देशनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईको जीवनमा आधारित बायोपिक बन्ने भएको छ । ‘गुल मकई’ नाम दिइएको सो चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा रिम समिरले मलालाको भूमिका निभाउने बताइएको छ ।

आन्नद राईको निर्माण रहेको चलचित्रको केही भाग छायांकन सन् २०१६ मा भुज र मुम्बईमा गरिसकिएको निर्माण पक्षले जनाएको छ । चलचित्रका बलिउडका अभिनेता स्वर्गीय ओम पुरीको अभिनय पनि रहेको छ । ‘गुल मकई’मा मलालाको पाकिस्तान स्वतः घाँटीमा भएको घटनादेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्दासम्मका घटना समेटिने छ ।

तपाइको प्रतिक्रिया