अन्तर्वार्ता

यौनांग सफा नराखे ‘पिआडी’ को जोखिम

सौर्य अनलाइन २०७५ असार २९ गते १०:०४ मा प्रकाशित

डा. नुतन शर्मा प्रसूति तथा स्त्री रोग एवं बाझोपन रोग विशेषज्ञ
अल्का अस्पताल र बयोधा अस्पताल

पेल्भिक इन्फ्लामेटोरी डिजिज (पिआइडी) महिलामा मात्र लाग्ने एक किसिमको रोग हो । यो रोग महिलाको यौनांगमा किटाणुको संक्रमणले लाग्ने गर्छ । महिलाले आफ्नो शरीर स्वस्थ्य नराख्दा यो रोग लाग्ने गर्छ । यो रोगले संक्रमण गर्दा महिलाको तल्लोपेट दुख्ने, ढाड दुख्ने, गनाउने फोहोर पानी बग्ने र यौनांग चिलाउने लक्षण देखिन्छन् ।

पिआइडी १८ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई लाग्ने गर्छ । वर्तमान अवस्थामा ११ वर्षको उमेरबाट बालिकाहरू महिनावारी हुने हुनाले साना उमेर समूहका बालिकाले यस रोगबाट बच्न सतर्क हुनुपर्छ । नेपालमा यस किसिमको रोगलाई साधारण रोगको रूपमा हेरिन्छ । स्त्री रोग विशेषज्ञकोमा उपचारका लागि आउने चार जना बिरामी महिलामध्ये दुई जना महिलालाई यस रोगले समातेको हुन्छ ।

महिलाले आफ्नो स्वास्थ्यमा विचार नपुर्याउँदा पिआइडी लाग्छ । कति महिलाले यस किसिमको रोगभित्र यौनांग चिलाउने समस्याबाट ग्रसित हुनुपरेको छ । आफ्नो शरीर कसरी स्वस्थ्य राख्ने भन्ने कुरामा महिलाले ध्यान नपुर्याउँदा यौनांग चिलाउने र गनाउने फोहोर पानी बग्ने, ढाड र तल्लो पेट दुख्ने हुन्छ । यौनांगमा साबुन र डिटोलको प्रयोग गर्नु हुँदैन ।

हरेक मानिसमा ज्ञान हुनुपर्छ कि यौनांगमा साबुन र डिटोलको प्रयोग कहिले गर्नु हुँदैन । यौनांगको सफा शुद्ध पानीले गर्नुपर्छ, डा. शर्माले जानकारी दिइन् । मानिसले मुखमा साबुन र डिटोलको प्रयोग गर्नु हुँदैन । गरेमा साबुन वा डिटोलले पोल्छ । त्यसै गरी यौनांगको मासु कोमल हुन्छ ।

साबुन वा डिटोलको प्रयोग गर्दा यौनांग पोली घाउ हुन सक्छ । बजारमा यौनांग सफा गर्ने विभिन्न औषधि पाइन्छन् । बजारमा आएका औषधि सही रूपमा मात्र प्रयोग गर्न सकिन्छ । होइन भने विनाचिकित्सकको सल्लाह यौनांगमा कुनै किसिमको औषधि प्रयोग गर्नु हुँदैन । यौनांग चिलाउने, गनाउने फोहोर पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने महिलाले शरीरमा सुतीको कपडा मात्र प्रयोग गर्नु राम्रो मानिन्छ ।

विभिन्न जातका कपडा महिलाले प्रयोग गर्दा त्यहाँबाट पनि पिआइडी संक्रमण हुने गर्छ, नुतनले भनिन् । महिनावारीको समयमा महिलाले आफू र आफ्नो शरीरलाई धेरै सफा राख्नुपर्ने हुन्छ । महिनावारीको समयमा महिलाले अन्य समयभन्दा बढी शरीर सफा राख्नुपर्ने हुन्छ । महिनावारीको समयमा महिलाले प्याड प्रयोग गर्नु उत्तम मानिन्छ ।

