एनआइसी एसिया क्यापिटलमा नयाँ कार्यकारी प्रमुख

२०७४ असोज २४ गते ९:३८ मा प्रकाशित

image003काठमाडौ २४ असोज । एनआइसी एसिया क्यापिटल लिमिटेडको ३९औँ सञ्चालक समितिको बैठकको निर्णयअनुसार एनआइसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा झनकराज ढुंगेललाई नियुक्त गरिएको छ । ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहँदै आएका छन् ।

यसअघि उनी अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध थिए । ढुंगेलले एनआइसी एसिया बैंकको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार सम्हाल्ने कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआइसी एसिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखी सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया