विचार : मनकारी मन

मा प्रकाशित

छायादत्त न्यौपाने ‘बगर’
१.
कोही भन्छन्, ‘बाठो प्राणी मान्छे’, केही भन्छन्, ‘डल्फिनभन्दा बाठो’, कति भन्छन्, ‘स्वार्थै स्वार्थको पोको’, धेरै भन्छन्, ‘हेर्दा मात्र दुई खुट्टे चार खुट्टेभन्दा भोको ।’ म भन्छु, ‘मान्छे परिभाषाभित्र अडिएको छैन । फुक्ने फराकिने निहुमा लथालिंग पोखिएको छ, कतै उठाउन मिल्ने छ, कतै नमिल्ने गरी छरपस्ट छरिएको छ हिलोमा पिठोजस्तै । आप्mना आङका ढाडी लुकाएर अरूका आङको लिखा कोट्याउँदै ।’ मान्छे स्वघोषणा त गर्छ, प्राकृतिक साँचोको निर्देशन पालना गररिहेको स्वीकारोक्ति दिन्छ ।

यसैमा अडिएर बाँचेको अभिनय पनि गर्छ । जन्मसितै मृत्युले वरण गरेको सत्य उसलाई थाहा पनि छ तर व्यवहारमा सरल र नियममा अब्बल बन्न सक्तैन । मान्छे–मान्छेबीच साइनो जन्मले गाँसिदिएको हुन्छ । त्यही साइनो पोयो पर्दै जान्छ, बाटिन्छ डोरी हुँदै मान्छे आपूmलाई मान्छे हँु भनी दाबीमै सीमित हुन्छ, आपैmँ फुलेल बन्छ, गर्व गर्छ । त्यही दाबीको परिणामलाई मान्छेले अर्थपूर्ण ठान्छ । यस्तो एकोहोरो दाबीमा ठोक्किएका बिडम्बनाप्रति दृष्टि पुग्दैन । यहीँदेखि मान्छे अपांगिन थाल्छ । बढ्दै जान्छ र मन, वचन, कर्मले पूर्ण अपांग बन्छ ।

२.
मान्छे अपूर्ण अंगले मात्र हँुदैन, अपांग बन्दैन ! मनले अपूर्ण, विवेकले अपूर्ण, चेतनाले अपूर्ण, व्यवहारमा अपूर्ण हुन्छ, अपांग बन्छ, असाध्य किसिमको माहामारीयुक्त अपांगता यस्तै हुन्छ । शारीरिक अपांगको अपूर्णतालाई अर्को अंगले र मानवनिर्मित उपकरणको सहायताले पूर्णता दिन सकिन्छ । यसका निम्ति पूर्ण मन, पूर्ण विवेक, पूर्ण चेतना, पूर्ण व्यवहार आवश्यक पर्छ तर अपूर्ण मनलाई पूर्णता दिन कठिन हुन्छ । अरूबाट मनलाई पूर्ण पार्न सम्भव देखिँदैन ।

मननै अपूर्ण भएपछि मनसँग छोइएर सञ्चालनमा आउने विवेक, चेतना, व्यवहार, अन्तरंग सबै अपूर्ण । अपूर्ण मनले गरेका काम त झन् पूर्ण हुने कुरै भएन । जब मनै पूर्ण छैन त्यसले के पूर्ण गर्छ ? कसरी पूर्णता दिन्छ ? यदि मन पूर्ण छ भने उपकरणहरूको सहायता लिएर गरे पनि कार्य पूर्ण हुन्छ । मन केन्द्रित यस अदृश्य शक्तिले मान्छेलाई डो¥याइरहन्छ । सत्य पत्याउन सक्नेलाई यो तथ्य अपाच्य हँुदैन, बरु सहजै स्वीकार गरेर आपूmलाई साँच्चै मान्छेको कोटिमा दर्ज गर्न भ्याउँछ ।