कपडा प्रयोग गर्दा महिलामा विभिन्न संक्रमण देखिने बढी सम्भावना हुन्छ । महिनावारीको समय रगत भए पनि नभए पनि महिलाले दिनमा तीनदेखि चारपटक प्याड फेरी नै रहनुपर्ने हुन्छ । घण्टाको हिसाबमा भन्ने हो भने तीनदेखि चार घण्टामा महिलाले नयाँ प्याड परिवर्तन गर्नु नै पर्छ । जति लामो समय एउटै प्याडको प्रयोग महिलाले गर्छन् त्यति नै संक्रमणको खतरा बढ्छ ।

पिआइडी हुने महिलाले सकेसम्म सार्वजनिक शौचालय प्रयोग गर्नु हँुदैन । सार्वजनिक शौचालयको कमोडबाट रोग उत्पन्न हुने धेरै सम्भावना हुन्छ । कमोडमा कसैको पिसाब लागेको रहेछ भने त्यसबाट पनि संक्रमण धेरै बढ्ने सम्भावना हुन्छ, डा. नुतनले बताइन् । पिआइडी विशेष गरी विवाहिता महिलामा बढी हुने गरेको छ ।

महिलाले असुरक्षित सम्बन्ध राखेमा त्यसबाट पनि संक्रमण भित्रिन्छ । यस रोगबाट बच्ने हो भने हरेकपटक महिला अथवा पुरुषले सम्बन्ध राख्दा अस्थायी साधनको रूपमा कण्डम प्रयोग गर्नु नै पर्ने हुन्छ । अस्थायी साधनले शारीरिक सम्बन्ध राख्दा संक्रमण केही मात्रामा मात्र हुन्छ । अस्थायी साधन प्रयोग गरी शारीरिक सम्बन्ध राख्दा महिलाको पाठेघरमा घाउ हुने सम्भावना निकै कम हुन्छ ।

बच्चा जन्माउने इच्छा नभएसम्म महिलाले संक्रमणबाट बच्न अस्थायी साधनको प्रयोग गर्नुपर्छ । यदी कोही महिलाले सानै उमेरदेखि आफ्नो स्वास्थ्यको ख्याल गर्छन् भने उनीहरूमा पिआइडी हुँदैन । ७५ प्रतिशत महिलामा अस्थायी साधन प्रयोग गरी शारीरिक सम्बन्ध राख्दा पिआइडी हुने सम्भावना हुँदैन । विदेशी मुलुकमा सानो रोग लाग्ने बित्तिकै महिलाहरू उपचारका लागि अस्पताल जाने गर्छन् ।

तर, नेपालका महिला भने उपचार गराउने क्रममा पछि नै परेका छन् । नेपाली महिला रोगले पूरै नच्यापुन्जेलसम्म अस्पताल जाँदैैनन् । त्यसैले नेपालमा सानो रोगबाट बढी महिला पीडित हुने गर्छन् । रातभरि शरीर दुख्ने, चिलाउने, सुत्न नसक्ने भएपछि मात्र नेपाली महिला अस्पताल आउँछन् । रोगले ग्रस्त पारेपछि अस्पताल आउने परम्पराले महिलाहरू बढी संक्रमणको सिकार हुन पुगेका हुन्छन् ।

४५ वर्ष उमेर ढल्केका महिलाले ६÷६ महिनाको फरकमा आफ्नो शरीर जचाउनुपर्ने हुन्छ । नेपालको महिलामा बढी समस्या के छ भने उनीहरू घरको काम भ्याउँछन् । तर, शरीर जँचाउन भने कहिल्यै पनि भ्याउँदैनन् । रोगले ग्रस्त पारी पाठेघरमा घाउ भएपछि मात्र नेपाली महिला अस्पताल आउँछन् ।

पाठेघरमा घाउ बोकी महिला उपचारका लागि अस्पताल आउँदा उनीहरूको रोग निवारण गर्न धेरै ग्राहो हुन्छ । बिरामी महिला स्वयंलाई पनि उनीहरूको दैनिक जीवनमा गाह्रो परेको हुन्छ । पिआइडीले बाँझोपन गराउने सम्भावना धेरै हुन्छ । ३०÷४० प्रतिशत महिलालाई बाँझोपन गराउने एक प्रमुख तत्वमा पिआइडीलाई लिन सकिन्छ ।

महिलाको बच्चा पाठेघर र ट्युबमा बस्छ । पाठेघरमा घाउ हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ ।ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ । ट्युब ब्लक भएपछि बच्चा बस्दैन । यदि, ट्युब फुट्यो भने रगत बग्ने र बाँझोपन हुने हुन्छ । ट्युब फुट्दा अप्रेसन गर्नुपर्छ वा ट्युब काटेर फ्याल्नुपर्ने हुन्छ ।

महिलाको अंगबाट संक्रमण फैली पाठेघर हुँदै ट्युबसम्म पुग्छ । ट्युबमा साधारण समस्या पर्दा त्यसलाई निराकरण गर्न सकिन्छ । तर, पूरै ट्युबमा समस्या भयो भने बाँझोपन हुन्छ । कोही महिलाको बच्चा टयुबमा पनि बस्छ । यदि, पाठेघरमा बच्चा विकास भएन भने ट्युबमा बच्चा जान्छ । अनि यदि ट्युबमा घाउ भयो भने ट्युब फुटी महिलाको ज्यानसमेत जान्छ । महिलाले संक्रमण नियन्त्रण गर्दा बाँझोपन हुने सम्भावना हुँदैन ।

संक्रमण अंगबाट मात्र सर्ने होइन । संक्रमण सर्ने अर्काे माध्यम भनेको शाररीक सम्बन्ध पनि हो । यस टि डि, यच आई भि, हयाप्टाईसिस लगायत अन्य रोगले संक्रमण फैलाउछ । यस टि डि, यच आई भि घटाउदा कम मात्रमा संक्रमण फैलिन्छन् । जसरी महिलालाई मुहार चम्काउन कसैले पनि सल्लाह र सुझाव दिनु पर्दैन ।

त्यसै गरी उसमा समयसमयमा यौनांग जचाउनु पर्छ भन्ने ज्ञान हुन जरुरी छ । अंगमा समस्या हुने बित्तिकै प्रत्येक महिलाले चिकित्सकको सल्लाह तथा सुझाव लिनु नै पर्छ । उचित अस्थाथी साधनको प्रयोग महिलाले गर्दा उसमा बाँझोपन हुँदैन । पिआइडीको संक्रमण बढ्दै जाँदा पाठेघरमा घाउ भई क्यान्सर हुने गर्छ ।

हालका युवतीहरूले शारीरिक सम्बन्ध राख्दा कम मात्रमा अस्थायी साधन प्रयोग गर्ने गरेको पाइन्छ । अनैतिक रूपमा बच्चा फाल्ने र पेटमै मार्ने गराउँछन् । महिलाले कसरी रोगबाट अलग हुन सकिन्छ भनी आफैँ सावधानी अपनाउँदा धेरै राम्रो हुन्छ । पिआइडी सुरुमा यौनांगमा देखिन्छ । संक्रमणको प्रभावले पहिलो चरणमा महिलाकोे शरीर चिलाउने गर्छ । दोस्रो चरणमा गनाउने फोहोर पानी बग्ने हुन्छ ।

तेस्रो चरणमा रोग बढ्दै जाँदा फोका उठ्ने र पोल्ने हुन्छ । चौथो चरणमा रोग बढदै जाँदा घाउ र बिमिराले यौनांग भरिई उपचार गर्न ग्राह्रो पर्छ । सहरीया महिलामा भन्दा ग्रामीण महिलामा बढी संक्रमण देखिन्छ । उपचार गराउन आउँदा शरीर सफा गरेर आउने ज्ञान पनि महिलामा छैन । गनाउने शरीर लिएर नै महिला अस्पताल आएका हुन्छन् ।

महिलाले सुत्दा राती कहिलै पनि पेन्टी प्रयोग गर्नु राम्रो संकेत मानिँदैन । महिलाहरू दिनभरि काममा व्यस्त हुँदा हावा प्रवेश गर्न पाउँदैन । दिनभरी गुम्सिएको शरीरलाई हावा प्रवेश गराउँदा शरीरले ताजगी अनुभव गर्छ । त्यसैले बेलुका नरम र हावा प्रवेश गर्ने खालका कपडा प्रयोग गर्नुपर्छ । यौनांग चिलाउने रोगलाई अर्काे भाषामा फंगल इन्फेक्सनको नामले पनि चिनिन्छ । जति महिलाको शरीरमा तापक्रमको मात्रा बढ्छ त्यति नै चिलाउने रोगले उनलाई सताउँछ ।

दिनभरि बाक्लो र हावा नछिर्ने कपडा लगाउने महिलामा बढी मात्रामा पिआइडी देखिएको छ । पसिना र घामले पनि यस रोगलाई वृद्धि गर्न मद्दद गर्दछ। अविवाहिता महिलामा बढी मात्रामा पिआइडीले संक्रमण गर्नु भनेको शरीरको सफा सुघर कम मात्रामा गर्नु देखिन्छ ।  विवाहिता महिलाले पिआइडीबाट टाढा रहन चिकित्सकको सल्लाह बमोजिम अघि बढ्नु नै पर्ने हुन्छ ।

रोग पूर्ण रूपमा निको नहुन्जेलसम्म पति र पत्नीबीचमा राम्रो समझदारी हुनपर्छ । यसरी समझदारी भएमा पूर्णरूपमा रोग निवारण भई फेरी बल्झिने सम्भावना हुँदैन । मानिसमा धैर्य गर्ने सक्ने क्षमताको विकास हुँदा भयानक रोग पनि नियन्त्रण हुने देखिन्छ । आर्थिक पक्ष सबल भएका शिक्षित महिला आफूमा हुने जुनसुकै समस्या पनि समाधान गर्न सक्ने हुन्छन् ।

तर, पतिमा भरपर्ने महिला भने पतिको कुरालाई नकार्न नसक्ने हुँदा संक्रमणका सिकार भइरहेका छन् । समाजमा ज्ञानको प्रभाव बिस्तारै बढ्दै गएको छ । महिलामा सानै उमेरदेखि तिमीले पढ्नुपर्छ र अघि बढ्नुपर्छ भन्ने सोच भएको भए धेरै महिलाले पिआइडीको समस्या भोग्नुपर्ने थिएन । यो एक किसिमको लाग छोडको रोग हो ।

यसको असर कहिले लामो समय देखिँदैन त कहिले तुरुन्तै देखिहाल्छ। स्वास्थ्यमा ध्यान नदिने नेपाली महिलाको बानी हो । यौनांगको सफा महिलाले तब गर्छन् जब उनीहरूमा संक्रमणले जरो गाडेको हुन्छ । पूर्ण रूपमा रोगको निवारण नभएसम्म अस्पताल आउने महिलाको संख्या कमै हुन्छ । केही दिन रोगले छोडेको भरमा नेपाली महिला अस्पताल आउन छाड्ने परम्परा छ ।

महिलाले इन्टिबायोटिक नामक औषधिको सेवन गरुन्जेलसम्म रोग नियन्त्रण हुने गर्छ र केही समयपछि फेरी रोग बल्जिन्छ । एकपटक संक्रमित भएको रोग पूर्णरूपमा समाधान गर्नुपर्छ भन्ने मानसिकता शिक्षित महिलामा पनि कमै छ । हरेक महिलामा यस कुराको ध्यान हुनुपर्छ कि पूर्णरूपमा रोगको निवारण नभएसम्म जँचाउनु नै पर्छ ।

महिलाले पूर्ण दैनिक औषधि सेवन गर्दा ६० देखि ७० प्रतिशत संक्रमण नियन्त्रण हुन्छ । यदि शरीरमा ३० देखि ४० प्रतिशत संक्रमण बाँकी रहे भने त्यसले फेरी छिट्टै सताउने गर्छ । अनिवार्य रूपमा महिलाले ६÷६ महिनामा आफ्नो शरीर जँचाउन आवश्यक छ । बजारमा यौनांग सफा गर्ने विभिन्न औषधि पाइन्छ ।

आफूखुसी चिकित्सकको सल्लाहविना प्रयोग गरेको औषधिले यौनांगको बाहिरी भाग मात्र सफा गर्छ । यौनांगभित्र पनि सफा गराउन इन्टिबायोटिकको प्रयोग गर्नैपर्छ । यौनांगभित्र प्रवेश गरेको संक्रमण हटाउन बाहिरी मुहार धोएर हुँदैन । यौनांगको भाग १० सेन्टिमिटर लामो हुन्छ । १० सेन्टिमिटर लामो भागमाथि रहेको पाठेघर बाहिर सफा गरेको भरमा सफा कहिल्यै हुँदैन।

यौनांगको समस्या बढी महिलामा देखिन्छ भने कम मात्रामा पुरुषमा देखिन्छ । १० सेन्टिमिटर लामो भाग बाहिरी धुवाइको आधारमा कहिल्यै सफा हुँदैन । जाँच नगरी फार्मेसीको भरमा औषधि प्रयोग गर्नु उचित मानिँदैन । किनुवा औषधिको बाहिरी प्रयोगले पाठेघरमा झन् समस्या पार्ने सम्भावना हुन्छ । सदैब महिलाले पाठेघर सफा राख्न चिकित्सकको सल्लाह र सुझाव अपनाउनै पर्ने हुन्छ।

महिलाले अस्पतालको निर्देशन अनुसारको नियममा नबस्दा विभिन्न समस्या भोग्नुपरको हो । रोग लाग्ने बित्तिकै अस्पताल आउँदा जुनसुकै रोग निवारण हुन्छ । रोगले जरा गाडेपछि महिला अस्पताल आउँदा अन्य रोगले पनि हानी पुर्याउन सक्छ । रोग निको हुन लामो समय लाग्छ । शारीरिक सम्बन्ध राख्दा हरेक महिलाले अस्थायी साधन प्रयोगविना अघि बढ्नु उचित मानिँदैन ।

संक्रमणको प्रभावबाट अलग रहन महिलाले चेतनामा विकास गर्नुपर्छ। पिआइडी हुँदा ढाड दुख्ने, पाठेघरमा घाउ हुने, तल्लो पेट दुख्ने, गनाउने फोहोर पानी बग्ने र चिलाउने रोग हुन्छ । जो महिलाको शरीरबाट सेतो गनाउने पानी बग्छ तिनिहरूले छिटो चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक प्रयोग गर्दा चाँडै संक्रमण निको हुन्छ ।

पिआइडी संक्रमणबाट बच्न हरेक महिलाले ११÷१२ वर्षको उमेरदेखि आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ। विद्यालय जीवनदेखि स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने जनचेतना बढाउन जरुरी छ । महिनावारीको समयमा मैले कसरी आफ्नो यौनांग सफा राख्ने भन्ने कुराको जानकारी हरेक महिलामा हुनु अनिवार्य छ ।

कलेज लेभलमा पुगेका महिलाले शारीरिक सम्बन्ध राख्दा अनिवार्य रूपमा अस्थायी साधनको प्रयोग गर्नुपर्ने हुन्छ । अनावश्यक रूपमा शारीरिक सम्बन्ध राखी गर्भपतन गराउने क्रम देखिएको छ । विवाह भएका हरेक महिलामा ज्ञान हुनुपर्छ कि मैले यस्तो साधन प्रयोग गर्दा मेरो जीवन सुरक्षित हुन्छ । एउटा परिवार शिक्षित हुँदा हरेक परिवारमा चेतना बढ्छ ।

आफ्नो घर, परिवार, समाज, छिमेकी, नातागोता, टोल, गाउँ हुँदै राष्ट्रलाई सचेत बनाउने बलियो आधार भनेको शिक्षा र चेतना हो । स्वास्थ्य जीवनयापन गर्न महिलामा अनिवार्य शिक्षाको जरुरी देखिन्छ । पिआइडी रोगबाट ग्रसित महिलाको कपडा प्रयोग गर्नु राम्रो हुँदैन् । यसले एक महिला हुँदै अन्य महिलामा संक्रमण फैलाउँछ ।

सकेसम्म कसैको कपडा प्रयोग गर्नु राम्रो होइन । यदि प्रयोग गर्नै पर्नेछ भने सफा डिटोल पानीमा धुनु उचित हुन्छ । पिआइडी संक्रमण पीडितको कपडा धोएपछि पनि अलि पारिलो घाममा सुकाउनु उचित हुन्छ । बर्खाको समय दिनभरि पानी परी कपडा उचित रूपमा सुक्न पाएन भने प्रेसको तातोले सुकाई कपडा प्रयोग गर्दा संक्रमण हट्छ ।

पिआइडी रोगबाट बच्न सकेसम्म अविवाहिता महिलाले विवाहिता महिलाको कपडा प्रयोग गर्नु राम्रो मानिँदैन् ।अर्काको कपडा प्रयोग गरी सार्वजनिक ट्वाइलेट प्रयोग गर्दा बढी मात्रामा पिआइडीको संक्रमण हुन्छ । प्रत्येक गाउँघरका महिलामा क्रिम र पाउडर प्रयोग नगरी घरबाहिर निस्कँदा घाम वा चिसोले मुहार बिग्रिन्छ भन्ने मान्यता छ ।

भने यौनांगमा साबुन वा डिटोल प्रयोग गर्नु हुन्न भन्ने जानकारी हुनु आवश्यक देखिन्छ । आमाको शरीरमा कुनै किसिमको संक्रमण छ । भने बढ्दै गरेको बच्चालाई आमाबाबुले सुत्ने गरेको ओछ्यानमा सुताउनु हुँदैन । रोगको ख्याल नगरी बच्चालाई ओछ्यानमा सुताउँदा त्यसले पछि असर गर्छ । पिआइडीको संक्रमण भएका महिलाले समयसमयमा ओछ्यान घाममा सुकाउनुपर्ने हुन्छ ।

वेलावेलामा बेड सिट परिवर्तन गरी महिलाले संक्रमण हटाउन सक्छन् । पिआइडीको असरले पहिलो चरणमा पाठेघरमा घाउ पार्छ । पाठेघरमा घाउ भइसकेपछि सरभाइबल क्यान्सर हुने बढी सम्भावना हुन्छ । ६० देखि ७० प्रतिशत केसमा पिआइडीका कारण बाँझोपन देखिन्छ । पिआइडीको रोगबाट संक्रमित महिलाले काम गर्न नसक्ने, पेट डुम्म भई हलचल गर्न ग्राह्रो महसुस गर्छन् । पिआइडीको असरका कारण लगभग ३० देखि ४० प्रतिशत महिलामा बाँझोपन हुनेगर्छ ।

बाँझोपन कहिलेकाहीँ आफैँ पनि हुने हुन्छ भने कहिलेकाहीँ दिमागले काम नगरे, कोही महिलामा पाठेघर नभए, कम उमेरमा ठूलाठूला काम गर्ने छोरीको पाठेघर सानो हुँदा हुने गर्र्छ । यौनांग चिलाउने हुनु एक किसिमको संक्रमण हो । यौनांग चिलाउनु रोगको लक्षण पनि हो । पिआइडीमा विशेष गरी चार किसिमका लक्षण हुन्छन् । (डा. नुतन शर्मासंग सौर्यकर्मी सुभानु आचार्यले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया