सन र ट्रिको विजयी सुरुआत

मा प्रकाशित

jfa picभक्तपुर २५ असोज । सन हाउस र ट्री हाउसले राजश्री गुरुकुल फुटबल सप्ताहको जुनियरतर्पmको लिगमा विजय सुरुआत गरेको छ । मंगलबार भक्तपुरस्थित सल्लाहघारीमा भएको फुटबलको पहिलो दिनको लिगमा सनले वाटर हाउसलाई ३–१ ले हराउँदै विजयी सुरुआत ग¥यो । सनका लागि करनदीप श्रेष्ठले ह्याट्रिक गरे । वाटरका शुसान घिसिङले सान्त्वना गोल गरे । जुनियरकै अर्को खेलमा ट्रि रक हाउसमाथि १–० को साँघुरो जित निकाल्यो । ट्रिको जितमा सुदिनबहादुर थापाले निर्णायक गोल गरे ।
मंगलबार नै भएको सिनियरतर्पmको खेलमा पनि ट्री हाउसले रकमाथि ३–१ को जित निकाल्यो । ट्री को जितमा सम्बर्स केसीले २ र दिवा श्रेष्ठले १ गोल गरे । रकले भने आत्मघाती गोलको रूपमा उपहार पाएको थियो । अर्को लिगमा वाटरको सिनियर टिमले सनलाई २–१ ले हराउँदै जित दर्ता ग¥यो । वाटरको जितमा क्रिसबहादुर थापाले दुवै गोल गरे । सनका लागि सुयोग श्रेष्ठले सान्त्वना गोल फर्काए ।
एक हप्तासम्म सञ्चालन हुने लिगमा शीर्ष तीनलाई पुरस्कृत गरिने राजश्री गुरुकुलका फुटबल प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले बताए । पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी र मेडल प्राप्त गर्ने क्षेत्रीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन राजश्री गुरुकुलका प्रिन्सिपल दिलीप रानामगरले रेफ्री पुष्प विष्टलाई बल हस्तान्तरका साथ गरेका थिए ।

तपाइको प्रतिक्रिया