साहित्य

सांस्कृतिक रूपान्तरणमा अन्तर्राष्ट्रिय अभ्यास

सौर्य अनलाइन २०७४ चैत २४ गते १०:५६ मा प्रकाशित

एक अध्ययनः सुधारात्मक र हस्तक्षेपकारी

निमानन्द रिजाल
सांस्कृतिक परिवर्तनको ऐतिहासिक पक्ष
संस्कृतिको परिवर्तन एक झट्कामा र रातारात परिवर्तन हुने विषय नभई सचेत प्रयत्न र उत्पादनका साधनहरूको परिवर्तनसँगै भएको पाइन्छ । संस्कृतिमाथि विभिन्न क्षेत्रले प्रभाव पारिरहेका हुन्छन् । चीनको सांस्कृतिक रूपान्तरण, सांस्कृतिक क्रान्ति, विभिन्न आविष्कारसहित नौलो जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादमा रूपान्तरण भइरहेको छ । यसर्थ, चीनको सांस्कृतिक रूपान्तरणको अध्ययन नेपालको अहिलेको सन्दर्भमा समसामायिक देखिन्छ ।

१. चीनको इतिहाससँग जोडिएका सांस्कृतिक परिवर्तनहरू.
२०७० इसणपूर्वदेखि १६०० इसापूर्वसम्म जिया डाइनेस्टीले राज्य गरेको भेटिन्छ । जिया डाइनेस्टीलार्ई मिथको रूपमा लिइन्थ्यो, तर उत्खननबाट पत्ता लाग्यो जिया डाइनेस्टी यथार्थमा राज्य गरेका थिए । काँसका कार्य गरेको र एलो नदीका बाढी रोक्न तेह्र वर्षसम्म लगातार काम गरेबाट प्रसिद्धि कमाएको इतिहासबाट पत्ता लागेको छ । यो डाइनेस्टीले वंशानुगतरूपमा राज्य सञ्चालन गर्ने परम्परा चलाएको पाइन्छ । खासगरी चीनको रेकर्डमा आएको इतिहास १६०० इसापूर्वबाट भेटिन्छ । यतिवेला यहाँ साँग वंशले राज्य गर्दथे ।

योभन्दा अगाडिको भरपर्दो इतिहास पाइएको छैन । चीनको सभ्यतालार्ई सबभन्दा पुरानो सभ्यताको रूपमा लिने गरिएको छ । भित्री र बाहिरी दबाबले राज्यहरू साना साना भए । चिनियाँ इतिहासमा यसलार्ई कठिन समय भनेर मानिन्छ । यो समयमा यहाँको संस्कृति, साहित्य र दर्शनको विकास पनि भएको मानिन्छ । यी सबै आध्यात्मवादी चिन्तन प्रणालीमा आधारित थियो । यो वंशको पालामा काँसका भाँडाहरूको निर्माण, वास्तुकला र धर्मको विकास भएको पाइन्छ । यिनको पालाभन्दा पहिले चाइनिजहरू पितृ पूजा गर्थे, धेरै ईश्वरमध्ये एउटा ईश्वर हुन्छ र त्यो ईश्वरले नै युद्घ, कृषि, मौसम र असल शासनमा हात राखिरहेको हुन्छ भन्ने विश्वास गरेको पाइन्छ ।

१२०० इसापूर्वमा कुब्लाईं खाँको प्रवेश काराकोरमतिरबाट हुन्छ र यिनको राम्रो प्रभाव थियो । यिनले आफूलार्ई चाइनिजको रूपमा परिचित गराउन खोजे र यहाँको संस्कृति, रीतिरिवाजमा हस्तक्षेपको नीति लिएनन् । यिनैको पालामा मार्कोपोलोलार्ई नियुक्ति दिन्छन् र चिया, कोइलादेखि अन्य वस्तुहरूमा विकास गरेको पाइन्छ ।

१०४६ बिसीदेखी २५६ बिसीसम्म चाओ डाइनेस्टीले राज्य ग¥यो । यो समयमा स्वर्गलार्ई आफ्नो राजपाठ चलाउने काममा प्रयोग गरे । स्वर्गलाई आफ्नो राजकाजमा स्थापित गरेको पाइन्छ । यो वंशको पालामा सामन्तवादको विकास भएको पाइन्छ र जनतालार्ई भाग्यवादमा अल्झाएको भेटिन्छ ।

यसपछि कन्फ्युसियसको प्रादूर्भाव हुन्छ । यो छैठौँ शताब्दीलार्ई चीन समस्याबाट गुज्रिएको शताब्दी पनि मानिन्छ । कन्फ्युसियसले राज्य सञ्चालनमा भन्दा पनि आध्यात्मिक नेतृत्व गरेको पाइन्छ । यही समयमै जोरस्टर, महावीर र गौतम बुद्घको पनि प्रभाव परेको पाइन्छ । कन्फ्युसियसले पितृ पूजालाई महत्व दियका थिय ।

४ बिसीमा ताओइज्मको विकास हुन्छ । यो तरिका प्राकृतिक पूजाको रूपमा देखा पर्दछ । ताओइज्म र कन्फ्युसियज्म एक अर्काका विपरीत देखिए पनि एकअर्काका पूरक देखिन्छन् । आर्किटेक्टको विकास काठमा बढी देखिएता पनि ग्रेटवाल अहिलेसम्म खडा छ ।

हान डाइनेस्टीको समयमा कागज र प्रिन्टिङको विकास भएको पाइन्छ । हान डाइनेस्टिको अन्त्यपछि ३ देखि ६ एडीसम्म चीनको इतिहासमा निकै हलचल भएको छ । यो अस्थिरतामा चाइनिज बुद्घिज्मको विकास भएको पाइन्छ, बुद्घिस्टहरू सिल्क बाटो भएर आएका थिए । बुद्घिस्ट कार्भिङ यहाँ निकै विकसित भएको पाइन्छ । ६१८—९०७ टि.आंग डाइनेस्टीको समयमा सिरामिक्सबाट भाडाहरू बनाउने कलाको उच्चतम विकास भएको हुन्छ । १० देखि १५औँ शताब्दीमा मार्कोपोलो बैंकले कागजको पैसा प्रचलनमा ल्याउँछ । मिंग सम्राटले समुन्द्रबाट व्यापारको विकास १५ शताब्दीमा गर्छन् र पश्चिमी मुलुकले चीनको उपस्थितिको महसुस गर्छन् ।

१५औँ शताब्दीको अन्त्यतिर क्रिश्चियन धर्म पनि प्रवेश गरेको पाइन्छ । क्विइंग वंशले १६४४ देखि १९४२ सम्म चीनमा राज्य सञ्चालन गरेका हुन्छन् । यसले सम्पूर्ण चीनलार्ई एकीकृत गरे । सन् १९४९ मा चीन कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति सफल हुन्छ । यसले परिवर्तनको संस्कृति, नागरिक भएर जिउने संस्कृति, देश र जनता बुझ्ने संस्कृति, कामको संस्कृति र पुराना राम्रा राख्ने र अवैज्ञानिक संस्कृतिलार्ई उखेलियो र त्यसको ठाउँमा जनवादी संस्कृति भित्रियो ।

चीनको इतिहासको सांस्कृतिक महत्व के ? यो एउटा जिज्ञासाले भरिएको प्रश्न हो । चीनको इतिहासको सरसर्ती अध्ययन गर्दा के पाइयो भने, संस्कृतिमा धार्मिक हस्तक्षेप प्रशस्त भेटियो, स्वर्ग र नर्क बनाएर समाजलार्ई अन्धविश्वासलार्ई थोपरीदियो । बुद्धको आगमनसँगै बुद्घिस्ट संस्कार र भनाइसँगै संस्कार र संस्कृतिको बदलिएको पाइन्छ तर केही मुलभूत संस्कार बदल्न अप्ठयारो महसुस भएकोले धर्मगुरुहरूले खानपिन, चाडपर्व मनाउन अलि विस्तारै हस्तक्षेप गर्दछन् । सन १९४९मा चिनियाँ कम्युनिस्ट पार्टीकोे सशस्त्र संघर्षबाट शासन सत्ता जनताको हातमा पुग्छ र आधुनिक वैज्ञानिक चीनको जग बस्दछ ।

१.२.चिनियाँ साँस्कृतिक क्रान्ति
संस्कृतिले तलैसम्म जरा गाडेको हुन्छ, संस्कृतिको निर्माणमा उत्पादन, राज्य व्यवस्थापन गाँसिन्छ र राज्य व्यवस्थापनसँग संस्कृति गाँसिएको हुन्छ । राज्य व्यस्थापनले संस्कृतिलार्ई निर्देशित गरेको हुन्छ । यो एउटा जटिल प्रश्न हो, राज्यव्यवस्था बदलियो तर संस्कृति बदलिएन, यसको प्रतिफल चिनियाँ राज्य सञ्चालनमा परेको प्रस्ट देखिन्छ । उत्पादनमा न जुट्ने, जनताको सेवामा लापर्वाही गर्ने, जनताबाट सिक्न नखोज्नेजस्ता विकृतिहरू देखा परे यहाँसम्मकी गलत रिर्पोटिङ भएको छ र महाअनिकालको भुमरीमा चीन फस्दै गयो । पुराना कार्यशैली, चेतना, उत्पादनमा युवापिंढीलार्ई प्रेरित गर्ने उद्देश्यका साथ सांस्कृतिक क्रान्ति सुरु गरिएको थियो ।

सांस्कृतिक क्रान्ति यमि ष्मभबक, यमि अगकतयmक, यमि जबदष्तक बलम यमि अगतिगचभ० लार्ई परिवर्तन गर्नु थियो । यो आन्दोलनको क्रममा नियन्त्रणभन्दा बाहिर गयो । तर कार्यशैली र पुराना सोचहरूमा परिवर्तन ल्यायो, सन १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति सञ्चालनमा थियो । बुद्धिजीविहरू प्रताडित भएका थिए । विद्यार्थीहरू रेडगार्डको रूपमा परिवर्तन भएका थिए । यसले शिक्षामा आमूल परिवर्तन ल्याउन मत ग¥यो । विद्यार्थीहरूले प्रश्न गर्न सक्ने भए, शिक्षाको गुणस्तर नै फेरियो त्यो आधुनिक चीनको जग बसेको छ ।

२. भारत
भारतमा ८१ प्रतिशत हिन्दूहरूको बसोबास छ । इस्लाम, क्रिस्चियन, बुद्घिस्ट, जैन र अन्य धर्महरू छन् । यी धर्महरूमा इस्लामिक र हिन्दूहरूको बिचमा झगडा हुने गर्दछ । हिन्दूहरूले जन्म, मृत्यु, वयस्क प्रवेश, विवाह संस्कारहरू धर्मले निर्देशित गरे अनुसार गरिन्छ, खेतीपाती, युद्धको विजय, उद्योगधन्दा, नयाँ निर्माणको जग राख्ने कार्य पनि दिन हेरेर शुभ र अशुभ हेरेर गरिन्छ । यी सबै धार्मिक आधारमा निर्दिष्ट छन् ।

यो सबै आर्यहरूको उदयपछि हुन्छ र द्राविडियनहरू पनि सनातन धर्मसँग आधारित छन् । यहाँ वेदको लेखन र अभ्यास पनि गरिएको छ, सनातन धर्मलार्ई तोडमरोड गरेर जातजातिमा मानिसहरू विभाजन गरिएको छ । यो अन्धविश्वासको विकास गर्ने र शोषण गर्ने माध्यम धर्मलार्ई बनाइयो । वेदलार्ई धर्मका आधार मानेर व्याख्या गरे पनि शोषणको आधार यसैलार्ई तयार पारियो । यसैले भारतवर्षमा अँध्यारो काल थियो भन्न सकिन्छ ।

“महा अरनाहा सरस्वती परा चेतनयातीकेतुना धियो विश्वाः भी राजती ।। ३/१२ ऋगवेद
अर्थात्, शिक्षाले मात्र ब्रहमाण्डको ज्ञानलाई बुझ्न सकिन्छ, ज्ञान समुन्द्रजस्तै अथाह छ, यसले सबैलाई इन्लाइटेन बनाउँछ । यस्तै धेरै सकारात्मक पक्षहरू वेदमा भेटिन्छन् । यिनलाई वर्तमानको सापेक्षतामा प्रयोग गरिनुपर्दछ ।

३.मध्यपूर्व, युरोप, अमेरिका र साउथ अमेरिका ः
मध्यपूर्व, युरोप, अमेरिका र साउथ अमेरिकाको संस्कृतिको इतिहासमा धर्मको महत्वपूर्ण भूमिका खेलेका छन् । खानपिन, मृत्यु, जन्म, वयस्क प्रवेशमा पनि धर्मले महत्वपूर्ण भूमिका खेलेको छ । धर्म परिवर्तन सँगसँगै संस्कार पनि विस्तारै परिवर्तन भएका छन् । युरोपको इतिहास हेर्दा पांगनहरूलाई मारेरै सिध्याउने क्रिस्चियन धर्मगुरुहरूको नेतृत्वमा गरेको भेटिन्छ । संस्कृति पनि क्रिस्चियनसम्बद्घ भेटिन्छ । तर युरोपको पुरानो संस्कार र संस्कृति पांगनसम्बद्घ हो । युरोपमा सोक्य्रटस, प्लेटो, अरिस्टोटल, पाइथागोरसजस्ता दर्शन शास्त्रीहरू थिए, जुन पांगनका उत्पादनहरू थिए र अहिले यिनीहरू पछौटे मानिन्छन् र क्रिस्चियननिटीको जबर्जस्त हस्तक्षेप ग¥यो । परम्परागत संस्कृतिलाई आफ्नो धर्मअनुरूप परिवर्तन गरिदियो ।

४.नेपाल
नेपालमा बहुजाति, धर्म र संस्कृति भेटिन्छन् र एक आपसमा मिलेर बसेको एउटा सुन्दर समाज भेटिन्छ । सन् २०११ को गणनाअनुसार ८१.३ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्घिस्ट, इस्लाम ४ दशमलव४ प्रतिशत, किराँत ३.१ प्रतिशत, किस्चियन १.४ प्रतिशत अन्य ०.८ प्रतिशत अन्य धर्मावलम्बीहरू भेटिन्छन् । यी सबैको आ–आफ्ना संस्कारहरू छन भने बौद्घ धर्मावलम्बीहरू र हिन्दू धर्मावलम्बीहरूको धेरै हदसम्म चाडपर्वहरू मिल्छन् । बुद्घलाई हिन्दूहरूले विष्णुको नवौँ अवतार मान्दछन् । नेपालका मुख्य चाडहरू धर्मसँग आधारित छन् । हरेक धर्मले चाडपर्वहरू आफ्नो धर्मसँग सम्बन्धित बनाएका छन् ।

५.नेपालमा चल्दै आएका केही कुप्रथाहरूः
कुप्रथाहरू समाजमा विद्यमान छन् यी कूप्रथाहरूमा छाउपडी पश्चिम नेपाल, दाइजो नेपालका तराई र सहरी भागहरूमा प्रशस्त छ भने विस्तारै पहाडतिर पनि सल्किँदै छ । बली प्रथा, देवीदेवताको आडमा बलीप्रथा छ । बोक्साबोक्सी, झाँक्री आदि प्रथाहरू विद्यमान छन् । जुन वैज्ञानिक छैनन् र अन्धविश्वासमा आधारित छन् । ईश्वरको नाममा सबै समान मान्नेहरूले पनि यसको खुलेआम विरोध गर्न सकेका छैनन्, यदाकदा झिना स्वरहरू भेटिन्छन् । कुप्रथालाई कानुनतः दण्डनीय बनाउनुपर्छ । अन्य कुप्रथामा गुफा बस्नु र योसँग सम्बन्धित चलन पनि हुन सक्छ । हुन त यो शिक्षासँगै न्यून भएको मानिन्छ । हरेक जातजातिमा केही विज्ञान सम्मत प्रथाहरू भेटिन्छन् यिनलाई कानुनले दण्डनीय बनाई निरुत्साहित बनाउनुपर्छ ।

६. वैज्ञानिक चेतना र संस्कृतको विकास.
हामी २१औं शताब्दीमा छौ र यो युग विज्ञानसम्मत संस्कृतिको विकासको आवश्यकता छ । यो संस्कृतिमा परीक्षण र यथार्थताको पत्ता लगाउने र भौतिक विकासमा विज्ञानको प्रयोग र खोज अनुसन्धान गर्दै जाने वैज्ञानिक संस्कृतिहरू, आफन्तहरूसँगको भेटघाट हुने चाडवाड, तडक–भडकबिनै मनाउने चलनहरू परिष्कृत गर्दै जानुपर्ने देखिन्छ । स्वतन्त्रताको राज्य वस्तुतः केवल त्यही मात्रै सुरु हुन्छ जहाँ बाध्यता र सांसारिक आवश्यकताद्वारा निर्धारित श्रमको अन्त्य हुन्छ । –माक्र्स

