एनआइबिएल र एस क्यापिटल मर्ज हुने

मा प्रकाशित

nibl and capitalकाठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडको पाँचाैँ वार्षिक साधारणसभाले १२२ दशमलव ०४४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । एनआइबिएल क्यापिटलले साधारणसभाबाट चुक्ता पुँजी १० करोड १५ लाख रुपैयाँको ९७ दशमलव ०४ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात २ करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो ।

उता एस क्यापिटलको साताैँ वार्षिक साधारणसभाले ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्ता पुँजी ७ करोड रुपैयाँको ५२ प्रतिशतले हुने ३ करोड ६४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

दुबै कम्पनीको छुट्टाछुट्टै सम्पन्न साधारणसभाले एकआपसमा मर्ज हुने प्रस्ताव पनि पारित गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि सहायक कम्पनी एस क्यापिटलसमेत इन्भेस्मेन्ट बैंकको सहायक कम्पनीको रूपमा परिणत भइसकेकाले यी २ कम्पनीलाई पनि मर्ज गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया