क्लियरिङ हाउसको अध्यक्षमा अधिकारी

मा प्रकाशित

Mr.-Janak-Bdr-Adhikari--New-Chairman-of-NCHLकाठमाडाैं २६ असोज । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १०६औँ सञ्चालक समितिको बैठकबाट जनकबहादुर अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अधिकारी गतवर्ष १२ असोजदेखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

हाल नेपाल राष्ट्र बैंक, बैंकिङ अफिस थापाथलीका कार्यकारी निर्देशक रहेका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकलगायत, वाणिज्य बैंकबाट ३ जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजीबाट १÷१ प्रतिनिधि रहेका छन्  ।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूका ३ हजार १ सय ८० शाखाहरूबाट खिचिएका चेकहरू कम्पनीको एनसिएचएल इसिसी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ । ग्राहकको खाताबाट सिधै भुक्तानी लिन दिन मिल्ने कम्पनीको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट हाल ६६ बैंक तथा वित्तीय संस्थामार्फत कारोबार हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया