अभिनेत्री थापाको कार दुर्घटना

मा प्रकाशित

rekha thapa carकाठमाडौं २६ असोज । नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा चढेको कार चावहिलमा सडक दुर्घटनामा परेको छ । बुधबार चावहिलमा कारमा सवार थापालाई मालबहाक ट्रकले ठक्कर दिएको हो । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रुद्रप्रिया’ की अभिनेत्री थापाको कारमा क्षति पुगे पनि उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
आफैँले चलाएको कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा भाग्यले बाँच्न सफल रहेको रेखाले बताएकी छन् । उनी ‘टिभी फिल्मी’ मा अन्तर्वार्ता दिएर फर्कने क्रममा उनको कारलाई ट्रकले ठक्कर दिएको हो ।

तपाइको प्रतिक्रिया