एसियाड पदक विजेता दिल्ली प्रस्थान,बक्सिङ अध्यक्ष अवाले साबा बैठकमा

२०७४ भदौ २८ गते ११:४० मा प्रकाशित
सौर्य समाचार

21740057_1408347022547213_6615291764904845969_n

काठमाडौं २८ भदौ । दक्षिण एसियाली बक्सिङ संघको बैठकमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

बुधबार हुने बैठकमा सहभागी हुन अध्यक्ष अवालेसँगै उपाध्यक्ष किरणबहादुर श्रेष्ठ र मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठ मंगलबार दिल्ली प्रस्थान गरेका हुन् ।

बक्सिङ खेलको विकास र विस्तारका लागि दक्षिण एसियाका ८ राष्ट्रका बक्सिङ संघका अध्यक्ष र उपाध्यक्ष बैठकमा सहभागी हुनेछन् ।

यसैगरी भारतमै आयोजना हुन लागेको वान स्टार प्रशिक्षक तालिममा सहभागी हुन एसियाली खेलकुदका पदक विजेता दीपक महर्जन र धनकुमार मैनाली पनि नयाँदिल्ली प्रस्थान गरेका छन् ।

तपाइको प्रतिक्रिया