७. सांस्कृतिक रूपान्तरण
खासगरी संस्कृतिको रूपान्तरण दुईप्रकारले गर्न सकिन्छ । ती हुन् सुधारात्मक र हस्तक्षेपकारी ।

७.१.सांस्कृतिक रूपान्तरणमा सचेत हस्तक्षेप अथवा प्रयत्नः हामीले धेरै कुराहरू कुसंस्कृतिमाथि हस्तक्षेप गरी परिवर्तन गर्नुपर्ने आवश्यकता छ । नेपालमा सचेत चन्द्र शमशेरको हस्तक्षेपबाटै ‘सती प्रथा’ रोकिएको थियो । कानुन प्रदत्त हस्तक्षेपको दायराबाट धार्मिक शोषण र परिवर्तनमा बन्देज र सहिष्णुताको वातावरणको निर्माण गर्नुपर्ने हुन्छ । समाजमा विद्यमान कूसंस्कार र अन्धविश्वासलाई निमिटयान्न पार्न हस्तक्षेपकारी भुमिकाको आवस्यकता पर्दछ ।

छाउपडी, दहेज, बहुविवाह, बालविवाह, धर्मपरिवर्तन आदि कानुनको हस्तक्षेप अनिवार्य गरिनुपर्दछ । साथै कानुनले निषेध गर्नुपर्ने पक्षहरूमा बलिप्रथा, छाउपडी, बोक्सीबोक्सा, झाँक्री आदि पर्छन् । समाजको कुना कन्दरामा लुकिछिपी गर्ने कूप्रथा होलान् तिनको अध्ययन गरी कानुनतः दण्डनीय नै बनाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ

समाजवाद उन्मुख समाज वैज्ञानिक समाजको निर्माण, छुवाछुतरहित, सबैलाई काम, शिक्षा, आवासको सुविधा र सम्पन्न समाजको निर्माण, कामप्रति इज्जत, सामूहिकतामा विश्वास, देशभक्त, इमान्दार, कर्तव्यनिष्ठ नागरिक र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्न सुरुमा राज्यबाटै हस्तक्षेपकारी भूमिकाको आवस्यकता पर्छ । तसर्थ समाजवाद उन्मुख समाज स्वतन्त्र, चेतनशील समाजको संस्कृतिको विकासमाथि उल्लेखित दुई पाटाबाट अगाडि बढाउनुपर्ने देखिन्छ ।

७.२.सुधारात्मक पक्षहरू
यो पक्षहरूको लागि विशिष्ट अध्ययनको आवश्यकता छ । केही नेतृत्वबाट यसको सुरुवात भएको छ । जस्तैः मृत्यु संस्कारमा ५ दिन बार्ने, क्रिया गर्ने, विवाह, गुफा बस्ने, लास गाड्ने, मृत्यु संस्कारमा पुराण लगाउने आदि ।

समाप्त
सन्दर्भ सामग्री

1. Joshua J. Mark , Ancient China- published on 18 December 2012 ( www.ancientchina).

  1. Ranbir Singh, Europe’s True Identity: Christian or really Pagan? Published on May 20, 2012 Indigenous/Pagan Voice.

3.www. Missionaries in China.

4.http://www.historyworld.net/wrldhis/PlainTextHistories.asp?groupid=180&HistoryID=aa21&gtrack=pthc#ixzz5BeH1Pen6

 

  1. Tom Phillips, The Cultural Revolution: all you need to know about China’s political convulsion –Wed 11 May 2016 03.04.  BST Last modified on Wed 29 Nov 2017 03.01 GMT ( www.cultural revolution in China)

 

6. Roundtable: The Politics of Culture and Identity in Contemporary Nepal, 2000 ecommended Citation

(2000) “Roundtable: The Politics of Culture and Identity in Contemporary Nepal,” HIMALAYA, the Journal of the Association for Nepal and Himalayan Studies: Vol. 20 : No. 1 , Article 7.
Available at: http://digitalcommons.macalester.edu/himalaya/vol20/iss1/7

7.Prof. Dr. Narayan Prasad Sangraula, Modern History of Nepal. Published by Bidhyarthi  Pustak Bhandar , Bhotahity, Kathmandu – 2071.

प्रतिक्रिया