रोचक

एक यौनकर्मीको प्रेमकथा …

सौर्य अनलाइन २०७५ वैशाख १५ गते ११:१७ मा प्रकाशित

नयाँ दिल्ली । सुरुमा ऊ कोठीमा कहिलेकाहीँ मात्रै आउँथ्यो । कहिले मेरो साथमा त कहिले अरू कुनै केटीको साथमा बस्तथ्यो । पछि, बिस्तार बिस्तार ऊ मेरै लागि भनेर कोठीमा आउन लाग्यो । थाहै नपाई उसको र मेरोबीचमा एक खास किसिमको सम्बन्ध कायम भइसकेको थियो ।  मेरठको रेड लाइट एरिया कवाडी बजारको एक कोठीमा बेचिएकी मनिषा (नाम परिवर्तन) का लागि एक व्यक्ति अँध्यारो जीवनमा उज्यालो बनेर देखापर्यो ।

यौनकर्मीको जिन्दगीमा प्रेमको कुनै अर्थ राख्दैन । तर, मनिषाको जिन्दगीमा मायाको रङ बिस्तार बिस्तार चढ्दै गयो । उनी यस्ता कैयौँ भावनाहीन सम्बन्धबाट गुज्रिसकेकी थिइन् । उनलाई विश्वास गर्न कठिन भइरहेको थियो तर आशा भने मारेकी थिइनन् । उनको यही आत्मविश्वासी प्रेमले मनिषालाई यस नारकीय जीवनबाट मुक्ति मिल्यो । जसले समाजमा उनी सम्मानजनक जीवन ज्यून सफल भइन् ।  पश्चिम बंगालको २४ परगनाबाट ल्याइएकी मनिषाको जिन्दगी कठीन बाटोबाट गुज्रिएको थियो ।

उनी भन्छिन्, ‘मेरो घरमा आमाबुबा, सानी बहिनी र भाइ छन् । घरमा सधैँ पैसाको खाँचो पर्दथ्यो । परिवारमा कमाउने अर्काे सदस्यको आवश्यकता थियो । त्यसैले मैले विचार गरेँ कि मैले पनि कमाएँ पनि घरमा केही मद्दत मिल्थ्यो । त्यसैक्रममा गाउँको एक मान्छेले सहरमा काम दिलाउने कुरा गर्यो । उसले मेरो आमाबुबासँग पनि कुरा गर्यो । उसले सहरमा गएर काम गर्दा राम्रो पैसासमेत पाइने कुरा गरेपछि उसको साथमा करिब पाँच वर्ष सहरमा आएँ । तर, केही दिनको आलटालपछि उसले मलाई कोठीमा लगेर बेचिदियो ।’

 त्यस समयमा मनिषालाई कुन संसारमा आएको कुनै पत्तो लगाउनै सकिनँ । उनले त्यस ठाउँबाट जानका लागि धेरैसँग हारगुहार मागी तर कसैले पनि उनको कुरा सुनेनन् । जागिर खान आएकी मनिषालाई यो पेसा उनका लागि मरे बराबरको थियो । सुरुसुरुमा उनले यस कार्यको धेरै विरोध गरिन् । तर, उनको केही लागेन । उनलाई मारपिट गर्न थालियो, मार्ने तथा अनुहार बिगार्नेजस्ता धम्कीसमेत दिन थालियो । मनिषा भन्छिन्, ‘मेरो अगाडि कुनै बाटो थिएन । पहिलो कुरा यो सहर नै मेरालागि नौलो थियो ।

मेरा लागि कसले सहयोग गर्ने ? त्यहाँमाथि पनि यो ठाउँ मेरालागि जेलसरह भयो । मेरो साथमा जबर्जस्ती पनि गरियो ता कि ग्राहकका लागि म तयार बनँु । अब, मेरा लागि मर्ने वा यो पेसामा लाग्नेबाहेक कुनै अर्काे बाटो थिएन । मर्नुभन्दा बहुलाउनु निको भने झैँ अन्त्यमा यस पेसामा आफूलाई सौपिएँ ।’  ‘भगवान्को घरमा अँध्यारो छैन तर ढिलो हुन सक्छ’ भनेझैँ उनको जिन्दगीमा मनिष (नाम परिवर्तन) आएपछि पुरै परिवर्तन भयो । उनी भन्छिन्, ‘मनिष र मेरो बीचमा कसरी एक किसिमको सम्बन्ध बस्यो हामी दुईलाई थाहै भएन ।’

मनिष बारम्बार मलाई भेट्न आउन थाल्यो । ऊ मसँग कुराकानी गथ्र्यो जुन मलाई असाध्यै मन पथ्र्यो । एकदिन अचानक मनिषले आफ्नो मनको कुरा मनिषासामु राख्यो । मनिषालाई पनि यो नर्कदेखि छुटकारा पाउनु थियो । मनिषको यो कुरा सुनेपछि उनमा आशा जाग्न थाल्यो । तर, पहिला नै धोका खाइसकेकी मनिषा मनिषसँग सोझैँ विश्वास गरिहाल्न भने सकिनन् । मनिषाले पहिला यस नर्कबाट छुटकारा चाहन्थिन् ।  यो कुरा मनिषसँग राखिन् । कोठीका मानिससलाई मनिष पटकपटक आउनेजाने कुरा राम्रोसँग थाहा थियो ।

