खोजखबर

मातृ औंसी र मातृको महत्व

सौर्य अनलाइन २०७५ वैशाख ३ गते ९:४९ मा प्रकाशित

‘आजभोली विभित्र कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवता प्रति नै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरू आफैँलाई फर्किने समय पनि आँउछ, बगेको समयमा आफ्नो दायित्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ‘

   लेखकः विश्वनाथ खरेल

भनिन्छ ‘मातृदेवो भवः’, आमालाई देवता समान मान्दै यस उक्तिको सन्दर्भ मातातीर्थ औँसीमा गाँसिएको छ । आमालाई देवताहरू भन्दा पनि उच्च कोटीमा राख्ने हिन्दू शास्त्रको मान्यता छ । आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिन भनी वैशाख कृष्ण आमावास्यका दिन मातातीर्थ औँसी मनाउने चलन छ ।

मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न ताते ताते गर्दै सिकाइन, गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन ।

देवीको प्रतिरूप अनि ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहने पूरा गरिदिने, कल्पवृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी कोटी नमन छ । हिन्दू संस्कृतिअनुसार स्त्री जातिमध्ये आमाको स्थान निकै उच्च हुने भएकोले नै हामी आमालाई आदरणीय एवं पूजनीय स्त्री जातिको रूपमा मान्दछौँ । आमाकै विशेष स्नेह र लालन पालनमा हामी हुर्किएका हुन्छौँ । त्यसैले यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ ।

आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागतरूपमा आफ्नो संस्कृतिको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन चलिआएको छ । पौराणीक कालमा हाम्रो संस्कृतिमा आमालाई पाँच भागमा विभाजित गरेको पाइन्छ । जुन मित्र पत्नी, राजपत्नी, गरीबपत्नी, पत्नीमाता अर्थात सासू र आफ्नी आमा हुन । त्यसकारण यी पाँचवटालाई नै सामूहिकरूपमा पञ्चमाताको संज्ञाले पुकारिन्छ । शास्त्रीय वचन अनुरूप यी आमाहरूको आ—आफ्नो स्थानमा त्यतिकै महत्वपूर्ण रहेको पाइन्छ ।

तिनीहरूलाई हामीहरूको बढी माया मोहको रूपमा बन्दनीय तथा पूजनीय गर्ने परम्परा अद्यावधिकै रहेको छ । संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पल पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, आमा हो हरेक वर्षको वैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ, यस घडिलाई मातातिर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भत्रे गरिन्छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठात्र भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मिठा परिकारहरूसहित आमाघर अर्थात् माइत पुग्दछन् ।

विभित्र कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत पनि सम्झने गर्दछन् ।मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्दछन् । पौराणिक कालदेखि नै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।

आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् । तपार्इं पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुत्रे पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ?

जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस् जगतको भलो होस् आमाको माया र उहाँले खुवाउनुभएका दूधका धाराहरूप्रति हामी बफादार र इमान्दार हुन जरुरी छ । यसरी हिन्दू संस्कृति या विश्वका जुनसुकै धर्ममा पनि आमाको महत्वपूर्ण स्थान रहेको छ । यसर्थ हाम्रो देशमा भने आफ्नै मौलिक संस्कृतिका धर्महरू तथा चाडपर्वहरूको आफ्नै किसिमको गरिमा भएको कुरा स्पष्ट छ ।

नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिको आवश्यक ज्ञान चाडपर्वहरूको अध्ययन बिना अपूरो नै हुने हुन्छ ।   हिन्दू धर्ममा त्रिऋण पितृ, ऋषि र देवऋणहरू चुकाउनु नै मानव मात्रको सर्वप्रथम कर्तव्य मानिएको छ । आदर्शको परिचालन उपर्युक्त चाडपर्वमा स्पष्टरूपले देख्न सकिन्छ ।

वैवाहिक कार्यद्वारा सन्तान उत्पादन गरी वंश परम्परालाई कायम राख्नुको अतिरिक्त मातृ वा पितृ औंसीका दिन मानिसहरू आफ्ना मामा, पिताप्रति अपार श्रद्धा, भक्ति अर्पित गरेर पनि पितृऋण चुकाउँदछन् । अन्त्यमा भन्नुपर्दा आजभोली विभित्र कारणले आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत आगन्तुक ठाँउमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवता प्रति नै एउटा आक्षेप हो ।

समय त खोला न हो, आफूले गरेका कुराहरू आफैँलाई फर्किने समय पनि आँउछ, वगेको समयमा आफ्नो दायित्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है । यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।

यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई विभिन्न नामले संकेत गरिन्छ, जस्तै मातातिर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भत्रे गरिन्छ ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यसर्थ समष्टिरूपमा अवलोकल गर्दा उल्लेखित पाँच आमाहरू मध्ये जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्नुपर्ने पनि हामी सबैको कर्तव्य त छँदैछ । यसकारणले होला उनीहरूलाई श्रद्धा, आदर, हमेसा गर्नुपर्ने हुन्छ । यस दिन आमा हुनेका लागि आमाको मुख हेर्ने र आमा नहुनेका लागि आमाका सम्झनाको श्रर्दा गर्ने दिन हो ।

तसर्थ वैशाखकृष्ण औँसीका दिन मातृभक्त आ—आफ्ना छोरा छोरीहरूले श्रद्धा र सम्झना गर्ने महत्वपूर्ण दिन हो । यसैले यस दिन सबै नेपालीहरूले आ–आफ्नो आमा हुने या नहुने सबैले यो पर्व धूमधामसाथ मनाउने गर्दछन् । यसैले होला यो जन्म दिने आमा तथा जन्मभूमि स्वर्ग भन्दा प्यारो र पवित्र दिन हो ।

प्रतिक्रिया