नेपाल कम्युनिटीको हकप्रद निष्कासन

मा प्रकाशित

nepal comunity dev bankकाठमाडौं २६ असाेज । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद बिहीबारदेखि निष्कासन हुने भएको छ । बैंकले १ बराबर १ दशमलव २ को अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । २९ कात्तिकसम्म निष्कासन हुने हकप्रदका लागि बैंकले १८ असोजमा बुक क्लोज गरेको छ । यस आधारमा १७ असोजसम्म कायम सेयर सदस्यहरूले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । बैंकले बिक्री प्रबन्धक एनअआइबिएल क्यापिटल मार्केटस, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बुटवल र शाखा कार्यालय सौ फर्साटिकर, मणिग्राम, सिद्धार्थनगर, टाँडी, भुताह, अरुणखोला, रानीबगिया, शंकरनगरलगायत एक्सटेन्सन काउन्टर बुद्धचोकका साथै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट आवेदन दिन सकिने जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया