कोहलपुरमा गजल वाचन

२०७४ असोज २६ गते ८:५८ मा प्रकाशित
सौर्य समाचार

gajalबाँके २६ असोज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सोमबार गजल वाचन तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले दरबारदेखि मस्जिद, मस्जिद हुँदै मन्दिर अनि जनसरोकारका विषयवस्तुलाई गजलले उठाउँदै आएको बताए । उनले भने, ‘गजलमा हामीले अझै थुपै्र काम गर्न बाँकी छ ।

पछिल्लो समय गजलमा नयाँ पुस्ताले निकै राम्रो गर्दै गएका छन् ।’  कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, पूर्णिमा पत्रिकाका प्रधानसम्पादक सागर गैरे र कर्णाली साहित्य कला मञ्चका अध्यक्ष निर्मोही संकल्पले पूर्णिमाले साहित्य कला र संस्कृतिका लागि उल्लेखनीय कार्य गरेको बताए । कार्यक्रमको सहजीकरण केशव निमेशले गरेका थिए ।

महानन्द ढकाल, घनश्याम परिश्रमी, निर्मोही संकल्प, बद्री ढकाल हिरामणि, शान्ति अधिकारी, तिलक बिसी, नमिता बराल, बेगम थापा ‘निश्चल’, विक्रम शिशिर लगायतका स्रष्टाहरूले गजल वाचन गरेका थिए ।

तपाइको प्रतिक्रिया