जीवनवोध

मा प्रकाशित

रमेश न्यौपाने
किन रुन्छौ, लुकाउ आँशु ,व्यथा सुन्दैन दुनिँया,
जन्म एक्लै, मृत्यु एक्लै, कहीँ साथी हुँदैन दुनियाँ ।

जितमा वा वा गर्छ, गोरु किन्दाको साइनो गाँस्छ,
हार्दा अछुत तिमी, रगतकै नाता चिन्दैन दुनियाँ ।

चढाउँ, कति चढाउँछौ, पूmल अक्षता, पत्थरलाई,
टाउकै पसार खुट्टामा, ढुंगा हो, देउता बन्दैन दुनियाँ ।

कठै मरेछ, असलै थियो भन्छ, सुनेर मृत्युु खबर,
चिप्लदै, लड्न लाग्दा भिरमा, थेग्न हात, दिँदैन दुनियाँ ।

जन्ती जाँदा, नाचगानमा रमाउँछ, फुर्सदमा हुन्छ ऊ,
दाउरा झोस्छ, तेल थप्छ, लास जलुञ्जेल कुर्दैन दुनियाँ ।।

तपाइको प्रतिक्रिया