प्रवास

मस्तिष्काघात पीडितलाई सहयोग

सौर्य अनलाइन २०७४ मंसिर १४ गते ११:३४ मा प्रकाशित

जापान, १४ मंसिर । आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ ।

काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको हो ।

करिब दुई साता चलेको संकलन अभियानमा ३२ जनाले रकम सहयोग गरेका थिए । आचार्य रोजगारीका लागि दक्षिण कोरियाबाट काम गर्न नसक्ने भएर फर्किएयता न्यूरो अस्पतालमा निरन्तर रुपमा उपचाररत रहेको उनकी श्रीमती सन्तोषी पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया