निर्वाचन आयोगले आज सुरक्षा निकायसँग छलफल गर्दै

२०७४ असोज २६ गते १०:०७ मा प्रकाशित

nirbacha

काठमाडौ २६ असोज । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज चार वटै सुरक्षा निकायका पदाधिकारीसँग छलफल गर्दैछ । छलफलका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अुनसन्धान विभागका प्रमुखलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  ।

राजधानीको कान्तिपथस्थित आयोग परिसरका अपरान्न हुने छलफलमा आगामी मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा रणनितिका विषयमा छलफल हुनेछ ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखले मुलुकको सुरक्षा अवस्था र कार्ययोजनाका बारेमा ब्रिफिङ गर्ने प्रवक्ता ढकालले जानकारी दिए  ।  असान्न निर्वाचनका लागि पनि गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा जस्तै तीन तहको सुरक्षा योजना तयार पारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया