प्रधानमन्त्री देउवाद्वारा स्व. गौचनप्रति अन्तिम श्रद्धाञ्जली

२०७४ असोज २६ गते १५:३२ मा प्रकाशित

k|wfgdGqL z]/axfb'/ b]pjf g]kfn lgdf{0f Joj;foL dxf;+3sf cWoIf z/bs'df/ uf}rgk|lt >4f~hln ck{0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;; .

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका थिए ।

स्व. गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो ।

स्व. गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो । अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो ।

गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।

बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो ।

अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ । महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेका अनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ ।

गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र उनको विहिबारै थकाली परम्पराअनुुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

तपाइको प्रतिक्रिया