उनीहरू कुनै यौनकर्मीलाई मन पराएको खण्डमा यसरी पटकपटक आउने ग्राहको रूपमा उनीहरूको बुझाइ थियो । यसलाई उनीहरूले कुनै खास महत्व दिएका थिएनन् ।  जब मनिषाले यस नर्कबाट छुटकार चाहेको कुरा व्यक्त गरिन् । त्यसपछि मनिष एक एनजिओको सम्पर्कमा गयो जुन एनजिओ यस्ता यौनकर्ममा फँसेका युवतीहरूलाई छुटाएर पुनर्वासका लागि मद्दत गर्दथ्यो । एनजिओका सञ्चालक अतुल शर्मा बताउँछन्, ‘मनिष हामीका आएको थियो ।

उसले कोठीमा रहेको कुनै एक युवतीसँग प्रेम गरेको र उसलाई निकाल्न चाहेको कुरा बतायो ।’ मैले उसलाई सोधेको थिएँ छुटकारा भएपछि के हुन्छ ? मनिषले विश्वासका साथ भनेका थियो उनीसँग म बिहे गर्न चाहन्छु । यसरी कोठीमा गएर यस्ता कुरा गर्ने धेरैसँग उनीहरूको सम्पर्क भएकाले सोझै विश्वास गर्न सकेनन् । अतुलले साँच्चै मनिषले भनेको गर्छ त भनेर उनको भावना विचार गर्न केही दिनपछि आउनु भनेर पठाए ।

साँच्चै मनिषले मनिषालाई चोखो माया गरेको रहेछ । दुई दिनपछि मनिष फेरी हामीमा आयो त्यसपछि विश्वास भयो । अतुलले बताए । त्यसपछि हामीले मनिषाको स्वीकृति लिएर आउन भन्यौँ । किनकि यो ठाउँबाट उनीहरूको स्वीकृतिविना निकाल्न ज्यादै नै गाह्रो हुने अनुभव उनीहरूसँग छ । त्यसपछि मनिष मनिषाकहाँ गयो । मनिषा यस नर्कतुल्य जिन्दगीबाट निक्लन ज्यादै बेचैन थिइन् । उनले मनिषलाई एउटा खाली कागज लिएर आउन भनिन् । मनिषले जब खाली कागज ल्याए उनले त्यसमा औँठाको धेरै छाप लगाइन् ।

मनिषाले भनिन्, ‘मलाई लेख्न आउँदैन थियो ।  म यो कुरा कसैसँग भन्न पनि सक्दिनथेँ । खाली ठूलो स्वरले कराएर मलाई यो ठाउँबाट निकाल भन्न मात्र चाहन्थेँ ।  यसपछि अतुल शर्मा पुलिसका साथ कोठीमा गए । उनले मनिषालाई चिन्दैनथे । उनले ठूलो आवाजमा अनिता भनेर बोलाए । त्यसपछि एउटी केटी उठी । अतुललाई विश्वास भयो कि मनिषले भनेको केटी यही नै हो । उनले मनिषाको हात समातेर हिँड भनेँ । मनिषा डराइरहेकी थिइ किनकी यहाँबाट बाहिर जाँदा पनि दलालको डर भइरहन्छ । हामी भर्याङ ओर्लनै लागेका थियौँ ।

त्यतिकैमा कोठीमालिक आएर रोक्न खोजी । मैले यो केटी यहाँबाट जान चाहन्छे । यत्तिकैमा मैले यदि यो कोटी भर्याङ ओर्लेर गई भने हाम्री, गइन भने हामी छोडेर जान्छौँ । यति मैले भनेको मात्र के थिएँ केटी छिटोछिटो भर्याङ उर्लेर हाम्रो गाडीमा गएर बसी । यसपछि अतुल शर्माले मनिषको आमाबुबासँग कुरा गरे । सुरुमा उनीहरूले यो प्रस्ताव स्वीकार गरेनन् । छोराको जिद र हाम्रो सम्झाइले उनीहरू माने तर केटीको अतीत लुकाउने सर्तमा । मनिषा भन्छिन्, मैले त विवाहको बारेमा सोच्न नै छोडिसकेको थिएँ ।

तर, उनको जिन्दगीमा मनिष आएपछि केही आशा भने जागेको थियो । मलाई उसको आमाबुबाले नस्वीकारे पनि मैले नराम्रो मान्ने थिइनँ । सबैलाई इज्जत प्यारो नै हुन्छ । तर, विस्तार विस्तार उहाँहरूले मलाई पूर्णरूपमा स्वीकार गर्नुभयो । अहिले हाम्रो एक छोरी छे जसलाई समाजमा शिर ठाडो पारेर हिँड्ने भाग्य मिलेको छ ।’  मेरठको कवाडी बजार रेडलाइट एरियामा छ । यहाँ केटीहरू मुखले सिठी बजाएर ग्राहकलाई बोलाउनु कुनै नौलो कुरा होइन । तैपनि यस्तो व्यवसायमा लागेका केटीहरू अन्य केटीभन्दा फरक नै देखिन्छन् जसलाई सबैले सजिलै चिह्न सक्दछन् ।

यहाँबाट छुटाएर ल्याएका धेरै केटीको घरवार भइसकेको छ । उनीहरूलाई रोजगारको व्यवस्था गर्न पनि हामी प्रयासरत छौँ । कोठीबाट निकालेकाहरूलाई यो संस्थाले सामान्य रहनसहनको तालिम पनि दिइरहेको छ । त्यसका लागि उनीहरूलार्ए केही दिन भोलिन्टियरको घरमा राख्ने गरिएको छ । ता कि उसले सामान्य रहनसहनको तरिका थाहा पाउन् । अतुल बताउँछन् कि कोठीमा काम गर्ने केटीको रहनसहन सबै फरक हुन्छ । त्यसैले उनीहरू एक आमपरिवारसँग बस्न सकुन् भन्ने मै हाम्रो कोसिस रहन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय