न्यौपानेलाई १० लाख नगद

२०७४ असोज २६ गते ९:२८ मा प्रकाशित

luckydraw 15 days (2)काठमाडौं २६ असोज । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफरअन्तर्गत नगद १० लाख राशिको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीलगायत आइएमईका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।  तेस्रो १५ दिनको जीवन बिमा आइएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् ।

भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आइएमई लाइफ इन्स्युरेन्सको ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।  यही १२ भदौदेखि सञ्चालनमा ल्याइएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ बाट करिब २ हजार ७ सय जना आइएमई पे क्यासमार्फत पुरस्कृत भइसकेका छन् ।

३ मंसिरसम्म सञ्चालन हुने कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन् ।

तपाइको प्रतिक्रिया