पोखरीमा डुबेर २३ वर्षीय युवकको मृत्यु

२०७४ भदौ २८ गते १६:३० मा प्रकाशित

उर्लाबारी, २८ भदौ । विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा बुधबार सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ ।उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया