रोचक

पानीका लागि तड्पिने विश्वका ११ ठूला सहर

सौर्य अनलाइन २०७४ माघ २८ गते ९:४२ मा प्रकाशित

दक्षिण अफ्रिकाको केपटाउन सहर चाँडै नै विश्वको आधुनिक पहिलो ठूलो सहर बन्ने क्रममा छ । तर, त्यहाँ पिउने पानीको मात्र केही समयमा धेरै कम हुनेवाला छ । आउने केही हप्तामा त्यहाँका बासिन्दाहरूले पिउने पानीसमेत पाउने अवस्थामा छैन । तर, दक्षिण अफ्रिकाको यो सहर सुख्खाग्रस्त समस्याबाट जुध्ने विश्वको पहिलो सहर भने होइन ।  धेरैजसो विशेषज्ञहरूले पानीको संकट र आइपर्नसक्ने समस्याका बारेमा चेतावनी दिँदै आएका छन् ।

यो सत्य कुरा हो कि पृथ्वीको सतहको ७० प्रतिशत हिस्सा पानीले भरिएको छ । तर, त्यो समुद्री पानी हो जुन नुनिलो छ र खान योग्य पनि छैन । विश्वमा भएको पानी मध्ये मीठो पानी केबल तीन प्रतिशत मात्र छ । तर, यो सजिलै उपलब्ध भने छैन । विश्वका एक सय करोड मानिसलाई पिउने शुद्ध पानी उपलब्ध छैन । जबकी २ सय ७० करोड मानिसलाई वर्षमा एक महिना पिउने पानी मिल्दैन ।

सन् २०१४ मा विश्वका पाँच सय ठूला सहरमा गरिएको एक अध्ययनको तथ्यांकअनुसार हरेक चार मध्ये एक नगरपालिका पानी अभावको समस्यासँग जुधिरहेको छ । संयुक्त राष्ट्रसंघकाअनुसार पानी अभाव तब हुन्छ जब पानीको वितरण बर्सेनि प्रतिव्यक्ति १ हजार ७ सय क्युबिक मिटरभन्दा कम हुन्छ । संयुक्त राष्ट्रसँग सम्बन्धित विशेषज्ञहरूको आँकलनअनुसार सन् २०३० सम्म विश्वभर पिउने पानीको माग वितरण भइरहेकोभन्दा ४० प्रतिशतभन्दा बढी हुनेछ । यसको कारण हो, जलवायु परिवर्तन, विकास गर्न मानिसहरूबीचको प्रतिस्पर्धा र जनसंख्यामा वृद्धि । यसमा कसैले आश्चर्य मान्नुपर्दैन कि यस बढ्दो संकटको सामना गर्ने पहिलो सहर हो केपटाउन ।
हरेक महाद्वीपमा भएका सहरसामु यो समस्या छ र समयसँग सामना गर्दै आएका यी सहरसँग जोगिने उपाय निकाल्ने समय छैन । यी हुन् विश्वका ११ ठूला सहर जहाँ पिउने पानीको भारी संकट छिट्टै आउनेवाला छ । सायद उनीहरू पानीको अभावमा तड्पिन्छन् ।

साओपाउलो, ब्राजिल ः विश्वको सबैभन्दा बढी बस्ती रहेको सहरमध्येको एक हो ब्राजिलको आर्थिक राजधानी साओपाउलो । यहाँ २ दशमलव १७ करोडभन्दा बढी मानिसहरू बसोवास गर्दछन् । यस सहरलाई सन् २०१५ मा त्यस्तै स्थिति आयो जो केपटाउनले सामना गरिरहेको छ । यतिवेला यहाँको मुख्य तालको क्षमता मात्र ४ प्रतिशत छ । सुख्खाको अवस्था यस्तो भयो कि उक्त सहरमा २० दिनका लागि मात्र पानी उपलब्ध थियो । यसै सन्दर्भमा एक ठाउँबाट अर्को ठाउँ पानी पु¥याउने ट्यांकरलाई पुलिसले सुरक्षा दिनुपर्नेसम्मको अवस्था आएको थियो ।
सन् २०१४ देखि २०१७ को बीचमा ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा खडेरीले गर्दा पानीको ठूलो अभाव भयो । तर, संयुक्त राष्ट्र संघको एक मिसनले यसका लागि गलत योजना र सही ठाउँमा लगानी नगरेको भन्दै साओपाउलाका अधिकारीहरूको निन्दा गरेको थियो । सन् २०१६ मा पानीको समस्या समाधान भएको घोषणा गरियो । तर, त्यसपछि पनि गतवर्ष सहरका मुख्य तालको क्षमता अपेक्षा गरिएभन्दा १५ प्रतिशत कमसम्म थियो । त्यसपछि सरकारको दाबीमा फेरि प्रश्न खडा भयो ।

बंगलुरु, भारत ः भारतको बंगलुरु सहरको विकासले प्रशासनलाई ठूलो दबाब दिएको छ । ग्लोबल टेक्नोलोजी सेन्टरतर्फ अघि बढेको यस सहर पानी वितरण र निकास प्रणालीलाई राम्रो बनाउन अग्रसर छ । सहरमा पानीको पुराना पाइप मर्मतको तत्काल आवश्यकता छ । सरकारको एक रिपोर्टका अनुसार सहरमा पिउने पानीका आधाभन्दा बढी पाइप त चुहिएर खेर जान्छ । भारतमा पानी प्रदूषणको ठूलो समस्या छ र बंगलुरुको स्थिति पनि त्यस्तै छ । एक अनुसन्धानअनुसार सहरमा तालको ८५ प्रतिशत पानी केबल सिँचाइका लागि या कारखानामा प्रयोग गर्न लायक छ । तर, पिउनका लागि होइन । कुनै पनि ताल वा पोखरीको पानी त्यति सफा छैन जसलाई पिउन वा नुहाउनलायक मानियोस् ।

बेइजिङ, चीन ः विश्व बैंककाअनुसार पानीको अभाव तब हुन्छ जब बर्सेनि वितरण प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम हुन्छ । सन् २०१४ मा सहरवासी दुई करोड जनाले १ सय ४६ क्युबिक मिटर पानी पाएका थिए । विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा चीनमा छ । तर, विश्वमा मीठो पानीको सात प्रतिशत हिस्सा यहाँ छ । अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयको एक अनुसन्धानअनुसार २००० देखि २००९ को मध्यमा सहरमा जल संशाधनको क्षमता १३ प्रतिशतभन्दा कम भएको थियो ।
२०१५ मा जारि गरिएका आधिकारिक तथ्यांकअनुसार बेइजिङको पानी यति धेरै दूषित छ कि खान त के कुरा गर्ने त्यो खेतीमा पनि प्रयोग गर्न लायक छैन । चीन सरकारले यस समस्या समाधान गर्नका लागि पानीको व्यवस्थित वितरणको योजना बनायो, जागरुकताको कार्यक्रम चलायो र पानी धेरै खपत गर्नेहरूका लागि धेरै शुल्क पनि निर्धारण गरेको छ ।

कायरो, मिश्र ः विश्वको महान सभ्यताको जन्म नाइल नदीको किनारमा भएको थियो । यो पुरानो कुरा हो । तर, आजभोलि यो नदी आफै समस्यासँग जुधिरहेको छ । मिश्रलाई आवश्यक पर्ने ९७ प्रतिशत पानी नाइल नदीबाट आउँछ । साथै यही नदीमा नै खेतबारीबाट र घरबाट निस्किएको दूषित पानी मिसिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार मिश्र ती देशको सूचीमा पर्छ, जहाँ जल प्रदूषणसँग सम्बन्धित मृत्युदर सबैभन्दा धेरै मानिसको औसत आयु सबैभन्दा कम छ । संयुक्त राष्ट्रसंघकाअनुसार सन् २०२५ सम्म यो देशले पानी अभावको सामना गर्नुपर्नेछ ।

जकार्ता, इन्डोनेसिया ः समुद्री किनारमा अवस्थित विश्वका अन्य सहर जस्तै जकार्तासामू पनि समुद्रको जलस्तरको वृद्धि चुनौतीपूर्ण बनेको छ । यसका साथै दोस्रो ठूलो समस्या पानीको अभाव हो । यहाँको एक करोड जनसंख्याको आधाभन्दा कम व्यक्तिहरू सार्वजनिक पानीको सञ्जालमा जोडिनबाट वञ्चित छन् । यहाँ गैरकानुनी रूपमा इनार खन्ने काम बढिरहेको छ जसको कारण जमिनमुनिको पानीको स्रोतमा दबाब परिरहेको छ ।यहाँका ताल र पोखरीमा एसफाल्ट अधिक पाइएको छ जसका कारण वर्षाको पानी पूरै सोस्दैन । यो समस्याले पानीको संकट बढ्ने गरेको छ ।


मस्को, रुस ः दुुनियाँको मीठो पानीको स्रोतमध्ये एकचौथाइ स्रोत रुसमा रहेको तथ्यांक छ । तर, सोभियत कालमा भएको औद्योगिक विकासका कारण यहाँको पानीमा प्रदूषणको समस्या छ । मस्कोसामु आज सबैभन्दा ठूलो चुनौति भनेकौँ प्रदूषित पानी बनेको छ । किनकी सहरीयाहरूको पिउने पानीको स्रोत तिनै प्रदूषित खोलानाला हुन् ।

इस्तानबुल, टर्की ः सरकारको आधिकारिक आँकडालाई मान्ने हो भने टर्कीमा पानीको संकट सामना गर्नुपरेको छ । सन् २०१६ मा पानीको सप्लाई प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम थियो । स्थानीय जानकारका अनुसार सन् २०३० मा हालत निकै खराब हुन सक्छ । पछिल्लो समय अत्याधिक आवादी हुन थालेको इस्तानबुलमा १ दशमलव ४ करोड जनसंख्या पानीको संकटमा छ । २०१४ को सुरुआतमा सहरमा जल संशाधनको क्षमता ३० प्रतिशतभन्दा कम थियो ।

लन्डन, बेलायत ः विश्वका पानी कम हुने सहरमध्ये बेलायतको लन्डन पनि एक हो । यहाँ वर्षमा ६ सय मिलिमिटर वर्षा हुन्छ । यो पेरिस र न्युयोर्कको भन्दा कम हो । सहरलाई आवश्यक पर्नेमध्ये ८० प्रतिशत पानी नदीबाट प्राप्त हुन्छ । ग्रेटर लन्डनका अधिकारीका अनुसार सहरको क्षमता लगभग पूरा भएको छ । तर, सन् २०२५ मा लन्डनमा पनि पानीको गम्भीर संकट हुने सम्भावना बढेको छ । ०४० सम्म स्थिति गम्भीर हुने बताइएको छ ।

टोकियो, जापान ः जापानको राजधानी टोकियोमा हरेक वर्ष समान्यतया जति वर्षा हुन्छ त्यति वर्षा अमेरिकाको सिएटलमा पनि हुन्छ । उक्त सहरमा वर्षमा केबल चार महिना वर्षा हुन्छ । त्यसैले सिएटललाई ‘रेनी’ सहर पनि भनिन्छ । यदि पानी जम्मा गरेर राख्न सकिएन भने सुख्खायाममा मुस्किल हुनसक्छ । पानी समस्या समाधानका लागि अधिकारीहरूले सहरमा ७ सय ५० सार्वजनिक एवं निजी स्थानमा वर्षाको पानी जम्मा गर्ने व्यवस्था गरेका छन् । यहाँ तीन करोडभन्दा अधिक मान्छेको बसोवास छ । सहरका ७० प्रतिशत बढी व्यक्ति पिउने पानीका लागि बरफमा निर्भर छन् । सरकारले हालै मात्रै खानेपानीको पाइप मर्मतको काम सुरु गरेको छ । ता कि पाइपको पानी खेर नजाओस् ।

मियामी, अमेरिका ः फ्लोरिडा अमेरिकाको सबैभन्दा धेरै वर्षा हुने सहरको रूपमा चिनिन्छ । तर, मियामीमा पानीको समस्या छ  एटलान्टिक सागरको पानीले मियामीको खानेपानी स्रोतमा केही खराबी गरिदिन्छ । सन् १९३० मा यो समस्या पत्तालागेको थियो । समुद्रको नुनिलो पानी खानेपानीको स्रोतमा मिसिएपछि समस्या जटिल भएको थियो ।

मेक्सिको सिटी, मेक्सिको ः मेक्सिको सिटीमा रहेका २ दशमलव १ करोड वासिन्दामा पानीको संकट छ । यहाँ हर पाँचमा एक व्यक्तिले केही घन्टामा पानी पिउन पाउँछन् । सहरमा बस्नेमध्ये २० प्रतिशत जनताले दिनमा केही समय मात्रै पानी पाउँछन् । सहरमा बस्नेमध्ये ४० प्रतिशतले पानीको विभिन्न स्रोत प्रयोग गर्छन् । फोहोर पानीलाई शुद्ध बनाउने कुनै प्रविधि छैन । ४० प्रतिशत पानी पाइपबाट चुहिएर खेर जाने गरेको छ । (बिबिसी सहयोमा तयार पारिएको )

 

प्रतिक्रिया