३.
मान्छे जतिसुकै सक्रिय छु भनेर डम्फु बजाए पनि ऊ आफ्नो मनमझेरीबाट बाहिर निस्कन सक्तैन । मनकै सिराबाट सबै गतिविधि सुरु हुन्छन् । स्वास्थ्यकर्मी, प्राविधिक, शिक्षक, कर्मचारी, उद्योग व्यवसायी, किसान जो सुकै पनि मनमझेरीमै फनफनी घुमिरहन्छन् । परिवारको आत्मीयता मनले बचाउँछ । साथीभाइबीचको मित्रता मनले धान्छ । आफन्तको साइनो मनले बलियो बनाउँछ । मन भए धनले खाँचो हँुदैन, मनले आँटे असम्भव भन्ने केही हुँदैन, वनको बाघले खाओस् नखाओस् मनको बाघले घुर्लुक्क निल्छ, पेट भरियो मन भरिएन, मन नमिले अभिभावक वैरी, मन नलागे आँगन टाढा, मादलको ताल सारंगीको स्वर, बाँसुरीको धुन कर्कसा । कुन परिस्थितिमा कसको मनले के भन्छ, के निर्णय गर्छ ? कसले के बुभ्mछ ? मनको त्यही सुतलीले बाटिएर मान्छे भौँतारिएको भौँतारिएकै छ । यसैले मान्छेलाई मान्छेको कोटीमा स्थिर बनाउने वा उछिट्याएर पर पु¥याउने ! निक्र्योल गर्छ ।

मान्छे, मान्छेजस्तो बन्न सकिरहेको छैन । भावनाहरू भत्केका छन्, चोइटिएका छन् । मनले मन छुन र मान्छेले मानवता सुमसुम्यएर न्यानो स्पर्श दिन बिर्सेको छ । मानवतालाई टुक्राटुक्रा पारेर मनमझेरीभित्रै अहंकारको आगाले पोलिरहेको छ । असरल्ल पोखिएको अहंकारी मान्छेले अहंकारको आगामा अरूलार्र्ई पोलेँ भन्ठानेर आपैmँ डढेको पत्तो पाएको छैन । विश्वयुद्घहरू निम्त्याएको अहंकार आज २१औँ शताब्दीमा पनि त्यत्तिकै सक्रिय छ । उसकै बोलबाला छ, मनोपोली छ । गोराले कालामाथि थिचोमिचो गरेकै छ । होचाको मुखमा घोचो तेर्सिएकै छ । कसैले आत्मरक्षाको बन्दोबस्ती मिलाउन खोजे पाउँदैन । अर्कोले हुकुम दिन्छ तँ यसो नगर उसो नगर, मैले जे भन्छु त्यही मान भनेर आदेश गर्छ । फुर्ती झिक्छ, ताउ दिन्छ, ऊ आपूm ठूलो माछा न प¥यो सानोलाई खाइहाल्छ ‘ए, सानालाई नखा माया गर’ भन्न कसले आँट गर्ने ? यस्तो चेतना, न्यायपे्रम, निर्भीकता र इमान कहाँ पाउनु ? आखिर मन न हो, ठूलो माछाको मन ।

उसलाई मन लाग्यो पुगि गो, जसको प्राकृतिक सम्पदा हड्पियोस् ठूलालाई सानामसिना छिमेकीको के मतलब ! सीमा मिचेर घिचे भइगो, सानाले निहँु खोज्न मिल्छ ? ठूलो त ठूलै हुन्छ, मन पनि ठूलै अनि सानाले निहँु खोजेर ‘मन–मन बराबर’ भन्न पाइयो ! आधुनिक सभ्यताभिरुहरूले मच्चाएको बिगबिगे मन त त्यतैबाट चलाइएको मुंग्रे मनमौजी मन हो नि ! जसको हातमा लौरी उसैको हुन्छ भैँसी, जो टाठो उसैको लाठो, मन हो जस्तो देख्यो त्यस्तै ग¥यो । मनैले दिमागलाई निर्देश ग¥यो, बन्दुक बोक्यो, अगाडि स¥यो मनसित मान्छे, ऊसित मन, मनकारी मन !

४.
मन हो, नाप्ने यन्त्र छैन अनि परिभाषाको परिधि पनि । त्यसैले त अन्तरिक्षमा पुग्यो मन । अब त्यहाँ पनि एकछत्र यात्रा गर्छ, राज्य चलाउँछु भन्छ मनकारी मन । ऊ त अन्तरिक्षमै रमाउन चाहन्छ । त्यही रत्यौली खेल्छु भन्छ । कस्तो झिँगाको टाउको जस्तो आपूmबाहेक अरूको अस्तित्व थाहा नपाउने मुसमुन्दे्र मन । लिखुटे मनलाई पनि कहाँ हो कहाँ ! के हो के ? अरु मनले के बुभ्mनु मनकारी मनले पो कुरा बुभ्mछ दुनो सोभ्mयाउँछ, भुरा खान्छ, आपूm मोटाउँछ । यो सृष्टिको भाले मै हँु भन्छ । अरू मनले त मनकारी मनले जे भन्छ त्यो मान्ने न हो । उसले गरेजस्तो गर्ने होइन, मिल्दैन, गर्न पाइँदैन । उसले भनेजस्तो पो गर्ने त ।

नत्रभने अफगानिस्तान कुटेभैmँ, इराक भुटेभैmँ, सुस्ता र कालापानी लुटेभैmँ सानामसिना मन भुटभुटिन केबेर ! नागासाकीको मुहार र सद्दामको सास दसैँको अकासेचंगासरि चेट होला नि ! यस्तो नगर्ने भए मनकारीले बिडम्बनाको बाँसमा झुन्डाएको आलुसरि अन्तरिक्ष घुर्लुक्क थुकसित निलेर एकलौटी दर्ता गर्न सक्थ्यो ! मनकारी हुन नखोज्ने मनजति निमुखा ! यिनले लोली मिलाएर ताली बजाउने मात्रै हो असहमति जनाउन पाइँदैन । जनाएर के गर्नु ? मनकारीले क्वाप्पै पारिहाल्छ । मनको साँचो त जति घुमाउनुछ मनमै घुमाउनुपर्छ, घुमाएर बाहिर आउन खोजेको मनकारीलाई मन पार्दैन नि ! कुरा बुझे हुन्छ ।

५.कस्तो झिँगाटाउके मन ! कसैले देख्नै नसक्ने अदृश्य जाबो ! मनबारे यस्तो प्रतिक्रिया सुन्न सक्नुहुन्छ ? ह्वात्त अगाडि आएर फरक खुसुक्क कानमा सुनाउने त भेटिएला ! मनकारीसँग सिँगौरी खेल्ने सीप र साहस बटुलेर मुख फोर्न त मुस्किलै पर्ला ! प्रशान्त महासागरमा पौडिने मन, सगरमाथा छुने मन, गौतम बुद्घलाई मोबाइल गरेर पृथ्वीको यात्राका लागि निम्तो पठाउने मन ! कुन मनको कस्तो परिभाषा गर्ने मन स्वतन्त्र छैन । मनकारीको हुकुम प्रमागीले नाम राख्ने हो । सग्लो धर्ती आप्mनै बाउको बिर्ता ठानेर हैकम जमाउन पल्केको अहंकारी अनि छुसी मनकै हालीमुहाली छ । देखिने रूप र सुनिने आवाजविहीन भित्रभित्रै मेरो सार्वभौम अस्तित्व छ भनेर पीडासित लड्डु खाने लहडी मनको पनि खाँचो छैन यहाँ ।

हुन त अरूले बुनिदिएको भकारीलाई विश्वब्रह्माण्ड ठानेर भोज भतेर गर्ने संकुचित मन, अरू आत्मनिर्भर बने भने मलाई हजुर भन्न छोड्लान् कि पिर गरिरहने डरौटे मन । अरूको भाग देखेर ¥याल काढ्ने, ठग्ने, खोस्ने जसरी हुन्छ आपैmँ मोटाउने दाउको खन्चुवा मन, धुत्र्याइँपूर्ण व्यवहारलाई बहादुरीमा परिणत गर्न खोज्ने दुष्ट मन । आखिर मन न हो मान्छेको मन । मनकै वशमा बल्झेको छ मान्छे । ‘आँटले खान्छ कि ढाँटले खान्छ’ पुर्खाले गाँजा तानेको लहडमा बोलेको अभिव्यक्ति त पक्कै होइन । यो त व्यवहारको ताबामा तताएर अनुभवको हतौडाले पिटेको अभिव्यक्ति हो ।

