जोशीलाई नागरिक अभिनन्दन गरिने

२०७४ भदौ २८ गते ११:१५ मा प्रकाशित
सौर्य समाचार

काठमाडौं । संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने भएको छ । ३० भदौमा काठमाडौंमा रथारोहणसहित जोशीलाई अभिनन्दन गर्न लक्ष्मीदास मानन्धरको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको खोज र अनुसन्धानमा पु¥याएको योगदानको मूल्यांकन गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिइयो । जोशीलाई वसन्तपुरबाट बग्गीमा राखेर रथारोहणसहित सम्मान गरिने सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने समितिले जनायो ।

तपाइको प्रतिक्रिया