अभिलाषा र गंगाको जोड़ी सेमिफाइनलमा

मा प्रकाशित

IMG_1102काठमाडौं २६ असोज । अभिलाषा विष्ट र गंगा शर्माको जोडी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला डबल्सअन्तर्गत बुधबार भएको खेलमा अभिलाषा र गंगाको जोडीले सुभांगीलक्ष्मी शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष डबल्सको स्पर्धामा विजय श्रेष्ठ र छेवांग लामाको जोडीले मुक्ति गुरुङ र सुब्रत बस्नेतको जोडीलाई ७–६, ६–४ ले हराउँदा प्रदीप लामा र राज लामाको जोडीले आरभ हाडा र आर्यन गिरीको जोडीलाई ६–१, ६–३ तथा सुनीत गिरी र जयजिभ गिरीको जोडीले गौरीशंकर श्रेष्ठ र राजेश क्षत्रीको जोडीलाई ६–२, ६–३ ले पराजित गरे ।

प्रतियोगिताको पुरुष सिंगल्सको प्रतिस्पर्धामा प्रदीप खड्काले विजय श्रेष्ठलाई ६–१, ६–१ ले हराउँदा सुब्रत बस्नेतले मुक्तिसेन गुरुङलाई ६–३, ७–५ ले तथा महेश श्रेष्ठले रोशन केसीलाई ६–१, ६–० ले पाखा लगाए । सन्तोष खत्रीले जयजिभ हाडालाई ६–१,६–० ले हराउँदा कमल भण्डारीले आदित सुवेदीलाई ६–१ र ६–० तथा श्रीराम मगरले मानबहादुर कटुवाललाई ६–१ र ६–१ ले पराजित गरे ।

पुरुष सिंगल्सतर्फको अन्य खेलमा गौरवप्रताप शाहीले अभिनव आचार्यमाथि ६–०, ६–० को जित निकाल्दा प्रणव खनालले सीमान्त गुरुङलाई ६–२, ६–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

महिला सिंगल्सको खेलमा गंगा महर्जनले बिजीशा श्रेष्ठलाई ६–३ र ६–४ ले पराजित गर्दा प्रेरणा कोइरालाले भगवती बिकेलाई ६–३ र ६–१ ले हराईन् । मायान्का राणाले सुभांगी लक्ष्मी शाहलाई ६–०, ६–१ ले तथा माहिका राणाले सलोनी तामाङलाई ६–१ र ६–४ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरिन् ।

तपाइको प्रतिक्रिया