आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

मा प्रकाशित

कैलाली, २६ असोज । धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ ।

नगरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि नै विमानस्थलमा जडान गरिए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेकोे थिएन ।

विमानस्थलका प्रमुख छवि सिंह ठगुन्नाले विमानस्थलमा यात्रुका झोला लगायतका सामान खोलेर जाँच गर्न निकै झन्झटिलो र बढी समय लाग्ने भएकामा अब भने एक्स-रेबाटै जाँच हुने भएपछि यात्रुले सास्ती भोग्नु नपर्ने र जाँचका लागि प्रहरी पनि कम लाग्ने बताए ।

तपाइको प्रतिक्रिया