रोचक

संसारकै महँगो केक

सौर्य अनलाइन २०७४ फागुन ४ गते ९:४८ मा प्रकाशित

लन्डन । बेलायतमा एक गाउन लगाएर उभिएकी गुडिया सबैको आकर्षणको केन्द्र बनेको छ । सत्य के हो भने, यो गुडिया गुडिया मात्र नभएर संसारकै महँगो केक हो । यदि तपार्इंले यसको मूल्य थाहा पाउनुभयो भने आश्चर्यमा पर्नुहुन्छ ।
समाचारअनुसार यो केकको मूल्य साढे १० करोड रुपैयाँ रहेको छ । खास कुरा के हो भने, यसलाई बेलायतका सेलिब्रिटी डिजाइनर डैबी विंघेम्सले बनाएका हुन् । यो केक बनाउन पाँच हजार फलफूल, २५ किलो चकलेट, एक हजार असली मोती र एक हजार अन्डाको प्रयोग भएको छ । यसअघि, डैबी विंघेम्सले नै ५० मिलियन पाउन्ड अर्थात् सात करोड रुपैयाँको केक बनाएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय