विजय सेमिफाइनलमा

२०७४ असोज २२ गते ८:१८ मा प्रकाशित

1काठमाडौं २२ असोज । नेपालका विजय सिंह खुला अन्तर्राष्ट्रिय तौलसमूह च्याम्पियनिसपको पहिलो दिन शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । इन्डोनेसियाको जकार्तामा भइरहेको प्रतियोगिताको पुरुष ८० केजी तौलसमूहमा विजय सेमिफाइलमा पुगेको इन्टरनेसनल कराते अर्गनाइजेसन (आइकेओ) क्योकुसिनकाइकान कराते संघ नेपालका ब्रान्च चिफ कान्छालाल वाइबाले जनाएका छन् ।

विजयलाई क्वाटरफाइनल यात्रा तय गर्न गाह्रो भएन । उनले पहिलो खेलमा युएईका खेलाडीबाट वाक ओभर पाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा पुग्न उनले इन्डोनेसियाका खेलाडीलाई क्वाटरफाइनलमा पराजित गरे । आइतबार सेमिफाइनलमा विजयले इन्डोनेसियाकै खेलाडीविरुद्ध प्रतिष्पर्धा गर्ने ब्रान्च चिफ वाइबाले जानकारी गराए । सेमिफाइनल पुगेसँगै विजयको कम्तीमा कांस्य पदक पक्का भएको छ ।

तपाइको प्रतिक्रिया