विकासको बगैँचामा मालीहरू उभ्याएर आपूm अटाउने निकास कार्यमा मनकारीको व्यवहारले पुर्खाको पुकार लत्याएकै छ । सामन्ती साँचो घुमाएर जनतालाई जाँतोमा पिस्दै आएको परम्परा पारखी मनकारी आफ्नो योजनामा सफल छ । जालोमा जेलिएर बाँच्ने मन्जुरीनामा लेखेर अंगुठाछाप लाउन तयार हुने हाँडी घोप्टे मनलाई गौरव सम्झिने चरी चुचे मन । चाकरी चर्खा चलाउने र गरिब जनता बाढीपहिरोमा हेलिँदा खुसी हुन लाजै नमान्ने आजको ख्याउटे मनकै सुथरीमा अल्झिन्छ मान्छे भने खोइ, कस्तो हुन्छ कुन्नि स्वाभिमानी मन ! कसरी चिन्नू ?

६.
मन त हो, कति छिटो छ कति ! भनी साध्ये छैन, गनी साध्य छैन, परिणाममा देख्न र देखाउन सजिलो छैन अझ भनौँ सकिँदैन । स्वदेशी मन, विदेशी मन, बुद्घि र विवेक प्रयोग गरेर भावनाले छामदा फेला पर्ने मन । राष्ट्रियताको निहुमा जिउ पोस्ने नेपाली मन, देशको जिउ सुकाउँदा राष्ट्रियताले घिउ घस्छ भन्ने अर्काको भनाइ पत्याउने त कपट नीतिपारखी विदेशमुखी मन होइन ? मनभरि खेलाएर जनतालाई थाङ्नामा सुताउने बहादुर मन, गुम्राहामा राख्नुलाई कूटनीतिक सफलता ठान्ने मूर्ख मन, जनता झुक्याउन खप्पिस आलु नेताको मैलो मन । देश र जनता भर्सेला परे पनि मेरो जित हुनै पर्छ, म मै हँु, मैले भनेको सबैले मान्नुपर्छ, मैले अरूको पीरमर्का, इच्छा र स्वाभिमानको ख्याल किन गर्ने ? म त मनमौजी मान्छे, अरू जति छन् काला मेरै बाउका साला त हुन् भन्ने अजिंगर डाम्नाहरूको मन । अरूलाई दुःख दिएर खुसी हुने मनलाई पिट्न आँट गरेर सडकमा ओर्लने, पटकपटक ओर्लने, सडकमै बस्ने पीडित मन । खोइ कस्तो हो कुन्नि यो मन कि त्यो मन । अन्योलमै पिङ खेल्न रमाउने मरन्च्याँसे मन । आप्mनै सुर मात्र ठीक देख्ने बेसुरको मन ।

७. वार्ता गर्न टेबुलमा बस्ने खाजाभुजा खाने राष्ट्रलाई निकास नदिने अबुझ स्वार्थी नेतौरे मन । नियमित आय आर्जनबाट अघाउन नजान्ने लुकीछिपी खान पल्कको घुस्याहा मन । आफ्नै देश र समाजको उन्नतिबारे पटक्कै चिन्ता नलिने खालि विदेशीको हुकुम मान्न बानी परेको मन । कामका लागि होइन विरोधका निम्ति ज्यान छाडेर विरोध गर्ने विरोधी मन, नकारात्मक चिन्तनमा चाउरिएको प्रदूषित मन । जहाँ गयो जता हे¥यो लथालिंग पसारिएको छुचुन्द्रे मन । खोइ कहाँ छ त्यो मन जसमा निजीस्वार्थ छैन, गुनियाको फेरमा अल्झिदैन, चौबन्दीको तुनाभन्दा पर राष्ट्रको नाउमा केही गर्छु भन्ने गतिलो चिन्तन पालेको साँच्चै मनजस्तो मन ! इमानजमानले बलियो पार्छ, कर्मले परिणाम दिन्छ त्यसैले कर्मयोगीहरू मुख होइन, हातखुट्टा चलाउँछन्, दिमाग प्रयोग गर्छन्, मानवताको जतन गर्छन्, नैतिकता बचाउँछन् । यसैमा विश्वास राख्ने मन यस्तो पो हो मनजस्तो मन ।

८.
हिजोआज समयको सुइ घुमाउनेहरूकै शक्ति छ, शक्तिवालकै चलखेल छ, चल खेलवालाकै बोल छ अनि त सानातिना भारेभुरेलाई नथिचेर छोड्छ थिति मिचेर बेथितिमा सल्केको मनले ? मनकारीको मन पो त यो, यसैगरी चल्छ आपूmलाई मात्र सज्जन देख्ने दुर्जनहरूको भीडबाट साना देशका सोझा जनताले अरू के पाउँछन् ? मनकारीको स्यालप्रवृत्तिबाट । प्रश्नजति गरे पनि फास्टफुड रेस्टुराँको पेकिङ खाजा जस्तै एउटै छ उत्तर तयारी । गोलाबारुद ठोकेर झुकाए हुन्छ, ठाँउठाँउमा सीमा मिचे हुन्छ, मन लागे पर्खाल उभ्याएर पानी थुने हुन्छ । मनले मागेपछि हैकम चलाएर अन्तरिक्षको बाझो पनि आपँैmले खाने हुन्छ । धर्मको नाममा पादरीहरूको कपट प्रयोगबाट सोझा सिधा गरिब जनतालाई पैसाको लोभ र जातीय क्षोभमा फसाएर परम्परागत पहिचान मेटाइदिनसम्म पछि नपरीे हिँड्ने कस्तो महमा परेपछिको नतिजा नसोच्ने झिँगाजस्तो कुटिल मन ।

९.
खोइ कुन्नि कस्तो, कस्तो चाटुकी मन । यहाँ यस्तै मनले जितेको छ, होइन र हेइन भन्ने आँटी सन्तान कहीँ कतै जन्मेहुर्केको भए मुखको बिर्को खोल्ने बुला भयो ढिलो भएको सूचना यसैलाई माने हुन्छ । मनकारीसित भाका मिलाएर अस्तित्वसँग खेलवाड गर्ने मनको खेती गर्न छाडे हुन्छ । लहडमा लहसिन छाडेर तथ्य कुरा पत्याउन र तार्किक बहस गरेर वैज्ञानिक निष्कर्षमा पुग्न रुचाउने स्वच्छ सफा जाती मन मान्छेको मन पछ्याउन थाले हुन्छ ।

यस्तो मन भए पो सबैको हित हुन्छ, व्यवहारले पनि मान्छेलाई मान्छेजस्तै देखाउँछ । सत्य तीतो हुन्छ, विवेकले थाहा पाउँछ रोग निको पार्ने औषधी तीतै हुन्छ तर मन प¥यो मनकारी मन, तीतो पिएर समस्त मान्छेको स्वाभिमानलाई कदर गर्ने सम्मान दिने जाती मनको चलखेलका लागि मुहूर्त जुरे हुने ! आपूmलाई मात्र लाग्ने सजिलोतर्पm मुन्टिने मनसित बहकिने होइन, गम्गीर चिन्तनले थामेर फर्काई उकालोतिर डो¥याए पो शिखरमा पुगिन्छ । सेतो छालाले ढाकेको कालो मन पनि पखालिएर कञ्चन बन्छ नि ! नपत्याए मथिङ्गललाई अतीतसित जोडेी हेरौं । राम्ररी मथिने अभ्यासले मगजलाई मनसम्म पु¥याउँदा नैतिक मूल्यले डो¥याउने इमानको धागो नचँुडाली व्यवहार गरी हेरौँ न ल ! ‘अस्तु’

 

तपाइको प्रतिक्रिया