रोचक

ऐतिहासिक रहस्यमय खोज : सिन्धुघाँटीको सभ्यातादेखि अल्टामिराको गुफासम्म

सौर्य अनलाइन २०७५ वैशाख १६ गते ११:२१ मा प्रकाशित

काठमाडौं । अहिलेको वैज्ञानिक युगले मानिसलाई धेरै किसिमका आविष्कार दिएको छ । हामीभन्दा धेरै टाढा रहेको चन्द्रमामा मानिसका पाइला पुगेसके भने मंगल ग्रहमा बस्ती बसाल्ने कुरा आइरहेका छन् । यसरी समय पहिलाको भन्दा धेरै अगाडि बढिसकेको छ । मानिस आधुनिक युगको होडबाजीमा लागिपरेका छन् । जसले पहिलाका कतिपय ऐतिहासिक कुरा हराउँदै गएका छन् । आज यो हालतमा आउन पहिलेका पुस्ताले के के कति गरेका थिए भन्ने कुरामा मानिसको त्यति रुचि पाइँदैन । तैपनि कुनैसमयमा के कस्ता गतिविवि भएका थिए भन्ने पुरातात्विक खोजसँग सम्बन्धित केही कुराको जानकारी हामी पनि राखौँ ।

सिन्धु घाँटी सभ्यता, भारत–पाकिस्तान


सिन्धु घाँटी सभ्यताको खोजले भारतको इतिहासलाई नै बदलिएको थियो । यो प्राचीनतम सभ्यतामध्येको एक मानिन्छ । यो सभ्यता इसापूर्व ३३००–१३०० को मानिन्छ । मोहनजोदाडोमा भेटिएको अन्नागार सायद सिन्धु सभ्यताको सबैभन्दा ठूलो महल थियो । मोहनजोदाडोमा पाइएको स्नानाघर एक प्रमुख स्मारक मानिन्छ । यो ११ दशमलव ८८ मिटर लामो तथा सात मिटर चौडा थियो ।  सिन्धु घाँटीको सम्भताको खोज सन् १९२१ मा रायबहादुर दयाराम साहनीले गरेका थिए ।

यो एक ठूलो नदी घाँटी मानव सभ्यता थियो । जुन प्रमुख नदीको किनारमा अवस्थित थियो । अर्काेतर्फ यस सभ्यताको खोजका मूल श्रेय जोन विलियम ब्रंटमलाई जान्छ । उनले सन् १८५६ मा कराँचीबाट लाहोरसम्मका लागि रेलवेको लागि बाटो खनेका थिए । यो सभ्यता पाकिस्तान तथा भारतको पञ्जाब, सिन्ध, बलुचिस्तान, गुजरात, राजस्थान, हरियाणा, पश्चिमी उत्तर प्रदेश, जम्मु–कश्मिरको जम्मा १२ लाख ९९ हजार ६ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

यस सभ्यतालाई विश्वको पहिलो मानव सभ्यताको रूपमा लिइएको मसोपोटामिया तथा मिश्रको सभ्यताभन्दा पनि धेरै क्षेत्रमा फैलिएको छ ।  सिन्धु सभ्यतामा दुई प्रमुख सहर हडप्पा र मोहनजोदाडोलाई चिनिन्छ । साथै यसमा सयभन्दा बढी अन्य सहर र गाउँ भएको बताइन्छ । हडप्पा रावी नदी, मोहनजोदाडो सिन्धु नदी, लोथल भोगावा नदी, कालीबंगा घग्घर नदी र हिसार यमुना नदीको किनारमा रहेको छ ।

एक अनुमानअनुसार यस सभ्यताको अन्त्य इसापूर्व १५०० मा भएको मानिन्छ । यस समयमा मध्य एसियाबाट आएका आर्यहरूले गरेका थिए । उनीहरू हिन्दू कुश पहाडलाई पार गरेर सिन्धु घाँटीको सम्पर्कमा आएका थिए । हडप्पा सभ्यतालाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

माचु पिच्चु सभ्यता : पेरु

माचु पिच्चु दक्षिण अमेरिकी देश पेरुको एन्डिस पर्वतको बीचमा पुरानो इंका सभ्यतासँग सम्बन्धित ठाउँ हो । यो समुद्री सतहभन्दा लगभग ८ हजार फिटको उचाइमा लगभग सन् १४०० मा बनाइएको थियो । तर, यसको खोज सन् १९११ मा हिरम बिंघम नाम गरेका एक अमेरिकी प्रोफेसरद्वारा गरिएको थियो ।

यो इंकान सम्राट पचकुतिको लागि बनाएको थियो । उनले सन् १४३८–१४७२ सम्म शासन गरेका थिए । लगभग सन् १५०० को आसपासमा स्पेनको आक्रमणका कारण यहाँका इंका निवासी यस ठाउँ छोडेर भाग्नुपरेको थियो । त्यसपछि यो ठाउँ एक हराएको सहरजस्तो गुमनाम भएको थियो ।

अचम्म त यस कुराको थियो कि यो हराएको पुरानो सभ्यताको निर्माण ८ हजार फिटको उचाइमा एक पहाडमा कसरी गरेको होला ? जे भए पनि यस अद्भुत सभ्यता विश्वको सात आश्चर्यमध्ये एक मानिन्छ । यसलाई सन् १९८३ मा विश्व सभ्यताको सूचीमा युनेस्केले सूचीकृत गरेको थियो ।

टेराकोटा वारियर्स : चीन

चीनको सियान सहरमा रहेको टेराकोटा वारियर्स म्युजियममा करिब ८ हजारभन्दा बढी प्रतिमा रहेको छ । चीनका पहिलो सम्राट किन सि हुआङ किन वंशका संस्थापक थिए । उनले २२१–२०७ इसापूर्वसम्म शासन गरेका थिए । आफ्नो शासनकालमा उनले केही ठूला परियोजनाको निर्माण गरेका थिए ।

जसमा चीनको महान पर्खाल एक नमुनाको रूपमा विश्वप्रख्यात रहेको छ । टेराकोटा सेनाको निर्माण चीनका पहिलो सम्राटको कब्रको सुरक्षा गर्नका लागि गार्डका रूपमा बनाइएको थियो । यहाँ भएका सालिक सन् ४७६–२२१ इसापूर्वको युद्धको एकजुट चीनको सेनाको प्रतिनिधित्व गर्दछ ।

यसलाई अलगअलग भागमा बनाइएको थियो । तैपनि यसलाई आपसमा जोडेर रङ लगाइएको थियो । यस प्राचीन पुरातात्विक स्थललाई युनेस्कोले सन् १९८७ मा विश्व सम्पता सूचीमा सूचीकृत गरेको थियो ।

अटलान्टिसको हराएको सहर


अमेरिकी वैज्ञानिकले हजारौँ वर्ष पहिले सुनामीको कारण समुद्रमा डुबेको अटलान्टिस सहरको खोजबिन गर्नुपर्ने कुरा निकालेका थिए । ६० मिल लामो एटलान्टिक द्वीपलाई एक शक्तिशाली सुनामीले समुद्रमा डुबाएको थियो ।

इतिहास बनिसकेको यो द्वीपको पहिलोचोटी ३३० इसापूर्वमा ग्रिसका महान दार्शनिक प्लेटोद्वारा लेखिएको किताब ‘टिमाइयस’ र ‘क्रिटिआस’ मा उल्लेख गरेको पाइएको थियो । प्लेटोले उक्त द्वीप २४ घण्टाभित्रमा नै समुद्रमा डुबेको कुरा लेखेका छन् ।

यसैलाई आधार बनाएर शोधकर्ताले भूमध्य तथा एटलान्टिक महासागरको एक भागमा यो सहर भएको संभावना व्यक्त गरेका थिए ।  यही कुरा प्रख्यात लेखक चाल्र्स बर्लिटज पनि आफ्नो किताब ‘द मिस्ट्र अफ एटलान्टिस’ मा पनि गायब भएको यो द्वीपको चर्चा गरेका छन् । ग्रिक सभ्यताको केन्द्र मानिने यो एटलान्टिस सहर एटलान्टिक महासागरको एक टापुमा रहेको थियो ।

केही समय पहिले गुगल अर्थले यसको केही तस्बिर राखेको थियो । जसमा समुद्रभित्र करिब आठ दशमलव पाँच माइल चौडाइ तथा ११ माइल लम्बाइ भएको पिरामिडको जस्तो आकृति देखिएको थियो । पछि यसैलाई नै एटलान्टिस सहर भनिएको थियो ।

गिजाको पिरामिड–मिस्र


मिस्रको सम्यताको प्रतीक गिजाको पिरामिड विश्वको साता आश्चर्यभित्र पर्दछ । यो मिस्रको राजधानी काहिरको नजिकै रहको नील नदीको किनारमा गिजाको पठारमा रहेको छ । यसको निर्माण चौथो राजवंशका राज खुपूको शासनकाल (२५८९–२५६६ इसापूर्व) मा भएको थियो । भनिन्छ यो ऐतिहासिक पिरामिड बनाउनका लागि २० वर्ष लागेको थियो ।  एफिल टावर भन्नुभन्दा पहिले यो पिरामिड नै मानवद्वारा निर्मित सबैभन्दा अग्लो संरचना थियो ।

भनिन्छ यस मिरामिडलाई इजरायलको पहाड तथा चन्द्रमाबाट पनि देख्न सकिन्थ्यो । १ सय ४६ मिटर अग्लो पिरामिड २ सय ३० आधारमा तयार भएको छ । यसमा दुई लाखभन्दा बढी ढुंगको ब्लक प्रयोग भएका छ । यो पिरामिडको निर्माण कसले किन बनाएको हो भन्ने कुरा आज पनि रहस्य मै रहेको छ ।

स्टोनहेजको पत्थर–इग्ल्यान्ड


स्टोनहेजको पत्थर विश्वको प्रागऐतिहासिक कालको हो । भनिन्छ यसलाई विभिन्न चरणमा निर्माण गरिएको थियो । यसको निर्माण ५ हजारदेखि २ हजार ५ सय इसापूर्वसम्म चलको मानिन्छ । यहाँ करिब चार देखि १३ मिटर अग्लो पत्थरको लगभग २५ टन तौल भएका शिला वर्षाैंदेखि पृथ्वीमा ठडिएको छ । जसमा एउटा चक्र बनेको छ जुन सदियौँदेखि इतिहासकार तथा पुरातात्विकविदका लागि एक रहस्य बनेको छ ।

१७औँ शताव्दीमा पुरातत्वविद् जान एब्रेले दाबा गरेका थिए कि स्टोनहेज केल्टिकका पूजारीको काम हो । स्टोनहेज बनाउनका लागि विभिन्न प्रकारका पत्थरको प्रयोग गरिएको छ । जसमा बलुआ पत्थर तथा नीलो पत्थर प्रमुख रहेका छन् । मूख्य कुरा यो रहेको छ कि नीलो पत्थरबाट स्टोनहेजको भित्री परिधि बनाइएको छ ।

जुन आसपास कहीँ पनि छैन । यहाँ हरेक साल लगभग १० लाखभन्दा बढी मानिस घुम्न आउँछन् । यस प्रागऐतिहासक स्मारकलाई युनेस्कोले सन् १९८६ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

अल्टामिराको गुफा–स्पेन


उत्तरी स्पेनमा रहेको अल्टामिराको गुफा विश्वको एक पाषाणकालीन कलाको बेजोड नमुनाको उदाहरणका रूपमा लिने गरिएकोे छ । अल्टामिराको गुफामा बनेको चित्र सबैभन्दा पहिले सन् १८७९ मा वनस्पति शास्त्री तथा पुरातत्वविद मर्सिलिनो सेज डी साउतोलाद्वारा एक यात्राको क्रममा खोजिएको थियो । दशकौँसम्म यो खोजलाई कसैले पनि मान्यता दिएका थिएनन् तर सन् १९०२ मा फ्रान्सिसी सोधकर्ताले यस खोजको पुस्टि गरेपछि अल्टामिरा एक प्रमुख पर्यटनस्थलमा परिणत भएको थियो ।
२ सय ७० मिटर गहिरो अल्टामिरा गुफामा लगभग २ सय राम्राराम्रा चित्र बनाइएको छ । जुन सबैलाई चकित पार्ने खालको छ । गुफामा कालो, रातो, बैजनी तथा पहेँलो रङले चित्र बनाइएको छ जुन आजसम्म पनि कुनै रङ पनि फिका भएको छैन । यसको चमक आज पनि उस्तै रहेको छ । यसमा पुरुषको हात तथा जंगली जनावरको चित्रमा चारकोल तथा हेमटिटको प्रयोग गरेर बनाइएको छ । यस अद्भुत कलालाई युनेस्कोले सन् १९८५ मा विश्व सम्पदा सूचीमा राखेको छ ।

प्रतिक्रिया